back
CTIZAN AD

ब्रिटेनद्धारा १३६ पटक बलात्कारमा संलग्न खतरनाक व्यक्ति सार्वजनिक

वि.सं.२०७६ पुस २४ बिहीवार

747 

shares

२४ पुष, काठमाण्डौं । ब्रिटेनले १३६ पटक यौन अपराधमा संलग्न व्यक्तिसँगै १५९ यौन अपाधिहरुको नाम सार्वजनिक गरेको छ ।

ती मध्ये रिनहार्ड सनाग नामका एक व्यक्ति १३६ पटक बलात्कार अपराधमा संलग्न रहेको बताइएको छ । अदालतका अनुसार रिनहार्डले ४८ पुरुषलाई फकाइ फुल्याइ आफ्नो फ्लाटमा लगेर उनीहरुमाथि बलात्कार गरेको बिबिसीले जनाएको छ ।

प्रहरीका अनुसार यस कुराको प्रमाण यो हो कि, रिनहार्डले १९० मानिसलाई निशाना बनाएका थिए । ३६ वर्षीय रिनहार्ड पहिले पनि दुई अपराधमा आजीवन काराबासको सजाय काटिरहेका थिए । ब्रिटेनमा रहेका इन्डोनेशियाका यी नागरिक रिनहार्डल सनागा अदालतका अनुसार चार अलग–अलग मुद्धामा १३६ बलात्कार, आठपटक बलात्कारको कोशिष र १४ अन्य यौन अपराधमा संलग्न रहेको पाइएको छ ।

अनुसन्धानका क्रममा यो पनि पत्ता लागेको छ कि, रिनहार्डले महिला भन्दा बढी पुरुषलाई निशाना बनाउथे । जो पुरुष समलैंगिक नरहेको पनि बताइएको छ ।

प्रहरीका अनुसार ब्रिटेनको न्यायिक इतिहासमा रिनहार्ड सनागा सबैभन्दा ‘खतरनाक बलात्कारी’ हुन् र रिनहार्ड सायद संसारकै खतरनाक बलत्कारी रहेको समेत आशंका गरिएको छ । अदालतले न्यायाधिशले रिनहार्डलाई ‘राक्षस जस्तो यौन शीकारी’ भएको बताएका छन् ।
सोमबार अदालतमा भएको सुनवाइका क्रममा न्यायाधिश सुजैन गोडार्डले भनेका छन् ‘रिनहार्ड सनागा एक राक्षस यौन शिकारी हुन्, जसलाई रिहा गर्नु खतरनाक हुनेछ ।’

अदालतले यस घटनाको रिपोटिङ गर्न नदिन लगाइएको प्रतिबन्ध समेत हटाउँदै रिनहार्डको पहिचान सार्वजनिक गरिएको थियो ।

सनागा नाइट क्लबमा तथा बार गएर फर्कने पुरुषहरुलाई पर्खिने र उनीहरुलाई आफ्नो फ्लाटमा लगेर शीकार बनाउने गर्दथे । रिनहार्डले ती पुरुषहरुलाई बलात्कार गर्नुभन्दा पहिले बेहोस हुने दवाइ खुवाउथे । उनीहरु बेहोसीबाट जाग्दा आफूमाथि के भएको थियो भन्ने कुरा धेरैलाई थाहा हुँदैनथ्यो ।

सिसिटिभी फुटेजमा देखिएका रिनहार्ड

पक्राउ हुनुभन्दा पहिले रिनहार्ड युनिभर्सिटी अफ लिड्सबाट पीएचडी गर्दै थिए ।

सनागालाई २०१७ मा पक्राउ गरिएको थियो । सनागाले बलात्कार गरेका एक पुरुषले होसमा आउनासाथ प्रहरीलाई खबर गरेका थिए । जब प्रहरीले सनागाको मोबाइल आफ्नो कब्जामा लिए तब उक्त मोबाइलमा सयौं फुटेज भेटिएको थियो । जुन सनागाले बलात्कारका बेला बनाएका थिए । यो नै ब्रिटेनको इहिासमा बलात्कारको सबैभन्दा बढी अनुसन्धानको कारण बनेको बताइएको छ ।

प्रहरीका अनुसार सनागाले बेहोस गराउने क्रममा खतरानक तथा प्रतिबन्धित लागूऔषधको प्रयोग गरेको समेत पाइएको थियो ।

सनागाले अदालतमा अफ्नो बचाउ गर्दै सबै पुरुषले बलात्कारका क्रममा भिडियो बनाउन सहमति दिएको बताएका थिए ।

वि.सं.२०७६ पुस २४ बिहीवार ११:३७ मा प्रकाशित

चाँगुनारायणमा चोरी

चाँगुनारायणमा चोरी

काठमाडौँ । भक्तपुरको चाँगुनारायण नगरपालिका–४ प्रगतिटोलस्थित एक घरबाट सुनका विभिन्न...

मनाइयो विश्व रेडक्रस दिवस

मनाइयो विश्व रेडक्रस दिवस

काठमाडौँ । रेडक्रसका जन्मदाता जाँ हेनरी ड्युनाको जन्मदिनको अवसरमा आज...

इरान-अमेरिका तनाव फेरि चर्कियो

इरान-अमेरिका तनाव फेरि चर्कियो

वासिङ्टन  । हर्मुज जलघाँटी क्षेत्रमा अमेरिकी र इरानी सैन्य शक्तिबीच...

इन्डोनेसियामा ज्वालामुखी विस्फोट, २० जना पर्वतारोही बेपत्ता : अधिकारी

इन्डोनेसियामा ज्वालामुखी विस्फोट, २० जना पर्वतारोही बेपत्ता : अधिकारी

जकार्ता । इन्डोनेसियाको पूर्वी हलमहेरा टापुको “माउन्ट डुकोनो“ ज्वालामुखि विस्फोट...

अमेरिका-क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

अमेरिका-क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

वासिङ्टन । संयुक्त राज्य अमेरिका हाल क्युबामाथि तत्काल कुनै सैन्य...

अवैध लागुऔषधसहित १३ जना पक्राउ

अवैध लागुऔषधसहित १३ जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट...