back
CTIZAN AD

नेपाल भ्रमण वर्ष २०२० को पूर्वसन्ध्यामा रसियामा नेपालको प्रचार

वि.सं.२०७६ पुस १६ बुधवार

1K 

shares

१६ पुष, रसिया । नेपाल भ्रमणवर्ष २०२० को पूर्वसन्ध्यामा रसियामा नेपाल भ्रमण वर्षको प्रचार–प्रसार गरिएको छ ।

नेपाली दूतावास रसिया र एनआरएनए एनसिसि रसियाको संयुक्त पहलमा मस्कोको मुटु मानिने ‘रेड स्क्वाएर’मा ३१ डिसेम्बरका दिन एक कार्यक्रमको आयोजना गरी नेपाल भ्रमणवर्ष २०२० को प्रचार प्रसार गरिएको हो ।

रसियाका लागि नेपाली राजदूत ऋषिराज घिमीरे, एनआरएनएका अध्यक्ष शिवमणि भुत्र्याल, संघका पूर्व युरोप उपसंयोजक गोविन्द प्रसाद गौतम, एनआरएनए रसियाका पूर्वअध्यक्ष रामेश्वर गौतम लगायतको टिमले नेपाल भ्रमण वर्ष २०२० को प्रचार–प्रसार गरेको हो ।

उक्त प्रचार–प्रसार कार्यक्रममा रसियन तथा अन्य देशका नागरिकलाई नेपाल भ्रमण वर्ष २०२० का बारेमा जानकारी दिँदै भिजिट नेपाल २०२० लेखिएको झोलामा पर्यटन सामग्री समेत वितरण गरिएको पूर्व युरोप संयोजक गौतमले संसारन्युजलाई बताए ।

‘नेपाल सरकारकाले घोषणा गरेको नेपाल भ्रमण २०२० लाई सघाउनका लागि केन्द्रले गरेको आव्हान स्वरुप सुरुवाती कार्यक्रम गरेका हौं ।’ गौतमले भने ।

प्रचार–प्रसारका क्रममा रसियन नागरिकहरुले नेपाल घुम्न जान्छौ समेत भनेका थिए ।

वि.सं.२०७६ पुस १६ बुधवार १८:१५ मा प्रकाशित

स्याफ्रुबेँसी-रसुवागढी सडक तीव्रगतिमा स्तरोन्नति गरिँदै

स्याफ्रुबेँसी-रसुवागढी सडक तीव्रगतिमा स्तरोन्नति गरिँदै

रसुवा । गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी राजमार्गअन्तर्गत स्याफ्रु रसुवागढी खण्डमा तीव्रगतिमा स्तरोन्नति भइरहेको...

सरकारले व्यवसायीलाई दुःख दिँदैनः सभापति लामिछाने

सरकारले व्यवसायीलाई दुःख दिँदैनः सभापति लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले...

बारामा ७१ हजार ९२ मेट्रिकटन गहुँ उत्पादन

बारामा ७१ हजार ९२ मेट्रिकटन गहुँ उत्पादन

कलैया (बारा) । जिल्लामा यस वर्ष किसानले खेती गरेको गहँु...

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

तेहरान । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले संयुक्त राज्य अमेरिकासँग...

एक करोडमा वडा कार्यालय भवन निर्माण

एक करोडमा वडा कार्यालय भवन निर्माण

ढोरपाटन (बागलुङ) । स्थापना भएदेखि हालसम्म जीर्ण भवनबाट सेवा प्रवाह...

भोलि र पर्सि बीमा अभिकर्ताको परीक्षा, अनलाइन माध्यमबाट सहभागी हुनुपर्ने

भोलि र पर्सि बीमा अभिकर्ताको परीक्षा, अनलाइन माध्यमबाट सहभागी हुनुपर्ने

काठमाडौँ । नेपाल बीमा प्राधिकरणले जीवन बीमा अभिकर्ताको इजाजतपत्रका लागि...