२३ पुष, काठमाण्डौं । भारतको जवाहरलाल नेहरु विश्वविद्यालयमा अज्ञात समुहको आक्रमणमा परेर घाईतेभएका विद्यार्थी तथा शिक्षकहरुको समर्थनमा वलिवुडकी चर्चित अभिनेत्रीले समर्थन जनाएकी छन् ।
उनले मंगलबार बेलुका जेएनयुमा पुगेर विद्यार्थीप्रति समर्थन जनाएकी हुन् ।
दीपिका मंगलबार ७ बजे त्यहाँ पुगेर त्यहाँ रहेका विद्यार्थीहरुकाबीचमा केहीबेर उभिएकी थिइन् । उनले जेएनयुका विद्यार्थी युनियनका अध्यक्ष आइशी घोषलाइ भेटेकी थिइन् । घोष पनि उक्त आक्रमणमा घाईते भएका थिए ।

दीपिकाले त्यहाँ रहेका विद्यार्थी तथा अन्यसँगको भेटमा कुनै सम्बोधन नगरको बताइए पनि केही मानिसहरुसँग कुराकानी गरेर फर्किएको बताइएको छ ।
उक्त अवसरमा विद्यार्थीहरुले ‘हामी आजादी माग्छौं’ भन्दै नारा लगाएका थिए ।
आइतबार विश्वविद्यालयभित्र भएको उक्त आक्रमणको विरोधमा काठमाण्डौंमा पनि विद्याथी संगठनहरुले प्रदर्शन गरेका छन् । सोमबार माइतीघर मण्डलामा भएको उक्त प्रदर्शनमा जेएनयुमै पढेका पुर्वविद्यार्थीहरु समेत सहभागी रहेका थिए ।
वि.सं.२०७६ पुस २३ बुधवार १०:०६ मा प्रकाशित






























