back
CTIZAN AD

असह्य जाडोमा नेपाली सेनाले गरायो न्यानो अनुभव

वि.सं.२०७६ पुस १४ सोमवार

744 

shares

१४ पुस, महोत्तरी । महोत्तरी जिल्लामा विगत १४ दिनदेखि असह्य जाडो भइरहेको बेला नेपाली सेना जिल्लाको सीमावर्ती क्षेत्रका गाउँठाउँमा न्यानो बाँड्दै हिँडेको छ ।

जिल्ला सदरमुकाम जलेश्वरमा अवस्थित नेपाली सेनाको रणभीम गणले अत्यधिक जाडोलाई मध्यनजर गर्दै आज बिहान जलेश्वर नगरपालिका, महोत्तरी गाउँपालिका र पिपरा गाउँपालिकासहितका विभिन्न ठाउँमा दाउरा बाल्नुका साथै सर्वसाधारणलाई तातो चिया उपलब्ध गराएको जलेश्वर नगरपालिकाका प्रमुख रामशङ्कर मिश्रले बताए ।

नेपाली सेनाले जलेश्वर नगरपालिकाको शङ्करचोक, दुर्गाचोक, बुद्धिजीवीचोक, अस्पतालचोक, परिकौलीचोक, जिरोमाइलचोक, त्यस्तै पिपराको मुख्यचोक, महोत्तरीको पर्साचोकलगायतका सार्वजनिक स्थानमा सर्वसाधारणलाई जाडोबाट बचाउनका लागि दाउरा बालेको तथा त्यहाँका सयौँ व्यक्तिलाई तातो चिया खुवाएको गणपति विदुर अधिकारीले बताए ।

यसरी जिल्लामा शीतलहर, चिसो हावा र कठ्याङ्ग्रिँदो जाडो भइरहेको बेला नेपाली सेनाले न्यानो बाँड्दै हिँडेपछि बाटोमा जीवन बिताउने, न्यानो लुगाफाटाका अभाव भएका तथा स्थानीय बासिन्दासहित लाभान्वित भएका छन् ।

वि.सं.२०७६ पुस १४ सोमवार १०:१९ मा प्रकाशित

ककनीमा ‘विशाल मिलन वैज्ञानिक योग’को विश्व हाँसो दिवस सम्पन्न

ककनीमा ‘विशाल मिलन वैज्ञानिक योग’को विश्व हाँसो दिवस सम्पन्न

काठमाडौँ । स्वस्थ, सकारात्मक र सन्तुलित जीवनशैली प्रवर्द्धन गर्ने उद्देश्यले...

स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती पनि हटाइँदै

स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती पनि हटाइँदै

काठमाडौँ । काठमाडौँ उपत्कायका बागमती तथा सहायक नदी किनारामा रहेका...

१३२ केभी क्षमताको म्याग्दी ‘कोरिडोर’ विद्युत् प्रसारण लाइन आयोजना निर्माण सुरु

१३२ केभी क्षमताको म्याग्दी ‘कोरिडोर’ विद्युत् प्रसारण लाइन आयोजना निर्माण सुरु

म्याग्दी । १३२ केभी क्षमताको म्याग्दी ‘कोरिडोर’ विद्युत् प्रसारण लाइन...

नारायणगढ–बुटवल सडकखण्ड, दाउन्नेमा एकतर्फी ढलानको काम सकियो

नारायणगढ–बुटवल सडकखण्ड, दाउन्नेमा एकतर्फी ढलानको काम सकियो

त्रिवेणी (नवलपरासी) । नारायणगढ–बुटवल सडक विस्तार आयोजना अन्तर्गत पूर्वी खण्डको...

थप १९ चिकित्सकको लाइसेन्स खारेज, नामावलीसहित

थप १९ चिकित्सकको लाइसेन्स खारेज, नामावलीसहित

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले थप १९ जना चिकित्सकको दर्ता...

किसान, मजदूर र सुकुमवासीका हक, हित र अधिकारको संरक्षण एवं प्रवद्र्धनमा प्रतिबद्ध छौँः प्रचण्ड

किसान, मजदूर र सुकुमवासीका हक, हित र अधिकारको संरक्षण एवं प्रवद्र्धनमा प्रतिबद्ध छौँः प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल...