back
CTIZAN AD

प्रबासी नेपालीहरुलाई राज्यले सम्मानजनक व्यबहार गर्नुपर्ने- मन्त्री भण्डारी

वि.सं.२०७३ मंसिर २२ बुधवार

1.1K 

shares

mantri2विजय थापा, अमेरिका । नेपाली कांग्रेसका केन्द्रिय सदस्य एंव बन तथा भू–सरक्षण मन्त्री शंकर भण्डारीले प्रबासी नेपालीहरुलाई राज्यले सम्मानजनक व्यबहार गर्नुपर्ने र अपमान गर्ने अधिकार कसैलाई पनि नभएको धारणा ब्यक्त गर्नु भयो ।

अमेरिकाको लसएञ्जलस स्थित नेपाल अमेरिका एकता समाजको वार्षिक साधारण सभामा प्रमुख अतिथीको रुपमा गत डिसेम्बर ४ तारिख साँझ मन्तब्य राख्दै उहाले प्रबासमा रहेका नेपालीहरुलाई राज्यले अपहेलना नगरेको बताउनु भयो िर मुलुक छोडेर प्रबासको कर्मभुमीमा रहेका नेपालीहरुलाई आफ्नो जन्मभुमी फर्कन राज्यले उचित बातावरण तयार गर्नुपर्ने भनाइ राख्नु भयो ।

अहिले देशको स्थिती अत्यन्त नाजुक रहेको र प्रमुख राजनैतिक दलहरुले एकै ठाउँमा रहेर सम्बादको माध्यमबाट साझा निकास खोज्नु पर्ने मन्त्री भण्डारीले बिचार ब्यक्त गर्नुभयो । त्यस्तै अर्का अतिथि सांसद राजु थापाले अहिले देशमा एकताको खाचो रहेको र प्रमुख तीन ठुला दलहरुले एकताको शुत्रमा बाधिएर जटिल परिस्थितीको समाधान गर्नु पर्ने कुरामा जोड दिनु भयो ।

mantri

नेपाल अमेरिका एकता समाजको अध्यक्ष सुर्य प्रसाईको सभापतित्वमा सम्पन्न उक्त साधारण सभामा महासचिब डोल्मा लामाले सस्थाको वार्षिक गतिबिधी समेटिएको प्रतिबेदन तथा कोषाध्यक्ष अन्जना बस्नेत पौडेलले आर्थिक प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो ।

कार्यक्रममा स्वागत मन्तव्य समाजसेवी राजेन्द्र शिवाकोटी, आजिबन सदस्यहरुको तर्फबाट सुदिप पन्त तथा अन्य वक्ताहरूले सुझाब तथा आफ्ना भनाई राख्नु भएको थियो ।

उक्त कार्यक्रममा एकता समाजका पूर्व अध्यक्षहरु, पूर्व सल्लाहकारहरु एनआरएनका प्रतिनिधिहरु ,स्थानिय संघसस्थाहरुका प्रमुख एब प्रतिनिधिहरु र एकता समाजको आजिबन एब साधारण सदस्यहरुको बाक्लो उपस्थिती रहेको थियो ।

वि.सं.२०७३ मंसिर २२ बुधवार ०५:२९ मा प्रकाशित

ओमानमा नेपाली उत्पादनको बजार विस्तार गर्ने समझदारी

ओमानमा नेपाली उत्पादनको बजार विस्तार गर्ने समझदारी

काठमाडौँ । नेपाली उत्पादन तथा सेवालाई खाडी मुलुक ओमानमा विस्तार...

जय नेपाल इन्टरनेसनल फाउन्डेसनद्वारा ४२ दलित विद्यार्थीलाई स्टेशनरी तथा खेलकुद सामग्री सहयोग

जय नेपाल इन्टरनेसनल फाउन्डेसनद्वारा ४२ दलित विद्यार्थीलाई स्टेशनरी तथा खेलकुद सामग्री सहयोग

बैतडी । बैतडीको पाटन नगरपालिका–४, जेउडेस्थित मसानि दलित आधारभूत विद्यालयका...

अमेरिकाको मेरिल्यान्डमा खुल्यो ‘बाजेको सेकुवा’, छुटसहित भव्य उद्घाटन हुने तयारी

अमेरिकाको मेरिल्यान्डमा खुल्यो ‘बाजेको सेकुवा’, छुटसहित भव्य उद्घाटन हुने तयारी

अमेरिकाको मेरिल्याण्ड तथा छिमेकी राज्यमा बसोबास गर्ने सम्पूर्ण नेपाली समुदाय...

रोमानियामा मृत्यु भएका दुई नेपालीको पहिचान खुल्यो

रोमानियामा मृत्यु भएका दुई नेपालीको पहिचान खुल्यो

काठमाडौं । रोमानियामा रेलको ठक्करबाट मृत्यु भएका दुई नेपाली युवाको...

श्रीमतीको उपचारमा सघाउन विश्वभरका नेपालीहरुसँग दिल रसाइलीको अपिल

श्रीमतीको उपचारमा सघाउन विश्वभरका नेपालीहरुसँग दिल रसाइलीको अपिल

अमेरिकाको टेक्ससमा परिवार सहित बसोबास गर्दै आएका दिल रसाइली विगत...

आरटीपी, नर्थ क्यारोलाइनामा ‘आरटीपी दशैं कप’ को तयारी सुरु

आरटीपी, नर्थ क्यारोलाइनामा ‘आरटीपी दशैं कप’ को तयारी सुरु

आरटीपी, नर्थ क्यारोलाइना । नर्थ क्यारोलाइनाको आरटीपी (Research Triangle Park)...