back
CTIZAN AD

चीनमा रहेका नेपाली प्रोफेसरलाई कस्ले हान्यो झापड ?

वि.सं.२०७६ पुस १६ बुधवार

870 

shares

१६ पुष, काठमाण्डौं । नेपालका एक प्रोफेसरले चीनमा झापड खाएका छन् । त्यो पनि चीनमा रहेका नेपाली विद्यार्थीबाटै ।

बेइजिङको एक रेष्टुरेण्टमा आयोजना गरिएको पार्टीमा त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान विभागका डा. टेक बहादुर क्षेत्रीले त्यहि पिएचडि गरिरहेका राई थरका नेपालीबाट कुटाई खाएको बुधबारको जनआस्थामा समाचार छ ।

चीनबाटै पिएचडि सकेका पुर्वतिरका राजु राई, सौनक भण्डारी, र बिनोद बानियाँले एक रेष्टुरेण्टमा आयोजना गरेको पार्टीमा प्रोफेसर क्षेत्रीले त्यहाँ अरुलाई हप्की दप्की गर्दै गाली गर्न थालेका थिए । सात वर्ष पहिले चाइनिज एकेडेमी अफ सोसल साइन्सेजबाटै पिएचडी गरी चारवर्ष अगाडि त्रिविको प्रोफेसर भएका क्षेत्रीले त्यहाँ अरुलाई ‘तिमिहरु छिचिमिरा हौं । मैले भनेको मान्नुपर्छ ।’ आफू कांग्रेस भएपनि बालकोटमा केपी ओलीको छिमेकी रहेको र सबैतिर आफ्नो पहुँच भएको बताउँदै थिए ।

सुरुमा गफैबाट हप्किदप्कि गरेका प्रोफेसर क्षेत्रीले रक्सी लाग्दै गएपछि हातै समेत हाल्ने र उपस्थितलाई लोर्पादै ‘त को होस, मलाई चिनेको छस् ? म टियुको गोल्डमेडलिष्ट हुँ’ भन्न थाले । उनले पार्टीमा सहभागी महिलालाई पनि त्यस्तै व्यवहार गर्न थाले । उनलाई सम्झाउन सक्ने कोही भएनन् त्यहाँ ।

अति भएपछि अति हुन्छ भनेजस्तै उनी गोर्खालीकै फेला परे । ती गोर्खालिले घुमाएर एक किक हाने प्रोफेसर खत्रीलाई । त्यसरी किक हान्ने चाइनिज एकेडेमीमै पिएचडि गर्दै गरेका नेपालको पूर्वतिरका राई थरका विद्यार्थी हुन् ।

आफूले कुटाई खाएको कुरा नेपालमा रहेकी श्रीमतीलाई बताउँदै अफू बेइजिङमा सुरक्षित नरहेको बताएका थिए क्षेत्रीले । तर, श्रीमती हुँदै आफन्त र आफन्त हुँदै अन्यत्र कुरा पुगेपछि क्षेत्रीले कुटाइ खाएको भाइरल बन्यो । रक्सीले छोडेपछि क्षेत्रीले आफ्नो गल्ती महसुस गरेर ती राईथरका विद्यार्थीसँग भोली पल्ट माफी मागेको बताइएको छ ।

वि.सं.२०७६ पुस १६ बुधवार ११:५९ मा प्रकाशित

फ्रान्सलाई पराजित गर्दै फिफा विश्वकपको फाइनलमा स्पेन

फ्रान्सलाई पराजित गर्दै फिफा विश्वकपको फाइनलमा स्पेन

काठमाडौँ । फ्रान्सलाई पराजित गर्दै स्पेन फिफा विश्वकप २०२६ को...

पर्यटक लोभ्याउने ‘ठूली दह’

पर्यटक लोभ्याउने ‘ठूली दह’

त्रिवेणी (रुकुमपश्चिम) । मुसिकोट नगरपालिका–७ मा अवस्थित ‘ठूली दह’ पछिल्लो...

गुप्तचर विभागलाई राजस्व चुहावट नियन्त्रणको जिम्मा

गुप्तचर विभागलाई राजस्व चुहावट नियन्त्रणको जिम्मा

काठमाडौं । सरकारले राजस्व चुहावट नियन्त्रण, भन्सार छली रोकथाम तथा...

नेप्से परिसूचक छ दशमलव ११ अङ्कले बढ्यो

नेप्से परिसूचक छ दशमलव ११ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

दुई विधेयक दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव स्वीकृत

दुई विधेयक दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभाले विभिन्न दुई विधेयक दफावार छलफलका लागि सम्बन्धित...

व्यावसायिक बेसारखेतीमा इलामका किसान

व्यावसायिक बेसारखेतीमा इलामका किसान

फिक्कल (इलाम) । इलामको माङसेबुङ गाउँपालिका–१ गजुरमुखीका किसान रामभक्त निरौलाले...