back
CTIZAN AD

के हो पार्किन्सन रोग ? के-के हुन् त यसका लक्षण ?

वि.सं.२०७६ पुस २१ सोमवार

2.1K 

shares

पछिल्लो समय धेरै मानिसहरु पार्किन्सन रोगबाट पीडित भएका छन् । यसको पूर्ण रोकथामका लागि अहिलेसम्म कुनै औषधि वा प्रविधि नआइसकेको डा. कल्याण सुवेदी बताउँछन् ।

डा. कल्याणका अनुसार यो रोग ५० भन्दा मुनिकालाई लाग्ने प्रतिशत कम रहेको भएपनि ४० नाघेकालाई पनि यसले सताएको धेरै उदाहरण रहेको पनि डा. कल्याण बताउँछन् ।

डा.कल्याणका अनुसार पार्किन्सन लाग्नेक्रममा विभिन्न लक्षणहरु देखा पर्छन्१ शान्तसंग बस्दा हात, खुट्टा, च्यापु थर-थर काँप्ने (resting tremors) कुर्सीमा वा खाटको छेउमा बस्दा हात, खुट्टा, वा च्यापु लग-लग काँप्ने हुन्छ । बिहान उठेदेखि बेलुकी नसुत्दासम्म (आरामसंग बसेको बेलामा) निरन्तर भैराख्छ । प्राय एउटा हात वा खुट्टाबाट मात्र काँप्न शुरु हुन्छ । टाउको (प्राय) काँप्दैन तर रोगले च्याप्दै गएपछि पुरै शरीर हल्लदा टाउको पनि हल्लिए जस्तो हुन्छ । पछि-पछि बोल्न पनि अप्ठ्यारो हुँदै गएको देखिन्छ ।

२. हिड्दा निकै ढिलो हिड्ने (slow movement), हातखुट्टा बाँउडेको (दह्रो वा कस्सिएको) जस्तो हुने (muscle stiffness), सोझो (ठाडो) भएर हिड्दा घरी–घरी धानिन नसकेको जस्तो हुने (unbalanced gait)

-व्यक्तिको हिंडाई पानी भित्र वा खोलामा हिंडे जस्तो, सरासर हिंड्न निकै गार्हो भए जस्तो देखिन्छ । उनीहरु हिंड्दा थोरै कुप्रो परेर हिड्छन् र खासै हात हल्लाएर हिँडदैनन् ।

-कपडाको बटन लगाउन, जुत्ताको तुना लगाउन, बत्तिको बल्ब फेर्न, चाबीले ताल्चा खोल्न आदि काम गर्न निकै गाह्रो हुँदै जान्छ ।)

३. खानाको स्वाद परिबर्तन हुने ।
(फलफुल, खान वा अरु केहीको गन्ध थाह पाउन निकै गार्हो हुने हुन्छ ।

४-३-४ घण्टा निद्रा राम्रोसंग लाग्ने तर त्यसपछि सुत्न नसक्ने त्यसैले दिउसो बढी निन्द्रा लाग्ने । रातमा धेरै छट्पटि हुने ।

५-राम्रो खाना र उचित ब्यायाम गर्दापनि समयमा दिशा नहुने (constipation). पटक पटक पिसाब फेर्न जानुपर्ने ।

६-पहिलेको भन्दा कम स्वरमा बोल्ने । धेरै सानो-सानो अक्षर लेख्ने (micrographia)
(यसका बिरामीलाई आफुँ चर्कै बोलेको जस्तो लाग्छ तर उनीहरु पहिलेको भन्दा धेरै सुस्तो र सानो स्वरमा बोल्ने गर्छन । प्राय घरपरिवार र साथी भाइले मात्र फरक छुट्याउन सक्छन् । ( चिट्ठी वा लेख लेख्दा अक्षरहरु साना हुँदै जान्छन् । उनीहरुमा स्मरण शक्ति (memory) र धैर्य गर्ने क्षमता (attention span) कम हुन्छ । जसले गर्दा दुईवटा काम-जस्तै दिमागमा केहि कुरा एक छिन राख्ने र लेख्ने) एकै पटक गर्न सक्दैनन् ।

