back
CTIZAN AD

दुई आमाको संवाद : जसले सबैलाई भावुक बनायो

वि.सं.२०७६ पुस २३ बुधवार

603 

shares

२३ पुष, काठमाण्डौं । सन् २०१२ मा दिल्लीस्थित एक बसभित्र चिकित्शासास्त्रकी एक छात्रा (निर्भया) को सामुहिक बलात्कारपछि हत्याका चार अभियुक्तलाई मृत्युदण्ड दिइने भएको छ ।

बलात्कार अभियोगी ३२ वर्षीय, मुकेश सिंह, पवन गुप्ता, विनय शर्मा र अक्षकुमार सिंहलाई २२ जनवरीको ७ बजे बिहान तिहाड जेलमा सामुहिक मृत्युदण्ड दिन पटियाला हाउस अदालतले मंगलबार आदेश दिएको हो ।

यसैबीच आफ्ना छोरालाई मृत्युदण्डको सजाय दिइन लागेका समाचार पछि अभियुक्त मध्ये मुकेश सिंहकी आमाले निर्भयाकी आमासँग छोरालाई क्षमा दिएर जीवन दान दिनका लागि यचना गरेकी थिइन् ।

जसको जवाफमा निर्भयाकी आमाले भनेकी थिइन् ‘मेरी पनि छोरी थिईन् उनलाई भएको आक्रमणबारे म कसरी बिर्सन सक्छु । न्यायका लागि मैले सातवर्षदेखि पर्खिरहेकी छु । ऐजेन्सीलाई उद्धृत गर्दै बुधबारको नयाँपत्रिका दैनिकले लेखेको छ ।

अदालतले उक्त फैसला सुनाएपछि चारै अभियुक्त विक्षिप्त बनेका थिए भने दोषि र पीडितका परिवार अदालतमै रोएका थिए । सोहिबेला मुकेश सिंहकी आमाले छोराको जीवन दान मागेकी थिइन् ।

बलात्कारमा संलग्न ६ अभियुक्त मध्ये राम सिंहले सन् १०१३ मा तिहाड जेलमै आत्महत्या गरेका थिए भने अर्का किशोरलाई तीन वर्षको जेल सजएपछि सुधारगृहमा पठाइएको थियो ।
ती चार अभियुक्तलाई झुण्ड्याएर मृत्युदण्ड दिन जेलमा एक महिनादेखि जेल अधिकारीहरुले तयारी गर्दै आएको समेत बताइएको छ ।

वि.सं.२०७६ पुस २३ बुधवार ०९:४० मा प्रकाशित

चाँगुनारायणमा चोरी

चाँगुनारायणमा चोरी

काठमाडौँ । भक्तपुरको चाँगुनारायण नगरपालिका–४ प्रगतिटोलस्थित एक घरबाट सुनका विभिन्न...

मनाइयो विश्व रेडक्रस दिवस

मनाइयो विश्व रेडक्रस दिवस

काठमाडौँ । रेडक्रसका जन्मदाता जाँ हेनरी ड्युनाको जन्मदिनको अवसरमा आज...

इरान-अमेरिका तनाव फेरि चर्कियो

इरान-अमेरिका तनाव फेरि चर्कियो

वासिङ्टन  । हर्मुज जलघाँटी क्षेत्रमा अमेरिकी र इरानी सैन्य शक्तिबीच...

इन्डोनेसियामा ज्वालामुखी विस्फोट, २० जना पर्वतारोही बेपत्ता : अधिकारी

इन्डोनेसियामा ज्वालामुखी विस्फोट, २० जना पर्वतारोही बेपत्ता : अधिकारी

जकार्ता । इन्डोनेसियाको पूर्वी हलमहेरा टापुको “माउन्ट डुकोनो“ ज्वालामुखि विस्फोट...

अमेरिका-क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

अमेरिका-क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

वासिङ्टन । संयुक्त राज्य अमेरिका हाल क्युबामाथि तत्काल कुनै सैन्य...

अवैध लागुऔषधसहित १३ जना पक्राउ

अवैध लागुऔषधसहित १३ जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट...