back
CTIZAN AD

पाँच मुक्तकहरु

वि.सं.२०७६ पुस १९ शनिवार

969 

shares

जिन्दगी चलाउनलाइ गीताको सार भए पुग्छ
मुटु रेट्नलाइ त केवल फूलको धार भए पुग्छ
नजाऊ सागरको लहरसँगै भबिस्य खोज्न् प्रिय्
बाँच्नलाइ त सागरले छाडेको किनार भए पुग्छ ।
१)
रमाइलो खुब लाग्छ पिरतिको फूल गोड्नलाई
छिचरो बचन नै काफी कमलो दिल तोड्नलाई
दुईबीचको संवादमा वचनले नै मन टुट्नसक्छ,
टुटेपछि मनको बिश्वास गार्हाे हुन्छ जोड्नलाई ।
२)
बकुल्ला झै कुरिबस्छ मौका पाए किची हाल्छ
निर्दोलाइ भेट्यो कि त बलियाले थिची हाल्छ
गाईमारेर गधा पोस्छन् अनि सरण पर्छन् उसकै
ठाउँ पाए छिमेकीले साँधसीमा त मिची हाल्छ ।।
३)
यो ढुकढुकी यो मायाको खानी तिमीलाइ
संसार देख्ने यो आँखाको नानी तिमीलाइ
अन्यथा नसम्झिदै मेरो मनसाय बुझे हुन्थ्यो,
सुम्पिएदिए यो घायलको जवानी तिमीलाई ।।

अध्यारो मनभित्र संस्कारको जून पाल्न पाए
अलिनो बिचारमा मानवताको नुन हाल्न पाए
सुन्दर हुन्थ्यो यो संसार हत्याहिंसा हुदैनथ्यो कि ?
मानव भित्र जकडिएको अबगुन फाल्न पाए ।।
५)

तारकेश्वर नगरपालिका-७ फुटुङ्ग,काठमाडौ ।
इमेल : pghayal56@gmail.com

वि.सं.२०७६ पुस १९ शनिवार १०:१६ मा प्रकाशित