back
CTIZAN AD

भ्रमण वर्ष लक्षित विविध सांस्कृतिक कार्यक्रम बुधबारदेखि

वि.सं.२०७६ पुस १४ सोमवार

1.1K 

shares

१४ पुस, काठमाडौँ । काठमाडौँ महानगरपालिका–१५ ले नेपाल भ्रमण वर्षलाई प्रवद्र्धन गर्ने उद्देश्यले यही पुस १६ देखि २२ गतेसम्म स्वयम्भूमा विविध सांस्कृतिक कार्यक्रम गर्ने भएको छ ।

विश्व सम्पदा सूचीमा सूचीकृत त्यस क्षेत्रमा आउने पर्यटकलाई आकर्षित गर्न मुलुकका सबै जाति समुदायका नृत्य, संस्कृति, वेषभूषाको प्रतिनिधित्व हुने गरी उक्त कार्यक्रम गर्न लागिएको हो ।

सेना, सशस्त्र, प्रहरी, राष्ट्रिय कलाकारको सहभागितामा प्रत्येक दिन गरिने कार्यक्रममा लोकदोहोरी, खाना महोत्सव, स्थानीय सम्पदाका फोटो प्रदर्शनी, हस्तकला प्रदर्शनी, झाँकी प्रदर्शनी मुख्य आकर्षणका रुपमा रहने वडाध्यक्ष ईश्वरमान डङ्गोलले जानकारी दिए ।

भ्रमण वर्षको प्रचारका लागि सरसफाइ, स्थानीय विकास, पूर्वाधार निर्माणलगायत कार्यलाई प्राथमिकतामा राखेको वडाले विदेशी पाहुनालाई राम्रो आतिथ्य तथा सत्कार गर्नका लागि स्थानीयवासीलाई आग्रह गरेको छ ।

स्थानीय होटल तथा पसलमा सेवा लिन वा सामग्री किन्नका लागि आउने पर्यटकलाई गुणस्तरीय सेवा प्रदान गर्न र सामग्रीको मूल्यमा एकरुपता कायम राख्न वडाले सरोकार पक्षसँग छलफल गरेको छ ।

सप्ताहव्यापी रूपमा गर्न लागिएको सो कार्यक्रम सम्पन्न गर्नका लागि रु २० लाख विनियोजन गरिएको छ । सरकारले सन् २०२० मा २० लाख पर्यटक भित्र्याउनका लागि पर्यटकीयस्थलको प्रचारका साथै थप पर्यटकीय गन्तव्यको खोजी गर्न विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ ।

वि.सं.२०७६ पुस १४ सोमवार ०९:२२ मा प्रकाशित

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले रोल्पामा भारी वर्षापछि गएको...

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

रोल्पाको सुनछहरी गाउँपालिका–२ फलबाङमा पहिरोले घर पुरिँदा बेपत्ता भएका तीन...

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

काठमाडौँ ।सरकारले गत वर्ष भदौ २३/२४ मा भएको जेन–जी आन्दोलनका...

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

काठमाडौँ । प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को...

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वमहामन्त्री डा. धवलशमशेर...

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

चितवन । पृथ्वी राजमार्गाको नागढुङ्गा–मुग्लिन सडक खण्डको तेस्रो प्याकेज मुग्लिन–मलेखु...