त्यसैले लेख्दा लेख्दै अर्को शब्द के लेख्ने भन्ने कुरा मन आएपछि त्यो मनमा आएको कुरा बिर्सिन्छ कि भनेर अहिले लेख्दै गरेको शब्द सानो लेख्छन् । सानो अक्षर लेख्न समय बढी लाग्दैन र अघि सम्झेको कुरा लेख्न भ्याउँछन् । यो कुरा व्यक्ति आँफैलाई यसो गर्दैछु भन्ने थाह प्राय हुँदैन ।

७-कुनै पारिवारिक वा पैसाको चिन्ता बिना पनि चिन्तित जस्तो देखिने वा अनुहारमा immediate reaction नदेखाउने वा आँखा समयमा नझिम्क्याउने, कम हास्ने । (masked face)
-आँफु वरिपरी भैरहेको कुराकानी अनुसारको प्रतिक्रिया दिएर अनुहारमा परिवर्तन ल्याउन झट्टै सक्दैनन् । यो अलि पछि रोगले च्याप्दै गएपछि देखा पर्छ । लामो समय सम्म एकोहोरो एकातर्फ मात्र हेरेर एउटै ठाउँमा बस्ने गर्छन् ।

८- जुरुक्क उठ्न खोज्दा रिंगटा लागेजस्तो हुने, पछाडी पट्टि लडीएला जस्तो लाग्ने । दायाँ, बायाँ वा फनक्क पछाडी फर्कन गार्हो हुने । शरीर बलियै भएपनि पहिले जस्तो छिटो छरितो काम गर्न नसक्ने ।

-रिंगटा लाग्ने समस्या विभिन्न औषधिका कारण वा अन्य रोगका कारण पनि हुन सक्छ)

९. उदाशिन हुने

-पहिलो चरणको उदाशिनता रोग पत्ता लाग्ने बित्तिकै “लौ अब म केहि गर्न सक्दिन, मैले काम गर्न नसक्दा परिवार कसरी पाल्ने?, मलाई यस्तो रोग कसरी लाग्यो?, म त रोगी भएँ’ आदि कुरा मनमा ल्याएर उदाशीन हुन्छन् । जसलाई psychiatry मा Adjustment Disorder with depressed mood   भनिन्छ । तर पछि गएर रोगको आफ्नै कारणले उदाशीनताको लक्षण Major Depressive Disorder) देखा पर्छन् कसै कसैमा औषधिको कारण वा यो रोगको आफ्नै जटिलताको कारणले (Parkinson) Psychosis देखापर्छ । Psychosis भन्नाले नभएको, नदेखेको कुरा साँच्चै हो भनेर बिश्वास गर्ने, अनावश्यक संका गर्ने, आँफै बर्बराउने, अदृश्य कुरा देखि डराउने आदि ।

१० अन्य धेरै लक्षणहरु
यहाँ दिइएको पार्किन्सनको लक्षणको उदाहरण मैले आफ्नो बिरामीमा देखेको आधारमा भनेको हुँ । माथि दिइएको उदाहरण तपाईमा सबै मेल खाँदैन भन्दैमा तपाईलाई पार्किन्सन भएको छैन भन्न मिल्दैन । सबै लक्षणहरु एकै पटक नदेखिन सक्छन् ।

-माथिका कुनै पनि लक्षणहरु शुरुमा निकै कम वा मधुरो मात्रामा देखिन्छ र जसै रोगले च्याप्दै जान्छ अनि ति लक्षणहरु पनि कठोर र गाडा बन्दै जान्छन् ।

-माथिको लक्षणहरु मध्ये पहिलो तीन लक्षणहरु तपाईंमा देखिएको छ भने तुरुन्त Neurologist वा Psychiatrist को मा जंचाउन जानुहोस् । यो रोग ५० बर्षको भन्दा मुनिकालाई लाग्ने प्रतिशत धेरै कम हुन्छ । तर, भर्खर ४० नाघेकालाई पनि यो लागेको धेरै उदाहरणहरु छन् ।

