back
CTIZAN AD

विष्णुदेवीको जात्रा आज सुरु

वि.सं.२०७३ मंसिर २२ बुधवार

996 

shares

२२ मङ्सिर,काठमाडौँ । काठमाडौँको दक्षिण भेगस्थित सतुङ्गलमा रहेको विष्णुदेवीको जात्रा आज सुरु भएको छ ।

प्रत्येक वर्ष मङ्सिर शुक्ल अष्टमीका दिन सुरु भई द्वादशीसम्म जारी रहनेछ । जात्रामा नवमीका दिन विष्णुदेवीको मूर्तिलाई खटजात्रा तथा स्थानीय वैष्णवी देवीको मन्दिरमा लगेर पूजा गर्ने चलन छ । विशेष बाजागाजासहित निकालिने खटजात्रामा समेत बोकाको बलि दिने गरिन्छ ।

जात्रा सातगाउँको जात्रासँग सम्बन्धित रहेको भएपनि स्थानीय कुशेगाउँ, मच्छेगाउँ, नहङ्कोट, सतुङ्गल र नैकापमा बसोबास गर्ने भक्तजनको जात्रामा सहभागिता रहन्छ ।

पाङ्गा र कीर्तिपुरका स्थानीयवासीले भने आफ्नो क्षेत्रमा फरक किसिमले जात्रा सञ्चालन गर्ने गर्दछन् । तीनथानास्थित वैष्णवी देवीको मन्दिरमा गएराति राँगाको बलि दिएर विधिविधानपूर्वक पूजा गरेपछि आज विष्णुदेवीको जात्रा गरी भोज खाने परम्परा रहेको स्थानीयवासी राजु राजोपाध्यायले जानकारी दिनुभयो ।

विष्णुदेवीको मूर्तिलाई शक्तिको प्रतीकका रुपमा पूजा गरिँदै आएको छ । सो जात्रामा सहभागी भएमा रोग–ब्याधीबाट मुक्त भई पारिवारिक सुख, समृद्धि प्राप्त हुने विश्वास गरिन्छ । रासस

वि.सं.२०७३ मंसिर २२ बुधवार ०५:१८ मा प्रकाशित

भोटेकोशी बाढीः ४०३ पर्यटक सम्पर्कविहीन, कुन देशका कति ?

भोटेकोशी बाढीः ४०३ पर्यटक सम्पर्कविहीन, कुन देशका कति ?

काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर ४०३ पर्यटक सम्पर्कविहीन...

भोटेकोशी बाढी : ९५ जनाको मृत्यु भएको पुष्टि, ६३ जना उपचाररत

भोटेकोशी बाढी : ९५ जनाको मृत्यु भएको पुष्टि, ६३ जना उपचाररत

काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा आज बिहान आएको भीषण बाढीका...

एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय

एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले भोटेकोशी नदीमा आएको बाढीबाट...

प्रधानमन्त्री बालेनले विपद्को बेला सबै एकढिक्का हुनुपर्ने भन्दै आह्वान गरिरहँदा दलहरुलाई सम्बोधन किन गरेनन?

प्रधानमन्त्री बालेनले विपद्को बेला सबै एकढिक्का हुनुपर्ने भन्दै आह्वान गरिरहँदा दलहरुलाई सम्बोधन किन गरेनन?

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको भीषण...

भोटेकोशी र त्रिशूलीमा जोखिम कायमै

भोटेकोशी र त्रिशूलीमा जोखिम कायमै

काठमाडौं । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन...

बाढी अपडेट : भोटेकोशीको बाढी देवघाट पुग्यो, नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

बाढी अपडेट : भोटेकोशीको बाढी देवघाट पुग्यो, नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको बाढी अहिले नारायणी नदी हुँदै...