back
CTIZAN AD

नराम्री देखिने डरले अस्विकार गरेकी थिइन् ऐश्वर्याले चलचित्र ‘छपाक’

वि.सं.२०७६ पुस २१ सोमवार

843 

shares

२१ पुस, काठमाडौँ । बलिउडकी चर्चित अभिनेत्री दिपिका पादुकोणको मुख्य भूमिका रहेको चलचित्र ‘छपाक’ जनवरी १० बाट प्रदर्शन हुँदैछ । पादुकोण अहिले प्रमोशनमा व्यस्त रहेकी छन् ।

निर्देशक मेघना गुलजारले निर्देशन गरेको उक्त चलचित्र ‘छपाक’ केहीदिन अगाडि कानुनी झमेलामा पनि परेको थियो । उजुरीकर्ता राकेश भारतीले फिल्मको कथा चोरी भएको र फिल्मको प्रोमो हेरेरै ‘छपाक’ आफूले लेखेको स्किृप्टमा आधारित भएको थाहा पाएको बताउँदै आएका छन् । उजुरीमा गुलजारले एसिड आक्रमण पीडितमाथि आफूले फिल्म बनाउन चाहेको खुलाएका छन् । उनले उक्त फिल्मको स्किृप्ट दर्ता पनि गराइसकेको बताएका छन् ।

गुलजारका अनुसार उक्त चलचित्रका लागि प्रियंका चोपडा, कंगना रणावत, श्रद्धा कपुर, अनुष्का शर्मा र ऐश्वर्या रायको नाम फाइनल गरेका थिए । प्रियंकालाई यो चलचित्रको कथा मन परेका कारण उनी यस चलचित्रमा लगानी समेत गर्न चाहन्थिन् तर उनी बाहिर भएका कारण समय मिलाउन सकिनन् ।

यस्तै श्रद्धा कपुर र अनुष्का शर्माले व्यस्तताका कारण यो चलचित्रमा काम गरेनन् । कगंनाको दिदीमाथि पनि कुनै समयमा एसिड प्रहार भएको थियो । जसका कारण कगंनाले आफू भावुक हुने बताउँदै यो चलचित्रमा काम गरिनन् । यस्तै ऐश्वर्याले भने पर्दामा एसिड आक्रमण भएकी युवतीको भूमिकामा आफू नराम्री देखिने भएकाले यो चलचित्र नगरेको गुलजारले बताएका छन् ।

वि.सं.२०७६ पुस २१ सोमवार ११:५९ मा प्रकाशित

यज्ञ सापकोटाको ‘घरझगडा–९’ सार्वजनिक, दर्शकमाझ लाेक प्रिय बन्दै

यज्ञ सापकोटाको ‘घरझगडा–९’ सार्वजनिक, दर्शकमाझ लाेक प्रिय बन्दै

काठमाडौं । गायक तथा सर्जक यज्ञ सापकोटाले नयाँ तीज गीत...

तीजमा काठमाडौँमा दीपा नारायणको एकल गायन सो हुँदै

तीजमा काठमाडौँमा दीपा नारायणको एकल गायन सो हुँदै

काठमाडौँ । संगीतको माध्यमबाट तिजलाई चिनाउने चर्चित गीत तिजको रहर...

दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा  ग्रान्ड अडिसन सम्पन्न

दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा  ग्रान्ड अडिसन सम्पन्न

काठमाडौं । दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा...

अच्युतराम भण्डारी संगीत प्रतिष्ठानको ४९औँ श्रृंखलामा डा. ध्रुबेश चन्द्र रेग्मीद्वारा राग ‘बागेश्री’ प्रस्तुति

अच्युतराम भण्डारी संगीत प्रतिष्ठानको ४९औँ श्रृंखलामा डा. ध्रुबेश चन्द्र रेग्मीद्वारा राग ‘बागेश्री’ प्रस्तुति

काठमाडौं। अच्युतराम भण्डारी संगीत प्रतिष्ठानको ४९औँ मासिक शास्त्रीय संगीत श्रृंखलामा...

ड्रेस टु इम्प्रेस’ १३ औँ संस्करणमा चार फेशन डिजाइनर भए उत्कृष्ट

ड्रेस टु इम्प्रेस’ १३ औँ संस्करणमा चार फेशन डिजाइनर भए उत्कृष्ट

काठमाडौँ । फेसनसम्बन्धी नेपालको अग्रणी एकेडेमी स्कूल अफ फेसन एन्ड...