
साइप्रस । रोजगारी, अध्ययन तथा अध्यापन तथा विभिन्न उद्देश्य बोकेर साइप्रस पुगेका चितवनबासी नेपालीहरुको प्रथम अधिवेशनले चितवन सेवा समाज साइप्रसको गठन गरेका छन् । जसमाया पुनमगरको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति चयन भएको छ । जसको प्रथम उपाध्यक्षमा लक्ष्मी रेग्मी अधिकारी, द्धितीय उपाध्यक्षमा जयन्ती अधिकारी लामिछाने र सुनिता थापा महासचिबमा
दिपक पौडेल (घायल) सचिवमा कल्पना विष्ट, कोषाध्यक्षमा कविता भण्डारी चयन भएका छन् । कमला देवी सुनार, सीता थापा, घना गुरुङ(चन्द्र तमु), दीपक भण्डारी, खुसी कार्की, आसा राई, कल्पना थापा, सावित्रा थापा सदस्यमा चयन भएका छन् भने समितिको सल्लाहकारमा सुवास मल्ल, कविता ढकाल। सुवास सुवेदी र वसन्त खाख्रिन चयन भएका छन् ।
वि.सं.२०७३ मंसिर २२ बुधवार ०५:५३ मा प्रकाशित