back
CTIZAN AD

नगरपालिका सचिवविहीन हुँदा सेवाग्राही समस्यामा

वि.सं.२०७६ पुस १४ सोमवार

807 

shares

१४ पुस, बैतडी । सिंहदरबारको सेवा गाउँघरमै भनेर मुलुक सङ्घीय संरचनामा गइसकेपछि सबै सेवा गाउँमै पाइन्छ भनेर उत्साहित नागरिक निराश हुन थालेका छन् ।

गाउँमै पाइने सेवासमेत घण्टौँ हिँडेर पालिका मुकाम पुगेर लिनुपर्ने भएको छ । यो बाध्यता बैतडीको तल्लोस्वराडमा रहेको मेलौली नगरपालिकाको हो । मेलौली नगरपालिकाका नौवटै वडामा सचिव छैनन् । सचिव नहुँदा सेवाग्राहीलाई समस्या भएको छ ।

वडा कार्यालयमा सचिव नहुँदा समस्या भएको मेलौली–७ का केशवसिंह भाटको गुनासो रहेको छ । “वडामा हुने कामका लागि नगरपालिका धाउनुपर्ने बाध्यता छ”, उनले भने, “गाउँमा कर्मचारी नहुँदा समस्या भएको छ ।” कर्मचारी समायोजनपश्चात नगरपालिका र वडामा कर्मचारी अभाव रहेको हो ।

वडामा सचिव नहुँदा प्राविधिक सहायकलाई खटाएर कामकाज गर्ने गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज न्यौपानेले बताउनुभयो । “पञ्जीकरणका विभिन्न काममा सचिवलाई मात्रै हस्ताक्षर गर्ने अधिकार छ”, उनले भने, “एकजनाले नगरपालिकामै बसेर नौवटै वडाको काम गर्नुपर्ने बाध्यता रहिआएको छ ।” वडामात्रै नभएर नगरपालिकामा पनि दरबन्दीअनुसारका कर्मचारी नहुँदा दैनिक कामकाजमा समस्या भएको प्रमुख प्रशासकीय अधिकृत न्यौपानेको भनाइ छ ।

स्थानीय तह स्थापना भएदेखि नै नगरपालिकाले सचिवको अभाव झेलिरहेको नगरप्रमुख कृष्णसिंह नायकले बताए । उनले भने, “कर्मचारीको अभावमा नगरपालिकाका सेवा प्रभावित भएका छन् ।” कर्मचारी अभावमा नागरिकले चाहेजस्तो सेवा दिन कठिनाइ भएको नगरप्रमुख नायकको भनाइ छ ।

वि.सं.२०७६ पुस १४ सोमवार ०९:५६ मा प्रकाशित

चट्याङ लागेर ३९ भेडाबाख्रा मरे

चट्याङ लागेर ३९ भेडाबाख्रा मरे

बाजुरा । चट्याङ लागेर बाजुरामा बुधबार वनमा चराउन लगिएका ३९...

सुदूरपश्चिमको पन्ध्र प्रतिशत वन क्षेत्रमा डढेलो, चुरेमा नियन्त्रण चुनौतीपूर्ण

सुदूरपश्चिमको पन्ध्र प्रतिशत वन क्षेत्रमा डढेलो, चुरेमा नियन्त्रण चुनौतीपूर्ण

कञ्चनपुर । सुदूरपश्चिम प्रदेशका वन क्षेत्रमा डढेलोको प्रकोप बढ्न थालेको...

बालबालिकाको पाखुरा नाप

बालबालिकाको पाखुरा नाप

कञ्चनपुर । कञ्चनपुरमा ७० हजार २७७ बालबालिकालाई भिटामिन ‘ए’ तथा...

कन्द्रा नदी नियन्त्रणमा जैविक तटबन्ध प्रभावकारी बन्दै

कन्द्रा नदी नियन्त्रणमा जैविक तटबन्ध प्रभावकारी बन्दै

भजनी, (कैलाली) । कैलालीको भजनी नगरपालिका वडा नं. ४ झलझलिया...

यु-१६ क्रिकेटः बैतडीमा निःशुल्क प्रशिक्षण

यु-१६ क्रिकेटः बैतडीमा निःशुल्क प्रशिक्षण

बैतडी । राष्ट्रिय प्रशिक्षक दीपेन्द्र चन्द तथा पूर्वराष्ट्रिय खेलाडी रवीन्द्र...

 जातीय विभेद्विरुद्धको जीवित सङ्ग्रहालय

 जातीय विभेद्विरुद्धको जीवित सङ्ग्रहालय

कञ्चनपुर । संविधान, कानुन र नीतिगत व्यवस्थाले जातीय विभेद र...