back
CTIZAN AD

इरान निकट इराकी प्रदर्शनकारीद्वारा अमेरिकी राजदूतावासमा आक्रमण

वि.सं.२०७६ पुस १६ बुधवार

663 

shares

१६ पुस, बग्दाद । इरान निकटका इराकी प्रदर्शनकारीले इराकको राजधानी बग्दादमा रहेको अमेरिकी राजदूतावासमा मङ्गलबार आक्रमण गरेका छन् ।

अमेरिकी सहयोगमा गत हप्ताको अन्तयमा गरिएका आक्रमणमा करिब दुई दर्जन प्रदर्शनकारी (लडाकू) मारिएपछि बग्दादमा इरान निकट एक समूहले गरेको प्रदर्शनका क्रममा इराकी प्रदर्शनकारीले अमेरिकी राजदूतावासको पर्खाल वरपरबाट आक्रमण प्रयास गरेका स्थानीय सञ्चारमाध्यमले देखाएका छन् ।

केही दिन पहिले हवाई आक्रमणमा इराकी नागरिक मारिएपछि आक्रोशित प्रदर्शनकारीहरूले राजदूतावासको पर्खालमा आगजनी गर्दै राजदूतावास परिसरमा ढुङ्गामुढासमेत गरेका थिए । उनीहरूले अमेरिका विरोधी नाराहरूसमेत लगाएका बताइएको छ । इराकस्थित अमेरिकी राजदूतावासमा प्रदर्शनकारी पुग्न सकेको धेरै वर्षपछि यो पहिले घटना हो । राजदूतावास उच्च सुरक्षासहितको ‘ग्रिन जोन’ रहेको छ र त्यहाँसम्म पुग्न धेरै सुरक्षा जाँचस्थल पार गरेर जानुपर्ने हुन्छ ।

प्रदर्शनकारीहरूले हासेद अल–शावीको झण्डा बोकेका देखिएको र उक्त समूह इराकी सशस्त्र समूहको सिया सञ्जाल रहेको र उसले इरानबाट प्रशिक्षण लिएको दाब्ी गरिएको छ । अमेरिकी सैनिकको सामुद्रिक सुरक्षा गार्डले शुरूमा केही राउण्ड गोली चलाएपछि अश्रुग्यासको प्रयोग गरेको बताइएको छ । घटनामा २० जना घाइते भएका हासेदले जनाएको छ ।

यसैबीच केही समय पहिले भ्रष्टाचारविरोधी भनिएको सरकार लक्षित आन्दोलनका कारण राजिनामा दिइसकेका कामचलाउ प्रधानमन्त्री अब्देल मेहदीले राजदूतावासमा पुगेको समूहलाई तत्काल उक्त स्थानबाट बाहिरिन आग्रह गरेको छ ।

“हामी पुन  आग्रह गर्दछु कि कुनै पनि विदेशी राजदूतावासमाथि आक्रोस व्यक्त गर्ने वा दुब्र्यवहार गर्न सुरक्षा प्रशासनले कडा रूपमा निषेध गरिएको छ,” प्रधानमन्त्रीको कार्यालयले आक्रमणको केही घण्टापछि सञ्चारमाध्यममार्फत जानकारी गराएको छ । इराकी सरकारले बग्दाद आक्रमणमा २५ प्रदर्शनकारीको अमेरिकी हवाई आक्रमणबाट मृत्यु भएपछि देशभर तीन दिनको शोक घोषणा गरेको थियो ।

इराकका लागि अमेरिकी राजदूत म्याथु टुलर भने बिदाको सन्दर्भमा दुई हप्ताका लागि इराकबाहिर रहेको एक कुटनीतिक स्रोतले एएफपीलाई बताएको छ । तर अन्य कर्मचारी पनि खालि गरिएको छ कि भन्ने प्रश्नमा उक्त स्रोतले जानकारी दिन अस्वीकार गरेको छ । इराकमा अहिले पनि करिब पाँच हजार २०० अमेरिकी सैनिक तैनाद गरिँदै आएको छ ।

वि.सं.२०७६ पुस १६ बुधवार १०:०० मा प्रकाशित

इरानबाट आएका चार क्षेप्यास्त्र जोर्डनको हवाई प्रतिरक्षाद्वारा निस्तेज

इरानबाट आएका चार क्षेप्यास्त्र जोर्डनको हवाई प्रतिरक्षाद्वारा निस्तेज

अम्मान । जोर्डनको हवाई प्रतिरक्षा प्रणालीले मङ्गलबार बिहान इरानी भू–भागबाट...

बैङ्ककको पबमा आगलागीः आधारभूत सुरक्षा उपायको अभाव रहेको विज्ञको दाबी

बैङ्ककको पबमा आगलागीः आधारभूत सुरक्षा उपायको अभाव रहेको विज्ञको दाबी

बैङ्कक । थाइल्यान्डको राजधानी बैङ्ककस्थित एक बारमा भएको भीषण आगलागीमा...

सन् २०२९ मा युरोपेली सङ्घको जनसङ्ख्या उच्च विन्दुमा पुग्ने, त्यसपछि घट्ने प्रक्षेपण

सन् २०२९ मा युरोपेली सङ्घको जनसङ्ख्या उच्च विन्दुमा पुग्ने, त्यसपछि घट्ने प्रक्षेपण

ब्रसेल्स । सत्ताईस सदस्यीय युरोपेली सङ्घ (इयू)को जनसङ्ख्या सन् २०२९...

फ्रान्सलाई पराजित गर्दै फिफा विश्वकपको फाइनलमा स्पेन

फ्रान्सलाई पराजित गर्दै फिफा विश्वकपको फाइनलमा स्पेन

काठमाडौँ । फ्रान्सलाई पराजित गर्दै स्पेन फिफा विश्वकप २०२६ को...

रूसविरुद्ध समर्थन जुटाउन युक्रेनी राष्ट्रपति जेलेन्स्कीको पेरिस भ्रमण 

रूसविरुद्ध समर्थन जुटाउन युक्रेनी राष्ट्रपति जेलेन्स्कीको पेरिस भ्रमण 

किएभ। यूक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की रूसविरुद्ध समर्थन जुटाउन पेरिसमा यूरोपेली...

युरोपेली दाताहरूबाट गाजा पुनर्निमाणका लागि एक अर्ब डलर सहयोगको घोषणा 

युरोपेली दाताहरूबाट गाजा पुनर्निमाणका लागि एक अर्ब डलर सहयोगको घोषणा 

ब्रसेल्स, बेल्जियम ।  युरोपेली सङ्घले सोमबार युरोपेली दाताहरूले युद्धबाट प्रभावित...