back
CTIZAN AD

विद्यार्थीले पाएनन् पाँच महिनासम्म ट्रान्सक्रिप्ट

वि.सं.२०७६ पुस १६ बुधवार

645 

shares

१६ पुस, काठमाडौँ । नेपाल संस्कृत विश्वविद्यालयका विद्यार्थीले नतिजा आएको पाँच महिनासम्म पनि ट्रान्सक्रिप्ट पाएका छैनन् । परीक्षा नियन्त्रण कार्यालयको सफ्टवेयरले काम नगरेपछि समस्या भएको हो ।

विश्वविद्यालयले ०७६ जेठमा सञ्चालन गरेको उत्तरमध्यमा परीक्षाको नतिजा भदौमा सार्वजनिक गरेको थियो । नतिजा आएपछि ट्रान्सक्रिप्टका लागि आवेदन दिए पनि अहिलेसम्म पाएका छैनन् । ट्रान्सक्रिप्ट नहुँदा फरक विश्वविद्यालयमा माथिल्लो तहमा अध्ययन गर्न चाहने, विदेश जाने तथा रोजगारीमा समस्या भएको छ ।

काभ्रेका सीताराम कोइरालाले गत भदौमा वाल्मीकि विद्यापीठबाट उत्तरमध्यमा (प्रमाणपत्र तहसरह) उत्तीर्ण गरेका थिए । अध्ययनका लागि विदेश जाने तयारी गरेका उनी त्यसबाट वञ्चित मात्र भएनन्, माथिल्लो तह अध्ययन गर्नसमेत पाएनन् । ट्रान्सक्रिप्टका लागि फोन गर्दा उल्टै प्रतिप्रश्न सुन्नुपर्ने उनको गुनासो छ ।

‘कहिले सफ्टवेयर आएको छैन, कहिले सर आउनुभएको छैन, कहिले किन हतार गरेको भन्दै उल्टै प्रश्न गर्छन्,’ उनले भने, ‘मैले जापानका लागि तयारी गरेको थिएँ । तर, ट्रान्सक्रिप्ट नहुँदा आवेदन दिन पाइनँ, एक वर्षजति खेर गयो, नेपालकै अरू विश्वविद्यालयमा पढ्न पनि समस्या भयो ।’ बुधबारको नयाँ पत्रिका दैनिकबाट

वि.सं.२०७६ पुस १६ बुधवार ०८:२९ मा प्रकाशित

नेकपा संयोजक प्रचण्ड तीन दिने भ्रमणका लागि श्रीलङ्का प्रस्थान

नेकपा संयोजक प्रचण्ड तीन दिने भ्रमणका लागि श्रीलङ्का प्रस्थान

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड श्रीलङ्का...

रौतहटमा एक युवकद्वारा आत्मदाह प्रयास, कीर्तिपुर बर्न अस्पताल रिफर

रौतहटमा एक युवकद्वारा आत्मदाह प्रयास, कीर्तिपुर बर्न अस्पताल रिफर

काठमाडौं । रौतहटमा एक युवकले आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाहको...

प्रभु बैंकको ४८ करोड कर्जा दुरुपयोग प्रकरणमा एक पक्राउ, सीआईबीद्वारा अनुसन्धान तीव्र

प्रभु बैंकको ४८ करोड कर्जा दुरुपयोग प्रकरणमा एक पक्राउ, सीआईबीद्वारा अनुसन्धान तीव्र

काठमाडौं । प्रभु बैंक लिमिटेडबाट रिसोर्ट निर्माण तथा जग्गा खरिदका...

कर्णाली सरकारका चार मन्त्रीद्धारा सामूहिक राजीनामा

कर्णाली सरकारका चार मन्त्रीद्धारा सामूहिक राजीनामा

काठमाडौं । कर्णाली सरकारमा सहभागी कांग्रेसका चार मन्त्रीले सामूहिक राजीनामा...

आज यी चार प्रदेशमा भारी वर्षाको पूर्वानुमान

आज यी चार प्रदेशमा भारी वर्षाको पूर्वानुमान

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

अब निजी सञ्चार माध्यामलेपनि सरकारी विज्ञापन पाउने

अब निजी सञ्चार माध्यामलेपनि सरकारी विज्ञापन पाउने

काठमाडौँ । सर्वोच्च अदालतले सरकारी विज्ञापन प्रकाशनका लागि सरकारले लागू...