२३ पुष काठमाडौँ । भारत र श्रीलंका बिच इंदौरमा भएको दोस्रो टि-२० मा भारत ७ विकेटले विजयी भएको छ । श्रीलंकाले पहिले टस हारेर ब्याटिङ्ग गरेको थियो । पहिले ब्याटिङ्ग गरेको श्रीलंकाले २० ओभरमा ९ विकेट गुमाएर १४२ रन बनाएको थियो । श्रीलंकाका लागि कुसल परेराले सर्वाधिक ३४ रन बनाएका थिए ।
१४३ रनको लक्ष्य भारतले १७.३ ओभरमा ३ विकेट गुमाएर पुरा गर्यो । भारतका लागि केएल राहुलले सर्वाधिक ४५ रन बनाएका थिए । तिन खेलको टि–२० श्रृखलामा भारतले १-० ले अग्रता लिएको छ ।
वि.सं.२०७६ पुस २३ बुधवार १०:१७ मा प्रकाशित






























