back
CTIZAN AD

रस्सा कस्सिका बिच एनसेलले साढे चार अर्ब कर तिर्यो

वि.सं.२०७६ पुस १५ मंगलवार

1K 

shares

१५ पुष काठमाडौं । दुर सञ्चार प्रदायक कम्पनी एनसेलले पुँजीगत लाभकर वापतको तिर्नु पर्ने कर मध्ये चार अर्ब पचास करोड मंगलबार तिरेको छ ।

एनसेलले ठूला करदाता कार्यालयमा उक्त कर तिरेको हो । सर्बोच्च अदालतको पछिल्लो फेसला अनुसार उसले कर वापत २२ अर्ब ६४ करोड कर तिर्नु पर्ने थियो । उक्त रकम सर्बोच्च अदालतले फैसला गरे यताको ब्याज सिहत हो ।

बाँकि १८ अर्ब भन्दा बढी कर वापतको रकम किस्ताबन्दीमा तिर्न पाउनु पर्ने माग पनि उसले ठूला करदाता कार्यालयमा गरेको छ । करदाताले किस्ताबन्दीमा कर तिर्न पाउने सुबिधालाई उसले उपयोग गर्न खोजेको ठूला करदाता कार्यालयले जनाएको छ ।

२०७७ असार मसान्तसम्ममा एनसेलले बक्यौता कर तिरिसक्नु पर्ने हुन्छ । गत वैशाखमा ठूला करदाता कार्यालयले एनसेललाई साठी अर्ब ७१ करोड चौबिस लाख ९६ हजार ९७ रुपैयाँ कर निर्धारण गरेको थियो, जसमध्ये उसले केहि रकम पहिले नै तिरिसकेको थियो । त्यस पछि ठूला करदाता कार्यालय र एनसेल बिच करको विषयमा रस्साकस्सि चल्यो । अन्तत अदालतको फैसला पछि उसले कर तिर्न सुरु गरेको छ ।

वि.सं.२०७६ पुस १५ मंगलवार १८:०६ मा प्रकाशित

‘समय भित्रको समय’ पुस्तक ललितपुरमा चर्चा तथा रचना वाचन सम्पन्न

‘समय भित्रको समय’ पुस्तक ललितपुरमा चर्चा तथा रचना वाचन सम्पन्न

ललितपुर । ललितपुरको लुभुस्थित नमूना इङ्गलिस सेकेण्डरी स्कुलमा "समय भित्रको...

स्याफ्रुबेँसी-रसुवागढी सडक तीव्रगतिमा स्तरोन्नति गरिँदै

स्याफ्रुबेँसी-रसुवागढी सडक तीव्रगतिमा स्तरोन्नति गरिँदै

रसुवा । गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी राजमार्गअन्तर्गत स्याफ्रु रसुवागढी खण्डमा तीव्रगतिमा स्तरोन्नति भइरहेको...

सरकारले व्यवसायीलाई दुःख दिँदैनः सभापति लामिछाने

सरकारले व्यवसायीलाई दुःख दिँदैनः सभापति लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले...

बारामा ७१ हजार ९२ मेट्रिकटन गहुँ उत्पादन

बारामा ७१ हजार ९२ मेट्रिकटन गहुँ उत्पादन

कलैया (बारा) । जिल्लामा यस वर्ष किसानले खेती गरेको गहँु...

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

तेहरान । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले संयुक्त राज्य अमेरिकासँग...

एक करोडमा वडा कार्यालय भवन निर्माण

एक करोडमा वडा कार्यालय भवन निर्माण

ढोरपाटन (बागलुङ) । स्थापना भएदेखि हालसम्म जीर्ण भवनबाट सेवा प्रवाह...