back
CTIZAN AD

माइती नेपालले गर्याे ९५ महिला तथा बालिकाको उद्धार

वि.सं.२०७६ पुस १६ बुधवार

1.3K 

shares

१६ पुस, काठमाडौँ । माइती नेपाल मोरङले सन् २०१९ को अवधिमा ९५ बालिका तथा महिलालाई भारतीय सीमाक्षेत्रबाट बेचबिखन हुनबाट जोगाएको छ । ‘हामो आवाज चेलीबेटी बेचबिखनबाट मुक्त’ नारासहित मोरङ शाखाले ती बालबालिकालाई विराटनगरको सीमावर्ती क्षेत्र रानी तथा भारतीय बजारको रेल स्टेशन र बसपार्कबाट उद्धार गरेको मङ्गलबार आयोजित पत्रकार सम्मेलनमा जनाइएको छ ।

अठार वर्षमुनिका २१ र माथिका ७४ जनालाई नेपाल प्रहरी, सशस्त्र प्रहरी, भारतीय रेल्वे प्रहरी, भारतीय प्रहरी र माइती नेपालका कर्मचारीको सहयोगमा उद्धार गरिएको माइती नेपालका मोरङ संयोजक विनोद पोखरेलले जानकारी दिए । यस क्षेत्रबाट उद्धार गरिएकामध्ये भारतसहित नेपालका १८ जिल्लाका बालिका र महिला रहेका छन् ।

यसरी उद्धार गरिएकामध्ये मोरङ, सुनसरी, झापा, उदयपुर, खोटाङ र धनकुटाका अधिकांश महिला रहेको पोखरेलले बताए । यस्तै सो अवधिमा घरेलु हिंसाबाट पीडित १६, करणी भएका तीन, दुईलाई अदालतमा मुद्दा दर्ता, हराएका छ महिला फेला पार्नुका साथै ९५ जनालाई पुनःस्थापना केन्द्रमा राखिएको थियो ।

अप्ठ्यारो गरी हिँड्ने, सिन्दुरपोते लगाइ हिँडने, बोल्दा अकमकाउने, एक्लै हिँड्ने आदिबाट जोखिममा परेका महिला हुनसक्ने भनेर पहिचान गर्न सीमाक्षेत्रमा निगरानी गरिरहेका विगतका पीडित नै माइती नेपालको कर्मचारीलाई सहज भएको संयोजक पोखरेलले भनाइ थियो ।

माइती नेपालले भारतीय बसपार्क र रेल्वे स्टेशनमा सिटमा बसेको अवस्थामा पनि भारतीय प्रहरीको सहयोगमा नेपाली महिलालाई बेचिनबाट जोगाएको छ । नेपाली महिला बेचिएको भारतको कोलकाता, मुम्बई र दिल्लीमा समेत भारतीय प्रहरीको सहयोगमा धेरै महिलालाई उद्धार गरेको उनले जानकारी दिए ।

उद्धार गरिएका महिलालाई विराटनगरस्थित केन्द्रमा राखी घरपरिवारलाई जिम्मा लगाउने अथवा घर नजाने महिलालाई सुनसरीको इटहरीमा रहेको पुनःस्थापना केन्द्रमा आयआर्जनका लागि सीपमूलक तालीम प्रदान गर्ने गरेको छ । विसं २०५६ मा स्थापना भएको माइती नेपालको मोरङ शाखाले तीन हजारलाई सीपमूलक तालीम दिनुका साथै सरकारी, निजी क्षेत्र र प्रहरी सेवामा समेत रोजगारी उपलब्ध गराएको संयोजक पोखरेलले बताए । हाल मोरङमा माइती नेपाललगायत एबिसी नेपाल, साना हात, आफन्त नेपाल र विश्व विस्तार सीमाक्षेत्रमा चेलीबेटी रोकथाममा क्रियाशील रहेका छन् ।रासस

वि.सं.२०७६ पुस १६ बुधवार १०:०९ मा प्रकाशित

व्यावसायिक बेसारखेतीमा इलामका किसान

व्यावसायिक बेसारखेतीमा इलामका किसान

फिक्कल (इलाम) । इलामको माङसेबुङ गाउँपालिका–१ गजुरमुखीका किसान रामभक्त निरौलाले...

पहिराले मेची राजमार्ग अवरुद्ध

पहिराले मेची राजमार्ग अवरुद्ध

इलाम । निरन्तरको वर्षाले मेची राजमार्ग र झापासँग जोड्ने दुवै...

मेची राजमार्गको राजदुवाली  सडक खण्ड भासिएपछि यातायात अवरुद्ध

मेची राजमार्गको राजदुवाली सडक खण्ड भासिएपछि यातायात अवरुद्ध

फिक्कल (इलाम) । मेची राजमार्गअन्तर्गत इलामको गोलाखर्क–राजदुवाली सडकखण्ड अवरुद्ध भएको...

‘भिलेज एग्रो फार्म’ले बदलेको इङनामको परिचय

‘भिलेज एग्रो फार्म’ले बदलेको इङनामको परिचय

रामकुमार लिम्बू, फिक्कल (इलाम) । इलामको चुलाचुली गाउँपालिका–३ का किसान...

धार्मिक पर्यटकको आकर्षण बन्दै एक सय ८ धारा

धार्मिक पर्यटकको आकर्षण बन्दै एक सय ८ धारा

धरान (सुनसरी) । सुनसरीको रामधुनी नगरपालिका–४ स्थित ऐतिहासिक तथा धार्मिक...

कोरियाबाट फर्केर नर्सरी व्यवसायमा फिलिप, टिकटकबाटै बेच्छनन् विरुवा

कोरियाबाट फर्केर नर्सरी व्यवसायमा फिलिप, टिकटकबाटै बेच्छनन् विरुवा

भद्रपुर (झापा) । वैदेशिक रोजगारीका लागि लामो समय विदेशमा पसिना...