back
CTIZAN AD

कृष्ण गौतमहरू जन्माउन निकै मूल्य चुकाउनु पर्छ हामीलाई

वि.सं.२०७६ पुस १४ सोमवार

2.1K 

shares

कृष्ण गौतम नेपाल आमाका बहादुर छोरा मध्य एक थिए । दुश्मनले रातदिन लखेट्यो । स्याङ्जातीर किसानको बिचमा बसेर दुश्मनमाथि निसाना साँध्ने योजना बनाउँदै थिए । सुराकीले सूचना दियो । दुश्मनको सेना पुगेर ठहरै पा¥यो । पाँचजना योद्धाले एकै ठाउँमा सहादत प्राप्त गरे । नेपाल आमाको छातीमा रगतको भल बग्यो । वीर सहिदको रगतले भिजेको नेपाली माटोमा विद्रोहको ज्वाला दन्क्यो । रगतको छिर्काले दुष्टहरूलाई पोल्यो । सामन्ती राजतन्त्र ढल्यो । पुरानो सत्ताको नामेट भयो । अमर सहिद नअस्ताउने नक्षत्रको रूपमा पूर्व क्षितिजमा उदाए र अटल बने ।

आखिर मानिस मृत्यु साथमा लिएर जन्मिन्छ । मृत्युलाई हाँसीहाँसी स्वागत गर्नुपर्छ सबैले । जीवनको अर्थ छ । मृत्युको पनि मूल्य छ । अर्थपूर्ण जीवन थोरैले पाएका हुन्छन् । मूल्यवान मृत्युवरण गर्ने पनि थोरै छन् ।

‘मुहूर्तमपि जीवेत नरशुक्लेण कमर्ण’ अर्थात् असल कर्मले एकैक्षण भए पनि मानिस बाँचोस भन्छ । नीति शास्त्रले मानवजीवन शुक्लकर्मका लागि हो, भन्छ । जीवनको अर्थ त्यसैमा छ । मानिस राम्रो कामको लागि जन्मेको हो । राम्रो र असल कर्म गर्नेको नाम रहेको छ । इतिहास कोरिएको छ । आफ्नो लागि गर्ने सबै हुन्छन् अरुको लागि मर्ने बिरलै हुन्छन् ।

कृष्ण गौतम बिरलैको कोटिमा पर्छन् । अमर सहिदको कित्तामा नाम लेखाउन सफल भए, कृष्ण गौतम । सहिद बन्ने अवसर सबैलाई मिल्दैन । राणाशाहीका विरुद्ध ४ जना सहिद भए ०९७ सालमा र इतिहासमा नाम लेखाए । टंकप्रसाद समेतका व्यक्तिहरूले त्यो अवसर गुमाए तर पछिसम्म बाँचे । लोकतन्त्रको लागि राम्रो काम गरे तर सहिदको सम्मान मिलेन अरु राम्रो काम गर्ने नेतालाई ।

मैले जीवनपर्यन्त परिवर्तनका लागि लडेँ । जेल नेल खाएँ । जागिर खोसियो पञ्चायत कालमा । भूमिगत भएँ, परिवार प्रताडित भयो, पञ्चायतमा । पछि युद्धमा हाम फालें । आफन्त कति सहिदको कित्तामा नाम लेखाउन सफल भए । सहिदको कित्तामा नाम चढाउने अवसर मिलेन मलाई । अब त्यो अवसर मिल्ने छैन कहिल्यै पनि मेरो जीवनमा । देश, जनता र परिवर्तनका लागि मैले निकै पसिना बगाएँ । त्यतिले मात्रै पुग्दैन भन्ने ठानेर होमिएको थिएँ युद्धमा । तर सहिदको कित्तामा नाम लेखाउन असफल योद्धा हुँ म ।

