back
CTIZAN AD

पैयूँ गाउँपालिका वडा नम्बर ४ ले यसरी ग¥यो सार्वजनिक सुनुवाई

वि.सं.२०७६ पुस १४ सोमवार

2.9K 

shares

१४ पुष, पर्वत । पर्वतको पैयूँ गाउँपालिका वडा नम्बर ४ ले सार्वजनिक सुनुवाई कार्यक्रम गरेको छ । वडाले आर्थिक वर्ष २०७५÷०७६ र आर्थिक वर्ष २०७६/०७७ को प्रथम चौमासिक अवधिको सार्वजनिक सुनुवाई गरेको हो ।

वडाले वडाबासिहरुलाई पु¥याएको सेवा सुविधा तथा सम्पादन गरिएका कार्यहरुको विषयमा जनताहरुको प्रतिक्रिया तथा गुनासाहरुलाई व्यवस्थापन गर्ने उद्देश्यले सार्वजनिक सुनुवाई गर्दै आएको छ । कार्यक्रमबाट जनगुनासाहरु सुन्नु, जनताको समस्यामा छलफल गर्नु, वडामा एक चौमासिक अवधिमा गरिएका कामहरुको मूल्यांकन गर्नु, आगामी दिनहरुमा वडाले सुधार गर्नुपर्ने क्षेत्रहरुको पहिचान र सुझाव प्राप्त गर्नु कार्यक्रमको मुख्य उद्देश्य रहेको वडा नम्बर ४ अध्यक्ष महेन्द्र श्रेष्ठले बताए ।

कार्यक्रममा आर्थिक वर्ष २०७५/०७६ मा भएका काम र योजनाहरु सहितको ४१ लाख ४५ हजारको विनियोजित बजेट र सम्पन्न आयोजनाहरुको बारेमा अध्यक्ष श्रेष्ठले प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रममा उपस्थित वडा बासीहरुले बजार अनुगमन, फोहर व्यवस्थापन, खानेपानी, भुकम्प पछि बनेका घरहरुको समस्या, बाटो, कृषि, स्वास्थ्य, शिक्षा, पालिकाको भवन लगाएतका विभिन्न विषयमा प्रश्नहरु राखेका थिए ।

वडाबासीहरुको प्रश्नलाई गाउँपालिका अध्यक्ष, जिल्ला समन्वय समिति पर्वतका उप–प्रमुख, इलाका प्रशासन, वडा अध्यक्षहरु लगायतले सम्बोधन गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि एवं समन्वय समिति पर्वतका उप–प्रमुख याम कुमारी रानाले वडाले गरेको सार्वजनिक सुनुवाई कार्यक्रम अति नै महत्वपूर्ण रहेको बताउनु भयो । वडाभित्रका योजनालाई के कसरी सम्पन्न गरिएको छ, कति बजेट खर्च भएको छ भन्ने विषयमा हरेक नागरीकले थाहा पाउनु अधिकारको कुरा भएकाले वडाले सार्वजनिक सुनुवाई कार्यक्रम गरेर जनताका गुनासा र जिज्ञासा मेटेकोमा शुभकामना व्यक्त गर्नु भयो । उनले पैयूँको विकासको लागि आफुहरु सधैव लागि परेको भन्दै आगामी दिनमा हरेक नागरीकले आफ्नो ठाउँबाट विकास निर्माणका कामलाई नियाल्नु पर्नेमा जोड दिए ।

कार्यक्रममा पैयूँ गाउँपालिकाका अध्यक्ष खगेन्द्र तिवारीले गाउँपालिकाले विकासका कामलाई तिव्रता दिइरहेको बताए । स्थानिय तहको निर्वाच भएको तिनवर्ष पुग्न लागि सकेको भन्दै उनले आगामी दिनमा समेत धेरै काम गर्न बाकी रहेको बताए । नागरीकका विभिन्न गुनासाहरुलाई सम्बोधन गर्दै अध्यक्ष तिवारीले कार्यक्रममा उठेका हरेक विषयमा आफुहरु छलफल गरेर अगाडी बढ्ने र ती समस्याहरुलाई समाधान गर्ने प्रतिबद्धता गरेका छन् । पछिल्लो समय गाउँपालिकाको भवन निर्माणको विषयमा निकै चर्चाहरु चरिहेको भन्दै अध्यक्ष तिवारीले आफुहरु पालिकाको भवन बनाउन कहाँ उपयुक्त हुन्छ भन्ने कुरामा जग्गाको अनुगमन गरीरहेको बताए ।

कार्यक्रममा पैयूँगाउँपालिका वडा नम्बर ५ का अध्यक्ष उमाकान्त भुर्तेल, नेपाल कम्युनिष्ट पार्टी पैयूँ गाउँपालिका कमिटिका अध्यक्ष चोकलाल न्यौपाने, नेपाली कांग्रेस पैयूँ गाउँपालिकाका सभापति डम्बर बहादुर प्रधान, नेकपाका नेता मित्रलाल बस्याल, इलाका प्रशासन कार्यालयका प्रमुख विमलप्रसाद गौतम र इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरिक्षक बिजय कुमार सिंहले नागरीकका गुनासाहरु समेत सम्बोधन गर्दै आफ्ना भनाईहरु राखेका थिए । सार्वजनिक सुनुवाई कार्यक्रमको सहजीकरण निर्भीक नारायण भुर्तेलले गरेका थिए ।

वि.सं.२०७६ पुस १४ सोमवार १०:२३ मा प्रकाशित

टिपरको ठक्करबाट भारतीय नागरिकको मृत्यु

टिपरको ठक्करबाट भारतीय नागरिकको मृत्यु

भक्तपुर । भक्तपुर नगरपालिका–५ स्थित आदर्शमा आज बा४ख ३१५६ नम्बरको...

नेप्से परिसूचक ३४ अङ्कले घट्यो

नेप्से परिसूचक ३४ अङ्कले घट्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३४ दशमलव ६३...

नयाँ प्रशासनिक भवनबाट सेवा सुरु

नयाँ प्रशासनिक भवनबाट सेवा सुरु

गुल्मी । यहाँको छत्रकोट गाउँपालिकाले आजदेखि नयाँ प्रशासनिक भवनबाट सेवा...

पूर्वतिर सर्दै हुरीबताससहित भारी वर्षा गराउने प्रणाली, उपत्यकामा वर्षा हुँदै

पूर्वतिर सर्दै हुरीबताससहित भारी वर्षा गराउने प्रणाली, उपत्यकामा वर्षा हुँदै

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले हुरीबताससहित भारी वर्षा...

नेपालमा फाइभजी सञ्चालन गर्न फोरजी विस्तार महत्वपूर्ण: दूरसञ्चार क्षेत्रको दिगो विकासमा जाेड

नेपालमा फाइभजी सञ्चालन गर्न फोरजी विस्तार महत्वपूर्ण: दूरसञ्चार क्षेत्रको दिगो विकासमा जाेड

काठमाडौं । प्रविधि पत्रकार मञ्च (टीजेएफ) र हुवावे नेपालले संयुक्त...

जलजला दुर्घटनामा ज्यान गुमाएका एकै घरका छ जनाको सामूहिक दाहसंस्कार

जलजला दुर्घटनामा ज्यान गुमाएका एकै घरका छ जनाको सामूहिक दाहसंस्कार

त्रिवेणी (रुकुम पश्चिम) । गत बिहीबार रोल्पाको थपाङ गाउँपालिकास्थित जलजलामा...