back
CTIZAN AD

नायक अक्षय कुमार विरुद्व प्रहरीमा उजुरी, यस्तो छ कारण

वि.सं.२०७६ पुस २४ बिहीवार

753 

shares

२४ पुस, काठमाडौँ । बलिउडका एक सुपरस्टार अभिनेता अक्षय कुमार विरुद्व प्रहरीमा उजुरी परेको छ । पछिल्लो समय उनले खेलेको एक विज्ञापनका कारण उनी विरुद्व उजुरी परेको हो ।

उनले हालै एक लुगा धुने पाउडर (डिटरजेन्ट) को विज्ञापनमा मराठी राजाको भूमिकामा देखिएका छन् । उक्त विज्ञापनमा युद्धबाट फर्केका राजा र सेनाको स्वागत हुन्छ । त्यतिबेला एक योद्धाकी पत्नीले योद्धाको लुगा फोहर भएको गुनासो गर्छिन र त्यसपछि राजा र सेनाले आफ्नो लुगा धोइरहेको देखाइन्छ । विज्ञापनमा अक्षय राजाको भूमिकामा नाच्दै बाल्टिनमा लुगा धोइरहेका देखिन्छन् ।

उक्त विज्ञापनले मराठी समुदायको भावनामा चोट पु¥याएको आरोप लगाउँदै उजुरीमा भनिएको छ, डिटरजेन्टको विज्ञापनमा देखाइएका दृष्यले मराठीहरूको भावना र सम्मानमा चोट पु¥याएको भन्दै अक्षय विरुद्ध मुम्बइको बरली प्रहरी चौकीमा उजुरी दर्ता भएको छ । यस उजुरीको विषयमा अक्षयले भने कुनै प्रतिक्रिया नजनाएको बताइन्छ ।

सर्वसाधारणले यो विज्ञापनलाई सामाजिक सञ्जालमा पोस्ट गर्दै यो ब्राण्डको पाउडर बहिष्कार गर्न समेत आग्रह गरेका छन् । उजुरी परेका अक्षय भने यो वर्ष सात सय ६० करोड कुल व्यापार गरेर बलिउडका नम्बर वान नायक बनेका थिए ।

उनका चारवटै फिल्म हिट मात्रै भएनन् बक्स अफिसमा उत्कृष्ट ठहरिए । विगतका वर्षहरुमा बलिउड खानको पकडमा थियो तर यस वर्ष उनीहरूको किल्ला अक्षयले भत्काइदिएका छन् । यो वर्ष उनको करिअरकै लागि उत्कृष्ट रहेको बताइएको छ ।

वि.सं.२०७६ पुस २४ बिहीवार ११:२७ मा प्रकाशित

‘लालीबजार’ प्रदर्शनमा

‘लालीबजार’ प्रदर्शनमा

काठमाडौँ । चलचित्र ‘लालीबजार’ आजदेखि प्रदर्शनमा आएको छ । उच्च...

‘गुरु आमा’को भावुक ट्रेलर सार्वजनिक, दर्शकको मन छुने संकेत

‘गुरु आमा’को भावुक ट्रेलर सार्वजनिक, दर्शकको मन छुने संकेत

काठमाडौं । शिक्षक–विद्यार्थी सम्बन्धको भावनात्मक कथावस्तु समेटिएको नेपाली चलचित्र गुरु...

‘गुरु आमा’ को ट्रेलर सार्वजनिक हुँदै

‘गुरु आमा’ को ट्रेलर सार्वजनिक हुँदै

काठमाडौं । नेपाली चलचित्र ‘गुरु आमा’ को ट्रेलर सार्वजनिक गरिने...

‘गूरु आमा’को टाइटल गीत ‘मन मान्दै मानेन’ सार्वजनिक

‘गूरु आमा’को टाइटल गीत ‘मन मान्दै मानेन’ सार्वजनिक

काठमाडौं । भिन्नै कथावस्तुमा आधारित नेपालीकथानक चलचित्र ‘गूरु आमा’को गीत...

दमदार अभिनय र आकर्षक नृत्यसहित चाँहिदैन सम्पत्ति सार्वजनिक

दमदार अभिनय र आकर्षक नृत्यसहित चाँहिदैन सम्पत्ति सार्वजनिक

काठमाडौं  । गायक राजेश बर्देवा र गायिका क्रिस्टिना अधिकारीको आवाजमा...

चलचित्र ‘गूरु आमा’को ‘सम्झना साँचौला’ सार्वजनिक

चलचित्र ‘गूरु आमा’को ‘सम्झना साँचौला’ सार्वजनिक

काठमाडौँ । भिन्नै कथावस्तुमा आधारित नेपालीकथानक चलचित्र ‘गूरु आमा’को गीत...