कृष्ण गौतम म जस्तै शिक्षक थिए । अब्बल दर्जाको मानिन्थ्यो त्यतिबेला वामपन्थी राजनीति जनताको बीचमा । गरिब, विपन्न उत्पीडित जनताको बिच आशा, विश्वास र भरोसाको जुनकिरी थियो, कम्युनिस्ट प्रणाली । रूस, चीन र विश्वका समाजवादी देशको परिवर्तन र समानताको कथा सुनेका थिए जनताले । सचेत र जागरुक युवाहरूले पढाउँदै थिए । थिचोमिचो र विभेदमा पारिएका जनताका छोराछोरीलाई ।
पर्वतको दुर्गम गाउँहरुको गरिब किसान परिवारमा जन्मेका कृष्ण गौतम उदय गौतम समेतका आफन्त र परिवार, विद्यालय परिवेश र विश्व राजनीतिक परिवर्तनको हावाबाट अछुत रहन सकेनन् । मैले थाहा पाएसम्म विद्यार्थीकालदेखि वामपन्थी राजनीतिबाट प्रभावित भए । संगठनमा लागेर शिक्षक बनेर भूमिगत शैलीमा पार्टीमा काम गर्दै विद्यालय शिक्षाका साथै माक्र्सवादी दर्शन, राजनीति सिद्धान्त र विचारको प्रभाव बढाउँदै लगे, आफ्नै गाउँठाउँमा । आखिर युद्धमा होमिने दिन आयो । युद्धमा हामफाले उकाली ओराली गर्दै गाउँ बस्तीमा । पखेरा वनजंगल चाहारे लुकिछीपी हिँडने क्रममा । मजदूरलाई संगठित गर्न मजदूरको भेष धारण गरेर काम गरे राजधानीमा । छँदा खादाको स्थायी जागिर छोडेर निर्माणको काममा संलग्न मजदुर बिच गिटी, बालुवा, ईटा, छड र रङरोगन गर्दै पार्टीको जिम्मेवारी पुरा गरे । दुश्मनले लखेट्दै लग्यो । मुटुमा उर्जा भर्दै गए । विजयको सपना देखे । सर्वहारावर्गको मुक्तिको सुन्दर बिहानीलाई अन्तरआत्मामा सजाउँदै अगाडि बढे ।

परिवारले छेकेन उनलाई । दाजु उदय गौतम पनि त्यही बाटोमा सक्रिय थिए । युद्ध उत्कर्षतिर चढ्दै थियो । कायर सरकारले राजतन्त्र र सामन्तवादको रक्षाका लागि देशमा संकटकाल घोषणा ग¥यो । माओवादी समर्थक शुभचिन्तकहरूलाई खोजीखोजी हत्या गर्न थाल्यो । राजनीतिक दलहरू पुरानो सत्ताका ढाल बने । हजारौं निहत्या निर्दोष जनता मारिए । प्रतिक्रियावादी सत्ताले कृष्ण गौतमका दाजु उदय गौतमलाई काठमाडौँबाट गिरफ्तार ग¥यो, बेपत्ता बनायो, निर्मम यातना दियो, संवेदनशील अंग निस्क्रिय बनायो र अंगभंग बनाएर मिल्काई दियो । कसोकसो बाँच्न सफल भए । आखिर एउटा संस्थाले भेटेर जीवन रक्षा ग¥यो । लामो उपचारपछि अहिले अपाङ्ग जीवन बाँच्न बाध्य छन् । परिवार उतिवेलादेखि विस्थापित छ । उपचारका लागि डेनमार्क पु¥याइएका उनी उतै जीवन निर्वाह
गर्दैछन् । उदय गौतमसँग सहकार्य उतिबेला देखि भए पनि कृष्ण गौतमसँग संगठनात्मक निकटता भएन ।

जनयुद्धका सहिद, अपाङ्ग, घाइते र बेपत्ता परिवार ‘मुक्ति योद्धा र स्वतन्त्रता सेनानी परिवार’ हुन् । क्रान्ति सम्पन्न भैसकेपछि र उनीहरूको बलिदानबाट प्राप्त परिवर्तनपछि राज्यले उनीहरूलाई उच्च सम्मानका साथ अभिभावकत्व प्रदान गर्नु राज्यको कर्तव्य हो । राज्यको तर्फबाट र विशेष गरी सम्बन्धित पार्टीतर्फबाट मुक्ति युद्धका सहिद, बेपत्ता, अपाङ्ग, घाइतेजन र परिवारप्रति उचित सम्मान र रेखदेख पुगेन भन्ने व्यापक गुनासो सुनिन्छ । ‘खोला त¥यो लौरो बिर्सियो’ भन्ने उखान चरितार्थ हुन नपर्ने हो । अभिभावक गुमाएका छोराछोरीले अभिभावकत्व खोज्नु अन्यथा होइन् । अभिभावकत्वको आसनमा बस्नेहरूबाटै भेदभाव र उपेक्षा भयो भने सहिदको आत्माले के भन्ला भनेर सोचनुपर्छ ।

