१५ पुष काठमाडौं । आजको सेयर कारोवार (नेप्से)मा सामान्य अंकले गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा ०.१६ प्रतिशत अर्थत १.९२ अंकले गिराबट आउँदै ११६६.०३ बिन्दुमा कारोबार बन्द भएकोछ ।

आज नेपाल लाईफ ईन्स्योरेन्सले सबैभन्दा बढी ६.१७ करोड बराबरको ६३१३५ कित्ता सेयर कारोबार गरेको छ । नेपाल लाईफको आजको कारोबार ९७४ प्रतिकि त्ताको दरले भएको थियो ।

यता ज्योती बिकास बैैंकले लगानकिर्ताहरुक लागि १ लाख २० हजार कित्ता प्रबद्र्धक सेयर निस्कासन गरेको छ जसको प्रति कित्ता मूल्य ११३ कायम भएको थियो ।

आजको कारोबारमा बिशाल बजारले सबै भन्दा धेरै कमाएको छ । उसले ७.८ प्रतिशत अर्थत १३२ अंकले कमाएको छ । कारोबार बन्द हुँदा उसको प्रति कित्ताको मूल्य १८२४ रहेको छ ।

नेपाल टेलीकम सबैभन्दा बढी गुमाउनेमा परेकोछ । उसले ५.८९ पतिशत अर्थत ३९ अ.कले गुमाएको छ । कारोबार बन्द हुँदा टेलिकमको प्रति कित्ता सेयर मुल्य ६२३ रहेको थियो ।
वि.सं.२०७६ पुस १५ मंगलवार १८:०० मा प्रकाशित






























