back
CTIZAN AD

राष्ट्रसङ्घीय शरणार्थी निकायद्वारा लिबियाली सर्वसाधारणको रक्षाका लागि आग्रह

वि.सं.२०७६ पुस १४ सोमवार

855 

shares

१४ पुस, त्रिपोली ।  संयुक्त राष्ट्रसङ्घको शरणार्थीसम्बन्धी उच्च आयोग (यूएनएचसीआर) ले आइतबार लिबियामा सैन्य द्वन्द्वका कारण निम्तिएको खतराबाट सर्वसाधारणको रक्षाका लागि आग्रह गरेको छ ।

“लिबियाली नागरिक तथा आप्रवासी शरणार्थीलाई हिरासतमा दुव्र्यवहार भएको र आयोगको यस तथ्यप्रति ध्यानाकर्षण भएको जनाउँदै अन्तर्राष्ट्रिय मानवीय कानून र मानव अधिकारको सम्मान गर्न अनुरोध गर्छ,” आयोगले एक विज्ञप्तिमा भनेको छ ।

यूएनएचसीआर त्रिपोलीदेखि ४५ किलोमिटर टाढा जाबिया सहरमा रहेको आन्तरिक शरणार्थी शिविरमा हालै भएका हवाई आक्रमणप्रति पनि चासो व्यक्त गरेको छ ।

द्वन्द्व प्रभावित क्षेत्रबाट भागेर शरण लिन पुगेका लिबियाली नागरिकलाई पक्राउ गरिएका सबैलाई कानूनसम्मत तरिकाले रिहा गर्नसमेत यूएनएचसीआरले आग्रह गरेको छ । राष्ट्रसङ्घीय उक्त संस्थाले आवश्यकतानुसार शहरी क्षेत्रमा रिहाइका लागि सहयोग गर्न आफू तयार रहेको जनाएको छ ।

यूएनएचसीआरले लिबियामा पछिल्लो समय सर्वसाधारणको सुरक्षामाथि चुनौती खडा भएको र निर्दोष व्यक्तिहरू पनि पक्राउ परेका वा मारिएका भन्दै मानवीय सुरक्षामा संवेदनशील बन्न सरकारलाई आग्रह गरेको हो ।

लिबियामा सामुद्रिक क्षेत्रबाट पक्राउ गरिएका आप्रवासीहरू समेतलाई राखिएकोले लिबियाली शिविरहरूमा क्षमताभन्दा बढी भीड रहेको छ ।

लिबियामा गत अप्रिलदेखि भएका सैन्य कारबाहीमा हजारौँ मानिस मारिएका छन् भने एक लाख २० हजार व्यक्ति बस्तीबाट विस्थापित बनेका छन् ।

वि.सं.२०७६ पुस १४ सोमवार ०९:४७ मा प्रकाशित

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

बैङ्कक । म्यान्माको सेना समर्थित सरकारले हिरासतमा रहेकी पूर्वनेता आङ...

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

मियामी । बुबाको निधनपछि लियोनेल मेस्सी अनुपस्थित रहँदा इन्टर मियामीले...

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

नियामे । पश्चिमी नाइजरमा शुक्रबार दुई यात्रुवाहक बस आपसमा ठोक्किँदा...

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानाडाको अर्थतन्त्र क्षेत्रले जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि गरेको...

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डाको सेनाले सन् १९७६ मा एन्टेबे विमानस्थलमा गरिएको ऐतिहासिक बन्धक...

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग छिट्टै कूटनीतिक सम्झौता...