back
CTIZAN AD

कूटनीतिसँगै आर्थिक सम्बन्धलाई बढावा दिनुपर्छ– बहराइन

वि.सं.२०७६ पुस १८ शुक्रवार

741 

shares

१८ पुस, काठमाडौँ । बहराइन अधिराज्यको परराष्ट्र मन्त्रालयका सचिव डा सइका राना बीन्ट लसा अल खालिफाले नेपाल र बहराइन दुई देशले संस्कृति र पर्यटनलाई एक अर्कामा आबद्ध गरी अघि बढ्नुपर्ने बताएका छन् ।

बहराइनका लागि नेपाली राजदूत पदम सुन्दास र सचिव खालिफाबीच बिहीबार मनामास्थित मन्त्रालयमा भएको भेटका क्रममा राजदूत सुन्दासले मनामास्थित नेपाली राजदूतावासले यही पुस २८ गते आयोजना गर्ने नेपाल भ्रमण वर्ष २०२० को समुद्घाटन कार्यक्रममा विशेष अतिथिका रूपमा सहभागिताका लागि निमन्त्रणा गरे ।

सो दिन नेपाल र बहराइनबीचको कूटनीतिक सम्बन्ध स्थापनाको ४३ औँ वर्षगाँठसमेत रहेकाले उद्घाटन समारोहले दुई देशबीचको सम्बधलाई थप उचाइमा पु¥याउन विशेष भूमिका खेल्ने राजदूत सुन्दासले विश्वास व्यक्त गरेको मनामास्थित नेपाली राजदूतावासले जनाएको छ । राजदूत सुन्दासले नेपाल भ्रमण वर्ष २०२० अभियान सफलताका लागि राजदूतावासले वर्षभरि विभिन्न कार्यक्रम सञ्चालन गर्नेसमेत जानकारी दिए ।

सचिव खालिफाले नेपाल भ्रमण वर्ष २०२० अभियानका क्रममा दूतावासले आयोजना गर्ने अन्य कार्यक्रममा समेत रुचिपूर्वक सहभागी हुने प्रतिबद्धता व्यक्त गर्दै आर्थिक कूटनीतिका लागि व्यापारी वर्गलाई कार्यक्रममा आमन्त्रण गरी आर्थिक सम्बन्धलाई बढवा दिनुपर्ने सुझाव दिए । राजदूत सुन्दासले आगामी अप्रिल २–४ मा काठमाडौँमा आयोजना हुने सगरमाथा संवादमा बहराइन अधिराज्यबाट उच्च तहको सहभागिताका लागि अनुरोध गरे ।

वि.सं.२०७६ पुस १८ शुक्रवार ११:३५ मा प्रकाशित

पूर्वानुमान र विपद् पूर्वतयारीलाई प्रभावकारी बनाउनुपर्छ : मन्त्री श्रेष्ठ

पूर्वानुमान र विपद् पूर्वतयारीलाई प्रभावकारी बनाउनुपर्छ : मन्त्री श्रेष्ठ

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले मौसम पूर्वानुमान...

घुस लिएको अभियोगमा मुद्दा दायर

घुस लिएको अभियोगमा मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बैंकिङ कसुरसम्बन्धी मुद्दामा जाहेरवालाको...

चाँगुनारायणमा चोरी

चाँगुनारायणमा चोरी

काठमाडौँ । भक्तपुरको चाँगुनारायण नगरपालिका–४ प्रगतिटोलस्थित एक घरबाट सुनका विभिन्न...

मनाइयो विश्व रेडक्रस दिवस

मनाइयो विश्व रेडक्रस दिवस

काठमाडौँ । रेडक्रसका जन्मदाता जाँ हेनरी ड्युनाको जन्मदिनको अवसरमा आज...

इरान-अमेरिका तनाव फेरि चर्कियो

इरान-अमेरिका तनाव फेरि चर्कियो

वासिङ्टन  । हर्मुज जलघाँटी क्षेत्रमा अमेरिकी र इरानी सैन्य शक्तिबीच...

इन्डोनेसियामा ज्वालामुखी विस्फोट, २० जना पर्वतारोही बेपत्ता : अधिकारी

इन्डोनेसियामा ज्वालामुखी विस्फोट, २० जना पर्वतारोही बेपत्ता : अधिकारी

जकार्ता । इन्डोनेसियाको पूर्वी हलमहेरा टापुको “माउन्ट डुकोनो“ ज्वालामुखि विस्फोट...