back

डीसी तामाङ समाजमा उत्तर लामा

वि.सं.२०७३ मंसिर २२ बुधवार

489 

shares
IME Limited
NTC AD

dc

बिजय थापा ,वाशिंटन डीसी । तामाङ सोसाईटि अफ ग्रेटर वाशिंगटनमा उत्तर लामा सर्बसम्मतिबाट सभापति पदमा चयन भएका छन । गत डिसेम्बर ५ तारिखमा बसेको बार्षिक साधारण सभाले अध्यक्ष पदमा निर्बिरोध चुनेको छ ।

र ,अन्य पदहरु पनि सर्ब सम्मतीबाट चयन भएको छ । बार्षिक साधारण सभा तथा संस्थाका निर्वाचन अधिकृत नेत्र घिसिङले उपस्थित साधारण सदस्य तथा आमन्त्रीत अतिथिहरुका समुपस्थितीमा नया समितिको चुनाब परिणाम तथा पदाधिकारिहरूको बारेमा जानकारी दिए ।

अन्य पद पुर्ती भएता पनि जन सम्पर्क अधिकारि रिक्त रहेको बताए । उक्त सभामा भर्खर अवधी समाप्त भएको समितिले बुझ बुझारथ बुझाएको छ ।

नव निर्वाचित सभापती उत्तर लामाले संस्थालाई अझ माथि लाने प्रतिबद्धता जाहेर गरेका छन भने समिती हाम्रो मात्र नभएकोले सबैको साथ चाहिने बताए । उनले सबै एक जुट हुनु पर्ने कुरामा जोड दिदै आफुले जानेका अनुभव हामीलाई हिस्सा गर्न आग्र्ह गरे ।

नया कार्यकारी समितिमा चयन हुनेहरूमा अध्यक्ष पदमा उत्तर लामा ,उपाध्यक्षमा फौद सिंह लामा तथा सचिबमा सन्दीप मान लामा रहेका छन । यसै गरी सह(सचिबमा आमोद घिसिङ तथा कोषाध्यक्षमा नैनीदेबी तामाग सर्बसम्मतीबाट चयन भएका छन ।

यसैगरी सदस्यहरुमा दाबा लामा ,भिम तामाङ ,प्रबिन मोक्तन ,गिता तामाङ ,रीतु तामाग तथा किरन लामा निर्वाचित भएका छन । प्रबिधिक अधिकृतमा देव कुमार लामा निर्वाचित भएका छन ।

सस्थापक अध्यक्ष डा श्याम लामाले नया कार्य समितिलाई शुभकामना दिएका थिए । निवर्तमान अध्यक्ष अनन्दु लामा लामो समयको लागी नेपाल फर्केको जानकारी गराउदै सस्थाको बैक खातामा रहेको रकम ४ ८ हजार ५ सय २३ डलर नया कार्यकारि समितिलाई हस्तान्तरण गरेको छ ।

वि.सं.२०७३ मंसिर २२ बुधवार ०५:२० मा प्रकाशित

कुलबहादुर राईको निधनप्रति युनाइटेड किरात राइ अर्गनाइजेशन अमेरिकाद्वारा दुःख व्यक्त

कुलबहादुर राईको निधनप्रति युनाइटेड किरात राइ अर्गनाइजेशन अमेरिकाद्वारा दुःख व्यक्त

काठमाडौं । युनाइटेड किरात राई अर्गनाइजेशन अमेरिकाले किरात राइ यायोख्खाका...

नयाँ सदस्यता तथा नविकरणका लागि एनआरएनए सिसेल्सको आग्रह

नयाँ सदस्यता तथा नविकरणका लागि एनआरएनए सिसेल्सको आग्रह

सिसेल्स । गैरआवासीय नेपाली संघ एनआरएनए सिसेल्सले नयाँ सदस्यता तथा...

एभरेस्ट कप फुटबल प्रतियोगिता २०२५ ओस्लोमा सफलतापूर्वक सम्पन्न

एभरेस्ट कप फुटबल प्रतियोगिता २०२५ ओस्लोमा सफलतापूर्वक सम्पन्न

प्रेम परियार,ओस्लो, नर्बे । गैरआवासीय नेपाली संघ (एनआरएनए) नर्वेको आयोजनामा...

ओम अधिकारीद्धारा एनआरएनए आयरल्याण्डको अध्यक्ष पदमा उम्मेदवारी घोषणा

ओम अधिकारीद्धारा एनआरएनए आयरल्याण्डको अध्यक्ष पदमा उम्मेदवारी घोषणा

गैरआवासीय नेपाली संघ एनआरएनए आयरल्याण्डको अध्यक्ष पदमा ओम अधिकारीले उम्मेदवारी...

न्यूर्योमा आदिवासी जनजाती साँस्कृतिक साँझ सम्पन्न

न्यूर्योमा आदिवासी जनजाती साँस्कृतिक साँझ सम्पन्न

अमेरिका । नेपाल आदिवासी जनजाति महासंघ अमेरिका फिप्ना) को आयोजनामा...

युनाइटेड किराँत राई अर्गनाइजेशन अमेरिका न्यूयोर्कले मनायो साकेला उभौली

युनाइटेड किराँत राई अर्गनाइजेशन अमेरिका न्यूयोर्कले मनायो साकेला उभौली

अमेरिका । युनाइटेड किराँत राई अर्गनाइजेशन अमेरिका न्यूयोर्क च्याप्टरले साकेला...