back
CTIZAN AD

उपराष्ट्रपति पुन आज नवलपरासी जाँदै

वि.सं.२०७३ मंसिर २२ बुधवार

927 

shares

nanda-bahaur-pun

२२ मङ्सिर,नवलपरासी । उपराष्ट्रपति नन्दबहादुर पुन बिहीबारदेखि नवलपरासीको सुनवलमा सञ्चालन हुुने पश्चिमाञ्चल स्तरीय नवलपरासी औद्योगिक व्यापार मेला उद्घाटन गर्ने सिलसिलामा आज साँझ नवलपरासी जान लाग्नुभएको छ ।

मेला मूल आयोजक समितिका संयोजक भीमबहादुर थापा (भरत)का अनुसार उपराष्ट्रपति पुन आजै नवलपरासीगइ सुनवलस्थित लोटस रिसोर्टमा बस्ने कार्यक्रम छ । सो क्रममा उपराष्ट्रपति पुनले आजै साँझ जिल्लाका सरकारी कार्यालयका प्रमुख र जिल्लाका वरिष्ठ उद्योगी व्यवसायीसँग छलफल गर्ने कार्यक्रम छ ।

उपराष्ट्रपति पुन बिहीबार बिहान भगवान् गौतमबुद्धको अस्थीधातु रहेको नवलपरासीको रामग्राम स्तुपाको अध्ययन, अवलोकन गर्ने कार्यक्रम छ भने बिहीबार दिउँसो औद्योगिक व्यापार मेला उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।

नवलपरासीमा आगामी मङ्सिर २३ गतेदेखि सञ्चालन हुन लागेको पश्चिमाञ्चलस्तरीय नवलपरासी औद्योगिक व्यापार मेलाको तयारी पूरा भएको छ । ‘शान्त समृद्ध उद्योग र व्यापार राष्ट्र निर्माणको बलियो आधार’ भन्ने नाराका साथ उद्योग वाणिज्य सङ्घ नवलपरासीको मुख्य आयोजनामा जिल्लाको सुनवलमा सञ्चालन हुने मेला आगामी पुस ३ गतेसम्म चल्नेछ ।

कृषि, पर्यटन, उद्योग व्यापार एवम् सूचना प्रविधिको बृहत् प्रदर्शन रहेको मेलामा यससम्बन्धी करिब तीनसय स्टल रहनेछन् । मेलाको कुल तीनलाख दर्शकले अवलोकन गर्ने अनुमान गरिएको छ । मेलामा करिब रु १० करोड बराबरको आर्थिक कारोबार हुने लक्ष्य लिइएको आयोजक उद्योग वाणिज्य सङ्घका अध्यक्ष एवम् मेला मूल आयोजक समितिका संयोजक भीमबहादुर थापा (भरत)ले बताउनुभयो ।

मेलामा नवलपरासी रुपन्देही, चितवनसहित छिमेकी भारतीय बजारबाट समेत विदेशी अवलोकनकर्ता आउने अनुमान छ । मेलाको मुख्य आकर्षणका रुपमा यसपटक हेलिकप्टर र डुङ्गाको यात्रा रहनेछ ।

तेस्रोपटक उद्योग वाणिज्य सङ्घको आयोजनामा हुन लागेको यस वर्षको मेलाको मुख्यद्वारमा मायादेवीको मन्दिर मूल आकर्षणका रुपमा रहेको छ । रासस

वि.सं.२०७३ मंसिर २२ बुधवार ०५:१६ मा प्रकाशित

ककनीमा ‘विशाल मिलन वैज्ञानिक योग’को विश्व हाँसो दिवस सम्पन्न

ककनीमा ‘विशाल मिलन वैज्ञानिक योग’को विश्व हाँसो दिवस सम्पन्न

काठमाडौँ । स्वस्थ, सकारात्मक र सन्तुलित जीवनशैली प्रवर्द्धन गर्ने उद्देश्यले...

स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती पनि हटाइँदै

स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती पनि हटाइँदै

काठमाडौँ । काठमाडौँ उपत्कायका बागमती तथा सहायक नदी किनारामा रहेका...

१३२ केभी क्षमताको म्याग्दी ‘कोरिडोर’ विद्युत् प्रसारण लाइन आयोजना निर्माण सुरु

१३२ केभी क्षमताको म्याग्दी ‘कोरिडोर’ विद्युत् प्रसारण लाइन आयोजना निर्माण सुरु

म्याग्दी । १३२ केभी क्षमताको म्याग्दी ‘कोरिडोर’ विद्युत् प्रसारण लाइन...

नारायणगढ–बुटवल सडकखण्ड, दाउन्नेमा एकतर्फी ढलानको काम सकियो

नारायणगढ–बुटवल सडकखण्ड, दाउन्नेमा एकतर्फी ढलानको काम सकियो

त्रिवेणी (नवलपरासी) । नारायणगढ–बुटवल सडक विस्तार आयोजना अन्तर्गत पूर्वी खण्डको...

थप १९ चिकित्सकको लाइसेन्स खारेज, नामावलीसहित

थप १९ चिकित्सकको लाइसेन्स खारेज, नामावलीसहित

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले थप १९ जना चिकित्सकको दर्ता...

किसान, मजदूर र सुकुमवासीका हक, हित र अधिकारको संरक्षण एवं प्रवद्र्धनमा प्रतिबद्ध छौँः प्रचण्ड

किसान, मजदूर र सुकुमवासीका हक, हित र अधिकारको संरक्षण एवं प्रवद्र्धनमा प्रतिबद्ध छौँः प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल...