back
CTIZAN AD

सेयर बजार झीनो अङ्कले ओरालो तर्फ, कसले कति प्रतिशत गुमाए त ?

वि.सं.२०७६ पुस १५ मंगलवार

642 

shares

१५ पुस, काठमाडौँ । सोमबार साढे पाँच अङ्कले बढेको नेप्से आज भने झीनो अङ्कले घटेको छ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज १.९२ विन्दुले घटेर एक हजार १६६.०३ मा पुगेको छ ।

यस्तै सेन्सेटिभ परिसूचक १.०१ ले घटेर २५२.३१ मा पुगेको छ । नेप्से आरोलो लाग्दा त्यसको प्रभाव कारोवार रकममा परेको छ । कूल १७७ कम्पनीको १३ लाख दुई हजार ९८६ कित्ता शेयर रु ४४ करोड २२ लाख ५६ हजार १५६ मूल्यमा खरिद–बिक्री भए ।

नेप्सेका अनुसार कारोवार भएका कूल १२ उपसमूहमध्ये आज छ उपसमूहको शेयर बढेको छ । त्यस्तै छ उपसमूहको शेयर भने ओरालो लागेको छ । बैंकिङ २.०४, व्यापार १३.७९, होटल ३२.१६, विकास बैंक ४.८८, जलविद्युत् ६.४५ र लघुवित्त १८.९७ विन्दुले बढेको छ ।

त्यस्तै वित्त ४.२, निर्जीवन बीमा १३.७५, उत्पादन ११.८९, अन्य २८.१९, जीवन बीमा ४.८ र सामूहिक लगानी कोष ०.०१ विन्दुले घटेको छ ।

नेप्सेका अनुसार आज नेपाल लाइफ इन्सुरेन्स कम्पनी कारोवारका आधारमा शीर्ष स्थानमा छ । सो कम्पनीको रु ६ करोड १७ लाख ८५ हजार ७१० बराबरको कारोवार भयो । शिवम् सिमेन्ट रु दुई करोड ७८ लाख १५ हजार ८३२, हिमालयन डिस्टिलरी रु दुई करोड ५४ लाख आठ हजार ९९२, एशियन लाइफ इन्सुरेन्स रु एक करोड ६६ लाख २३ हजार ६१२ र नागरिक लगानी कोष रु एक करोड ६२ लाख ११ हजार ४६३ मूल्यमा खरिदबिक्री भई शीर्ष स्थानमा रहे ।

आज सबैभन्दा बढी कमाउनेमा विशाल बजार कम्पनीका शेयरधनी छन् । सो कम्पनीका लगानीकर्ताले ७.८० प्रतिशतले कमाउँदा सिभिल लघुवित्त वित्तीय संस्था ७.७६, कर्पोरेट डेभलपमेन्ट बैंक ६.३१, मिथिला लघुवित्त वित्तीय संस्था ३.६३, इन्फिनिटी लघुवित्त वित्तीय संस्था ३.१८ र तारागाउँ रिजेन्सी होटलका लगानीकर्ताले ३.०४ प्रतिशतले कमाए ।

नेपाल दूरसञ्चार कम्पनी ५.८९, यूनियन हाइड्रोपावर ५.१७, मञ्जुश्री फाइनान्स ४.७०, आइसिएफसि फाइनान्स ४.१८, प्रोगेसिभ फाइनान्स ४.०४, स्वदेशी लघुवित्त वित्तीय संस्था ३.५२ र सांग्रिला डेभलपमेन्ट बैंकका लगानीकर्ताले ३.४९ प्रतिशतले गुमाए ।

वि.सं.२०७६ पुस १५ मंगलवार १६:१६ मा प्रकाशित

नेपालमा फाइभजी सञ्चालन गर्न फोरजी विस्तार महत्वपूर्ण: दूरसञ्चार क्षेत्रको दिगो विकासमा जाेड

नेपालमा फाइभजी सञ्चालन गर्न फोरजी विस्तार महत्वपूर्ण: दूरसञ्चार क्षेत्रको दिगो विकासमा जाेड

काठमाडौं । प्रविधि पत्रकार मञ्च (टीजेएफ) र हुवावे नेपालले संयुक्त...

यामाहा नेपालद्वारा काठमाडौंको बुढानीलकण्ठमा नयाँ 3S शोरूम उद्घाटन

यामाहा नेपालद्वारा काठमाडौंको बुढानीलकण्ठमा नयाँ 3S शोरूम उद्घाटन

काठमाडौं । यामाहा नेपालले बुढानीलकण्ठस्थित इटालिटार, गणेश चोकमा नयाँ 3S...

पहिला सुन अनि थुन: व्यवसायीमाथि बढ्दो धरपकडबीच सुष्मा श्रेष्ठको अपिल

पहिला सुन अनि थुन: व्यवसायीमाथि बढ्दो धरपकडबीच सुष्मा श्रेष्ठको अपिल

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घ ९एफएनसीसीआईको ० जिल्ला–नगर महिला...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...