back
CTIZAN AD

नयाँ बस पार्कका व्यवसायी आन्दोलित, २६ गते बस पार्क बन्द

वि.सं.२०७३ मंसिर २२ बुधवार

1K 

shares

news-photo-2

२२ मंसिर, काठमाण्डौं । बालाजु स्थित नयाँ बस पार्कभित्रका व्यवसायी आन्दोलनमा उत्रेका छन् । ठेकेदारसँग मिलेर नगर प्रहरीले दुःख दिइरहेको भन्दै उनीहरुले चरणबद्ध संघर्षका कार्यक्रम घोषणा गरेका छन् ।मंगलबार संवाद डबलीमा पत्रकार सम्मेलन गरेर व्यवसायीयहरुले आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन् ।संयुक्त उद्योग वाणिज्य महासंघका अध्यक्ष युवराज पराजुलीले महानगरपालिका र निर्माणको जिम्मा दिइएको लोत्से बहुउद्देश्यीय कम्पनीबीचको सम्झौता नै अन्तर्राष्ट्रिय मापदण्ड विपरित भएको बताए । ‘गरिएको भनिएको सम्झौता नै मापदण्ड विपरित छ, राज्यको सम्पतीमाथि निजी कम्पनीको एकाधिकार हुने गरी गरिएका सम्झौताको खारेजी गर्नुपर्छ’ पराजुलीले भने ।

कार्यक्रममा बोल्दै गोंगबुलाई अन्तर्राष्ट्रियस्तरका बसपार्क बनाउनु खुशी कुरा भएपनि विभिन्न ठूला सपिङ कम्पलेक्सहरु निर्माण गरेर साना व्यवसायीयहरुले उठिबास लगाउन लागेको बताएका छन् ।  ‘बस पार्क अन्तर्राष्ट्रिस्तरको बन्नु राम्रो कुरा हो तर दलाल कम्पनीहरुले साना व्यवसायीहरुको लगाउने तायरी गरिरहेका छन् ’ व्यवसायी दामोदर घिमिरेले भने । व्यवसायी ठोकबहादुर गौतमले ठेकेदार कम्पनीसँग मिलेर नगर प्रहरीलेले दुःख दिइरहेकाले आफूहरु आन्दोलनमा जानु परेको बताए । निजी कम्पनीको योजनामा आफूहरुलाई उठिबास लगाउन नगरपालिकाले नगर प्रहरी परिचालन गरेको उनले दाबी गरे । ‘बसपार्कमा दिउँसै लुट भइरहेको छ, जे मन लाग्छ त्यही गरिरहेका छन् । यसमा पार्टीका नेतादेखि कर्मचारीको मिलोमतोमा गरिबको साँझ–विहानको गास खोस्न काम भइरेको छ’ गौतमले भने । त्यस्तै बसपार्कभित्र लामो समयदेखि व्यापार गर्दै आएकी देवकी खरेलले विना व्यवस्थापन आफूहरुको उठिबास लगाउन लागेका कारण आन्दोलनमा जानुको विकल्प नभएको बताइन । पत्रकार सम्मेलनमा बोल्दै व्यवसायी कार्यक्रममा व्यवसायी हरिचन्द्र पाठकले राजनीतिक पार्टीका नेताहरुको संरक्षणमा रहेको लोत्से कम्पनीको स्वार्थअनुसार नगर प्रहरीले धरपकड गरिरहेको बताए । उनले आफूहरु नयाँ बन्ने संरचनामा चलन चल्तीको भाडा तिर्न तयार रहेको धारणा राखे । कार्यक्रममा उपस्थित नेकपा (माओवादी)का केन्द्रीय सदस्य उत्तमले बस पार्कभित्र व्यपार–व्यवसाय गरेर जीवन गुजरा गर्दै आएका सर्वसाधारको उठिबास लगाउने विषयले आफूहरु गम्भीर भएको बताए । उनले व्यवासायीको आन्दोलनमा आफ्नो पार्टीको पूर्ण साथ रहेन प्रतिबद्धता समेत जनाउदै व्यवसायीलाई उठिबास लगाउनु भन्दा व्यवस्थापन गर्नुपर्ने बताए ।
एक सय ६१ रोपनीमा फैलिको नयाँ बसपार्कलाई अन्तर्राष्ट्रियस्तरको बनाउने भन्दै सरकारले व्यवसायीलाई उठाउन लागेको छ । तर, व्यवसायीहरुले नयाँ बन्ने संरचनामै आफ्नो व्यवस्थापन हुनु पर्ने माग राख्दै आएका छन् ।
 व्यवसायीका मागहरुः
–अन्तर्राष्ट्रिय टर्मिनल बस पार्कभित्र निर्माण भएको सपिङ कम्पलेक्समा
लामो समयदेखि बसपार्कभित्र व्यवसाय गरिरहेका व्यवसायीहरुलाई भवन निर्माण
सम्पन्न भएपछि चलन चल्तीको भाडादरमा व्यवस्था गर्न दिइयोस ।
सो समयसम्मका लागि यथास्थानमा व्यवपार व्यवसाय गर्ने वातावरण मिलाइयोस ।
– बस पार्क व्यवस्थापनमा जापना सरकार र नेपाल सरकारको सहमतिअनुसार निर्माण गरियोस् ।
– बसपार्कको खोला साइडमा बाटो भन्दा अगाडि कम्तीमा २ तले भवन निर्माण गरी बस पार्कभित्रका व्यवसायीहरुलाई व्यवास्थापन गरियोस् ।
संघर्षका कार्यक्रमहरु
–मंसिर २२ गतेः काठमाडौँ महानगरपालिका, जिल्ला प्रशासन कार्यालय काठमाडौँ,
जिल्ला प्रहरी कार्यालय टुकु, नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी
केन्द्र, नेकपा (माओवादी)लगायतका राजनीति पार्टीलाई ज्ञापनपत्र बुझाउने ।
–मंसिर २४ गतेः बिहान ६ बजेदेखि १० बजेसम्म बसपार्क सरसफाई, दिउँसो
अन्तरक्रिया कार्यक्रम ।
– मंसिर २५ गतेः नयाँ बसपार्क गेटमा धर्ना विहान ८ बजेदेखि १० बजेसम्म ।
– मंसिर २६ गतेः नयाँ बसपार्क बन्द ।