युद्धकालमा हाम्रो कार्यक्षेत्र अलगअलग भयो । सुरुका दिनमा संगठनात्मक सम्बन्ध फरक भए पनि वैचारिक र भावनात्मकरुपले हामी एकै ठाँउमा थियौं । २०५५ पछि म पनि युद्धको भुँवरीमा हामफालेँ । एउटै पार्टीभित्रको पछिल्लो पुस्ताका सचेत भर्भराउँदा युवक अगाडि बढेको खवरले म निकै उत्साहित र प्रफुल्लित भएको थिएँ । कृष्णको सक्रियता, समर्पण र इमानदारिताको चर्चा हुन्थ्यो साथीहरूका बिचमा । हाम्रो क्षेत्रको आशा र भरोसाको एक होनहार व्यक्ति थिए, उनी । जनताको मन जितेका थिए । सुख दुःखको सहयात्री बनेर । पर्वतको दक्षिण भेकमा वामपन्थी विचारधाराको बीउ छर्न मैले पनि उकालीओराली धाएको थिएँ, पञ्चायतकालमा । साठीको दशकसम्म पुग्दा मौलाईसकेको थियो विचारको पूmलबारी । कतिपय समयमा हाम्रा संगठनात्मक सम्बन्ध फेरिए पनि बीउ उही थियो विचार फेरिएको थिएन विचारले एकठाउँमा बनाउन । संगठनलाई आखिर युद्धको सौन्दर्यानुभूति हुँदै थियो । अघिल्लो पुस्ताका आशा र भरोसाका कोपिला चुडीदियो दुश्मनले । मैले असल उत्तराधिकारी गुमाए । कृष्ण गौतमहरू जन्माउन निकै मूल्य चुकाउनु पर्छ हामीलाई । विचारमा दृढ, व्यवहारमा परिपक्क, जनशैलीमा सरल अन्याय र विभेदका विरुद्ध आगो ओकल्ने युवा दुश्मनको आँखाको निसाना बने । सहिदको कित्तामा नाम लेखाउन सफल भए उनी । उनलाई सहिद बनाउनेहरूको सत्ता सदाका लागि समाप्त भयो ।

कायरहरू रुँदै मर्छन् । वीरहरू हाँसीहाँसी मृत्युवरण गर्छन । ज्ञान हाँसीहाँसी मर्छ । अज्ञानतालाई मृत्युले लखेटी रहन्छ जीवन पर्यन्त । सहिद हुनका लागि तँछाडमछाड गर्छन्, मुक्ति योद्धाहरू । वीरहरूले संसार जित्छन् । कायरहरू जिउँदै मरिसकेका हुन्छन् । जनताका दुश्मन त्रासमा बाँचेका हुन्छन् ।

कृष्ण गौतम नेपाल आमाका बहादुर छोरा मध्य एक थिए । दुश्मनले रातदिन लखेट्यो । स्याङ्जातीर किसानको बिचमा बसेर दुश्मनमाथि निसाना साँध्ने योजना बनाउँदै थिए । सुराकीले सूचना दियो । दुश्मनको सेना पुगेर ठहरै पा¥यो । पाँचजना योद्धाले एकै ठाउँमा सहादत प्राप्त गरे । नेपाल आमाको छातीमा रगतको भल बग्यो । वीर सहिदको रगतले भिजेको नेपाली माटोमा विद्रोहको ज्वाला दन्क्यो । रगतको छिर्काले दुष्टहरूलाई पोल्यो । सामन्ती राजतन्त्र ढल्यो । पुरानो सत्ताको नामेट भयो । अमर सहिद नअस्ताउने नक्षत्रको रूपमा पूर्व क्षितिजमा उदाए र अटल बने ।

उनको सहादतको खबरले एकपटक सम्पूर्ण पार्टीपंक्ति र मुक्ति योद्धा मात्रै होइन सम्पूर्ण जनता दुखी भए । भावपूर्ण श्रद्धासुमन चढाए र उनले देखाएको बाटोमा अघि बढ्ने कसम खाए । पार्टीपंक्ति एक उदीयमान नेताको सहादतले अपूरणीय क्षति भएको महशुुस ग¥यो । परिवारजन, आफन्त, अभिभावक गुमेकोमा दुखी हुँदै शोकलाई शक्तिमा बदल्ने र उनले देखाएको बाटोमा अगाडि बढ्ने संकल्प गरे । जनयुद्धका सहिद, अपाङ्ग, घाइते र बेपत्ता परिवार ‘मुक्ति योद्धा र स्वतन्त्रता सेनानी परिवार’ हुन् । क्रान्ति सम्पन्न भैसकेपछि र उनीहरूको बलिदानबाट प्राप्त परिवर्तनपछि राज्यले उनीहरूलाई उच्च सम्मानका साथ अभिभावकत्व प्रदान गर्नु राज्यको कर्तव्य हो । राज्यको तर्फबाट र विशेष गरी सम्बन्धित पार्टीतर्फबाट मुक्ति युद्धका सहिद, बेपत्ता, अपाङ्ग, घाइतेजन र परिवारप्रति उचित सम्मान र रेखदेख पुगेन भन्ने व्यापक गुनासो सुनिन्छ । ‘खोला त¥यो लौरो बिर्सियो’ भन्ने उखान चरितार्थ हुन नपर्ने हो । अभिभावक गुमाएका छोराछोरीले अभिभावकत्व खोज्नु अन्यथा होइन् । अभिभावकत्वको आसनमा बस्नेहरूबाटै भेदभाव र उपेक्षा भयो भने सहिदको आत्माले के भन्ला भनेर सोचनुपर्छ ।