रोगको कारण
पार्किन्सन रोग यहि कारणले लाग्छ भन्न अझै सकिएको छैन ।

-Genetic Mutation र बाताबरणमा हुने बिषाक्द पदार्थ (उदाहरणको लागि, तरकारी र फलफुल फलाउदा प्रयोग गरेको बिषादी जमिनमा गई पानीको श्रोतमा पुग्नाले) पनि हुन्छ कि भन्ठानिएको छ ।

पार्किन्सन रोग बंशाणुगत पनि सर्ने गर्छ ।

उपचार
यो रोग पूर्ण निको पार्ने औषधि र प्रबिधि अझै पत्ता लागेको छैन । तर धेरै औषधि यस्ता पाइन्छन् जसले अहिले देखा परेका लक्षणहरु कम गर्ने (जसले गर्दा दैनिक गर्नु पर्ने काम गर्न निकै सजिलो हुन्छ) र रोगले ग्रस्त पार्ने समय अलि लम्ब्याउँदै लान सकिन्छ ।

-औषधिले काम गर्ने छाडेपछि दिमागमा अप्रेशन गरेर DBS-deep brain stimulation) मार्फत उपचार गराउन पनि सकिन्छ तर यो निकै खर्चिलो हुन्छ ।

डा. सुवेदीको फेसबुक वालबाट लिइएको

वि.सं.२०७६ पुस २१ सोमवार ११:५७ मा प्रकाशित

वीरगञ्जमा निःशुल्क जलन शिविर: १५० जनाले पाए उपचार सेवा

वीरगञ्जमा निःशुल्क जलन शिविर: १५० जनाले पाए उपचार सेवा

काठमाडौँ । वीरगञ्जस्थित नारायणी अस्पतालमा सञ्चालन भएको ‘नबिल निःशुल्क जलन...

नेपाल लाइफद्वारा २५औं वार्षिकोत्सबको अवसरमा नि:शुल्क स्वास्थ्य सिविर एवं देशभर रक्तदान कार्यक्रम

नेपाल लाइफद्वारा २५औं वार्षिकोत्सबको अवसरमा नि:शुल्क स्वास्थ्य सिविर एवं देशभर रक्तदान कार्यक्रम

काठमाडाैँ । नेपाल लाइफ इन्स्योरेन्सले स्थापनाको २५औं गरिमामय वार्षिकोत्सबको अवसर...

ककनीमा ‘विशाल मिलन वैज्ञानिक योग’को विश्व हाँसो दिवस सम्पन्न

ककनीमा ‘विशाल मिलन वैज्ञानिक योग’को विश्व हाँसो दिवस सम्पन्न

काठमाडौँ । स्वस्थ, सकारात्मक र सन्तुलित जीवनशैली प्रवर्द्धन गर्ने उद्देश्यले...

हास्यसँग स्वास्थ्य: ककनीमा ‘विशाल मिलन वैज्ञानिक योग’को विशेष कार्यक्रम हुने

हास्यसँग स्वास्थ्य: ककनीमा ‘विशाल मिलन वैज्ञानिक योग’को विशेष कार्यक्रम हुने

काठमाडौँ । स्वास्थ्य र सकारात्मक जीवनशैली प्रवर्द्धन गर्ने उद्देश्यका साथ...

कागती पानी : भ्रम की यथार्थ, के-के छन् त यसको फाइदा ?

कागती पानी : भ्रम की यथार्थ, के-के छन् त यसको फाइदा ?

काठमाडौँ । बिहानै खाली पेटमा कागती पानी पिउँदा तौल घट्ने...

निःशुल्क स्वास्थ्य शैय्याको विवरण सार्वजनिक, देशभर ६०० शैय्या उपलब्ध

निःशुल्क स्वास्थ्य शैय्याको विवरण सार्वजनिक, देशभर ६०० शैय्या उपलब्ध

काठमाडाैँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा सञ्चालित Free Health Portal...