back
CTIZAN AD

मौसम पूर्वानुमानको सूचना उपलब्ध गराउन आग्रह

वि.सं.२०७६ पुस २४ बिहीवार

750 

shares

२४ पुस, काठमाडौँ । नेपालले मौसम परिवर्तनका कारण आउने बाढी, पहिरोजस्ता विपत्तिबारे पूर्वसूचना दिन चीनसँग आग्रह गरेको छ । नेपालको करिब एक हजार ५०० किलोमिटर उत्तरी सीमाना चीनसँग जोडिएकाले त्यहाँ विपत्ति आउँदा त्यसको असर नेपालमा समेत पर्ने भन्दै पूर्वसूचना दिन नेपालले आग्रह गरेको हो ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनसँग बुधबार चीनको मौसम विभागका उपमहानिर्देशक चेन युङफेङ नेतृत्वको टोलीले गरेको भेटमा उनले मौसमबारे पूर्वसूचना दिन आग्रह गरे । नेपालका अधिकांश नदीको मुहान चीन रहेको र ती नदीमा ठूला लगानीमा जलविद्युत् आयोजना र नदी किनारमा महत्वपूर्ण संरचना निर्माण भइरहेकाले चीनको मौसममा हुने परिवर्तनले आउने बाढी पहिरोको जोखिमबाट ती संचरनाको सुरक्षा गर्न सूचना जरुरी भएको औँल्याए ।

पूर्वसूचनाको अभावमा दुई वर्षअघि सुनकोशी नदीमा आएको बाढीले सिन्धुपाल्चोकको बाह्रबीसे र आसपास क्षेत्र डुबानमा पर्दा ठूलो धनजनको क्षति भएको स्मरण पनि मन्त्री पुनले टोलीलाई गराएका थिए । “हाम्रा धेरै नदीहरु चीन मुहान भएर आउँछन्, त्यसमा हामीले ठूलो लगानीमा जलविद्युत् आयोजना र अरु महत्वपूर्ण संरचना बनाएका छौँ”, मन्त्री पुनले भने, “बाह्रबिसेमा जस्तै धनजनको क्षति अब नहोस् भन्नका लागि हामीलाई पूर्वसूचना जरुरी भएको छ ।”

प्राकृतिक विपत्तिबारे पूर्वसूचना भए सम्भावित जोखिमबाट बच्न बेलैमा सचेतता अपनाउन सकिने उनको भनाइ थियो । सीमापारिको मौसमबारे नेपाललाई केही थाहा नहुने गरेको भन्दै उनले त्यसमा सहकार्य जरुरी रहेको बताए । “हाम्रो विकासका पूर्वाधारको सुरक्षाका लागि चिनियाँ मौसमबारे पूर्वजानकारी अत्यावश्यक छ”, मन्त्री पुनले भने । सो अवसरमा उपमहानिर्देशक युङफेङले नेपालको मौसम पूर्वानुमान विभागलाई भौतिक र प्राविधिक सहयोग गर्न र सूचना आदानप्रदान गर्न आफूहरु तयार रहेको बताए ।

वि.सं.२०७६ पुस २४ बिहीवार ०९:०२ मा प्रकाशित

खोटाङमा ‘हनी हन्टिङ’ महोत्सव

खोटाङमा ‘हनी हन्टिङ’ महोत्सव

खोटाङ । खोटाङको केपिलासगढी गाउँपालिकामा आगामी जेठ पहिलो साता ‘हनी...

‘मानवतामा एकता’ नाराका साथ विश्व रेडक्रस दिवस मनाइँदै

‘मानवतामा एकता’ नाराका साथ विश्व रेडक्रस दिवस मनाइँदै

काठमाडौँ । ‘मानवतामा एकताबद्ध’ भन्ने नाराका साथ आज विश्व रेडक्रस...

सुनचाँदीको मूल्य आज पनि बढ्यो

सुनचाँदीको मूल्य आज पनि बढ्यो

काठमाडौँ । बिहीबारको तुलनामा स्थानीय बजारमा आज पनि सुनचाँदीको भाउ...

‘लालीबजार’ प्रदर्शनमा

‘लालीबजार’ प्रदर्शनमा

काठमाडौँ । चलचित्र ‘लालीबजार’ आजदेखि प्रदर्शनमा आएको छ । उच्च...

उपकुलपतिका लागि दरखास्त आह्वान

उपकुलपतिका लागि दरखास्त आह्वान

काठमाडौँ । विभिन्न विश्वविद्यालयमा रिक्त उपकुलपति सिफारिस गर्न गठित समितिले...

टेकपाइला-केसीसीबीच ऐतिहासिक सहकार्य

टेकपाइला-केसीसीबीच ऐतिहासिक सहकार्य

काठमाडौं । नेपालको सूचना प्रविधि र उच्च शिक्षालाई नयाँ उचाइमा...