आफ्नो वंशै परिवारमा राष्ट्रको मुक्तिका लागि सहिदको कित्तामा नाम दर्ज गरेर गौरव अनुभूति गर्ने अवसर सबैलाई मिल्दैन । त्यो महानतालाई उदासीनतामा अनुवाद गरेर गौरवशाली इतिहासको अवमूल्यन र सहिदको रगतको अपमान गर्नु उचित हुँदैन । हाम्रा सहिदहरुले आफ्नो, आफ्नो परिवार र आफन्तको लागि मात्रै भनेर सहादत प्राप्त गरेका होइनन् । उनीहरू सबै राष्ट्रका साझा सहिद हुन् । उनीहरूलाई राष्ट्रले मात्रै होइन अन्तराष्ट्रिय जगतले पनि सम्मान गरेको हुन्छ । मैले अहिले आफूलाई जनयुद्धको अभागी ठान्छु । किनकि मैले जनयुद्धको महान् अवसरमा सहिदको कित्तामा नाम लेखाउन सकिन । सहिद बन्ने अवसर गुम्यो । मेरो सहिद बन्ने सपना अधुरै रह्यो ।
शुक्ल कर्मले मात्रै मानिसलाई जीवित राखेको हुन्छ । राम्रो काम गर्न सकिंदैन अरुको भलाई गर्न सकिदैन भने लामो समय बाँच्नुको पनि अर्थ छैन । हाम्रा धर्म ग्रन्थहरूले भन्छन्ः
अष्टादश पुराणेषु व्यासस्य वचनद्वयम्
परोपकार पुण्याय पापाय परपीडनम् ।
अर्थात अरुको उपकार गर्नु पुण्य हो । अर्कोलाई पीडा दिनु पाप हो । राष्ट्रको लागि जीवन दिनु शुक्लकर्म हो । शुक्ल कर्म गर्नेहरूको जीवन सार्थक हुन्छ र सधैँँ बाँचेका हुन्छन् । सहिद कृष्ण गौतम अहिले हामी बिच छैनन् तर उनी युगयुगसम्म बाँचिरहने छन् ।
अस्तु ।
(लेखक राष्ट्रिय सभामा सत्तापक्षका नेता हुन् । प्रस्तुत विचार २०६१ मंसिर १७ गते सहादत प्राप्त गरेका सहिद कृष्ण गौतमको नाममा कृष्ण गौतम स्मृति प्रतिष्ठानद्वारा प्रकाशित स्मृति–ग्रन्थ बाट लिइएको हो ।)

वि.सं.२०७६ पुस १४ सोमवार १०:०० मा प्रकाशित

ककनीमा ‘विशाल मिलन वैज्ञानिक योग’को विश्व हाँसो दिवस सम्पन्न

ककनीमा ‘विशाल मिलन वैज्ञानिक योग’को विश्व हाँसो दिवस सम्पन्न

काठमाडौँ । स्वस्थ, सकारात्मक र सन्तुलित जीवनशैली प्रवर्द्धन गर्ने उद्देश्यले...

स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती पनि हटाइँदै

स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती पनि हटाइँदै

काठमाडौँ । काठमाडौँ उपत्कायका बागमती तथा सहायक नदी किनारामा रहेका...

१३२ केभी क्षमताको म्याग्दी ‘कोरिडोर’ विद्युत् प्रसारण लाइन आयोजना निर्माण सुरु

१३२ केभी क्षमताको म्याग्दी ‘कोरिडोर’ विद्युत् प्रसारण लाइन आयोजना निर्माण सुरु

म्याग्दी । १३२ केभी क्षमताको म्याग्दी ‘कोरिडोर’ विद्युत् प्रसारण लाइन...

नारायणगढ–बुटवल सडकखण्ड, दाउन्नेमा एकतर्फी ढलानको काम सकियो

नारायणगढ–बुटवल सडकखण्ड, दाउन्नेमा एकतर्फी ढलानको काम सकियो

त्रिवेणी (नवलपरासी) । नारायणगढ–बुटवल सडक विस्तार आयोजना अन्तर्गत पूर्वी खण्डको...

थप १९ चिकित्सकको लाइसेन्स खारेज, नामावलीसहित

थप १९ चिकित्सकको लाइसेन्स खारेज, नामावलीसहित

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले थप १९ जना चिकित्सकको दर्ता...

किसान, मजदूर र सुकुमवासीका हक, हित र अधिकारको संरक्षण एवं प्रवद्र्धनमा प्रतिबद्ध छौँः प्रचण्ड

किसान, मजदूर र सुकुमवासीका हक, हित र अधिकारको संरक्षण एवं प्रवद्र्धनमा प्रतिबद्ध छौँः प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल...