back
CTIZAN AD

जिशिअको कडाइपछि शिक्षकको राजीनामा

वि.सं.२०७३ मंसिर २१ मंगलवार

1K 

shares

२१ मङ्सिर, खोटाङ  । जिल्ला शिक्षा कार्यालय खोटाङले शिक्षालाई राजनीतिरहित बनाउने अभियान थालेपछि जिल्लामा राजनीति गर्ने शिक्षकको राजीनामा आउन थालेका छन् ।

कतिपय शिक्षकले विद्यालयलाई भन्दा राजनीतिक गतिविधिलाई प्राथमिकता दिँदा शिक्षाको गुणस्तर खस्किएको निष्कर्षसहित जिल्ला शिक्षा कार्यालयले शिक्षकलाई राजनीतिबाट टाढा राख्ने सर्वदलीय निर्णय गराएपछि राजनीतिमा लागेका शिक्षकको राजीनामा आउन थालेको हो ।

काँग्रेसका जिल्ला सदस्यका रुपमा रहेका राष्ट्रिय प्रजातन्त्र आधारभूत विद्यालय ऐँसेलुखर्क–८ दिम्मापातेलका शिक्षक जीवनाथ दाहालले शिक्षण पेसाबाट राजीनामा दिएका छन् । उनको राजीनामा पुस १ गतेबाट लागू हुनेगरी शिक्षा कार्यालयले स्वीकृत गरेको छ । शिक्षक र राजनीतिक नेतृत्वको दोहोरो भूमिकामा नदेखिनका लागि आफूले राजीनामा दिएको शिक्षक दाहालले बताउनुभयो । उहाँ २८ वर्षदेखि शिक्षण पेसामा आबद्ध हुनुहुन्थ्यो ।

जिल्ला शिक्षा कार्यालयले कात्तिक ३० गतेको सर्वदलीय बैठकबाट शिक्षकलाई राजनीतिबाट टाढा राख्नका लागि जिल्लास्थित सबै दलका नेतालाई प्रतिबद्धता गराएका थिए । यस बिषयमा सबै दलको समर्थन पाउनुभएका जिशिअ ज्ञानमणि नेपाल अहिले यसलाई अभियानका रुपमा अगाडी बढाएको छ । अहिलेसम्म प्रत्यक्ष रुपमा राजनीतिमा लागेका एक दर्जन बढी शिक्षकलाई सचेत गराइएको जिशिअ नेपालले बताउनुभयो ।

अभियानकै क्रममा विद्यार्थी सङ्ख्या बढी देखाएर सेवासुविधा लिने निर्मलीडाँडास्थित पेलुङ प्राविका शिक्षक कृष्णबहादुर केसीलेसमेत राजीनामा दिइसक्नुभएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ । रासस

वि.सं.२०७३ मंसिर २१ मंगलवार १३:१२ मा प्रकाशित

‘खानेपानी अभावपछि गाउँ खाली हुन थाल्यो’

‘खानेपानी अभावपछि गाउँ खाली हुन थाल्यो’

पाँचथर । कुनै समय यहाँको तुम्बेवा गाउँपालिका–१ ढुकुरेमा बाक्लो बस्ती...

दुई विधेयक स्वीकृत

दुई विधेयक स्वीकृत

कर्णाली । कर्णाली प्रदेश सरकारले दुई विधेयक स्वीकृत गर्ने निर्णय...

खेल पर्यटन प्रवद्र्धन प्राथमिकतामा छ : मुख्यमन्त्री आचार्य

खेल पर्यटन प्रवद्र्धन प्राथमिकतामा छ : मुख्यमन्त्री आचार्य

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय अर्थतन्त्रलाई सुदृढ...

‘निर्वाचित जनप्रतिनिधिले वाचा कार्यान्वयनका लागि तयार हुनुपर्छ’

‘निर्वाचित जनप्रतिनिधिले वाचा कार्यान्वयनका लागि तयार हुनुपर्छ’

घोडाघोडी (कैलाली) । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले राष्ट्रिय स्वतन्त्र...

मेसिनबाट धान रोपाइँमा किसानको आकर्षण

मेसिनबाट धान रोपाइँमा किसानको आकर्षण

नारायणगढ (चितवन) । चितवनमा यतिबेला चैते धान रोपाइँको चटारो छ...

भक्तपुरमा चलचित्र महोत्सव हुँदै

भक्तपुरमा चलचित्र महोत्सव हुँदै

काठमाडौँ । भक्तपुरमा युवा चलचित्रकर्मीहरुले आगामी चैत ६ र ७...