वि.सं.२०७३ मंसिर २२ बुधवार ०५:४१ मा प्रकाशित

ककनीमा ‘विशाल मिलन वैज्ञानिक योग’को विश्व हाँसो दिवस सम्पन्न

ककनीमा ‘विशाल मिलन वैज्ञानिक योग’को विश्व हाँसो दिवस सम्पन्न

काठमाडौँ । स्वस्थ, सकारात्मक र सन्तुलित जीवनशैली प्रवर्द्धन गर्ने उद्देश्यले...

स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती पनि हटाइँदै

स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती पनि हटाइँदै

काठमाडौँ । काठमाडौँ उपत्कायका बागमती तथा सहायक नदी किनारामा रहेका...

१३२ केभी क्षमताको म्याग्दी ‘कोरिडोर’ विद्युत् प्रसारण लाइन आयोजना निर्माण सुरु

१३२ केभी क्षमताको म्याग्दी ‘कोरिडोर’ विद्युत् प्रसारण लाइन आयोजना निर्माण सुरु

म्याग्दी । १३२ केभी क्षमताको म्याग्दी ‘कोरिडोर’ विद्युत् प्रसारण लाइन...

नारायणगढ–बुटवल सडकखण्ड, दाउन्नेमा एकतर्फी ढलानको काम सकियो

नारायणगढ–बुटवल सडकखण्ड, दाउन्नेमा एकतर्फी ढलानको काम सकियो

त्रिवेणी (नवलपरासी) । नारायणगढ–बुटवल सडक विस्तार आयोजना अन्तर्गत पूर्वी खण्डको...

थप १९ चिकित्सकको लाइसेन्स खारेज, नामावलीसहित

थप १९ चिकित्सकको लाइसेन्स खारेज, नामावलीसहित

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले थप १९ जना चिकित्सकको दर्ता...

किसान, मजदूर र सुकुमवासीका हक, हित र अधिकारको संरक्षण एवं प्रवद्र्धनमा प्रतिबद्ध छौँः प्रचण्ड

किसान, मजदूर र सुकुमवासीका हक, हित र अधिकारको संरक्षण एवं प्रवद्र्धनमा प्रतिबद्ध छौँः प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल...