back

नायक अक्षय कुमार विरुद्व प्रहरीमा उजुरी, यस्तो छ कारण

वि.सं.२०७६ पुस २४ बिहीवार

360 

shares
GLOBAL IME AD
NTC AD

२४ पुस, काठमाडौँ । बलिउडका एक सुपरस्टार अभिनेता अक्षय कुमार विरुद्व प्रहरीमा उजुरी परेको छ । पछिल्लो समय उनले खेलेको एक विज्ञापनका कारण उनी विरुद्व उजुरी परेको हो ।

उनले हालै एक लुगा धुने पाउडर (डिटरजेन्ट) को विज्ञापनमा मराठी राजाको भूमिकामा देखिएका छन् । उक्त विज्ञापनमा युद्धबाट फर्केका राजा र सेनाको स्वागत हुन्छ । त्यतिबेला एक योद्धाकी पत्नीले योद्धाको लुगा फोहर भएको गुनासो गर्छिन र त्यसपछि राजा र सेनाले आफ्नो लुगा धोइरहेको देखाइन्छ । विज्ञापनमा अक्षय राजाको भूमिकामा नाच्दै बाल्टिनमा लुगा धोइरहेका देखिन्छन् ।

उक्त विज्ञापनले मराठी समुदायको भावनामा चोट पु¥याएको आरोप लगाउँदै उजुरीमा भनिएको छ, डिटरजेन्टको विज्ञापनमा देखाइएका दृष्यले मराठीहरूको भावना र सम्मानमा चोट पु¥याएको भन्दै अक्षय विरुद्ध मुम्बइको बरली प्रहरी चौकीमा उजुरी दर्ता भएको छ । यस उजुरीको विषयमा अक्षयले भने कुनै प्रतिक्रिया नजनाएको बताइन्छ ।

सर्वसाधारणले यो विज्ञापनलाई सामाजिक सञ्जालमा पोस्ट गर्दै यो ब्राण्डको पाउडर बहिष्कार गर्न समेत आग्रह गरेका छन् । उजुरी परेका अक्षय भने यो वर्ष सात सय ६० करोड कुल व्यापार गरेर बलिउडका नम्बर वान नायक बनेका थिए ।

उनका चारवटै फिल्म हिट मात्रै भएनन् बक्स अफिसमा उत्कृष्ट ठहरिए । विगतका वर्षहरुमा बलिउड खानको पकडमा थियो तर यस वर्ष उनीहरूको किल्ला अक्षयले भत्काइदिएका छन् । यो वर्ष उनको करिअरकै लागि उत्कृष्ट रहेको बताइएको छ ।

वि.सं.२०७६ पुस २४ बिहीवार ११:२७ मा प्रकाशित

एकसाथ तीन चलचित्र प्रदर्शनमा

एकसाथ तीन चलचित्र प्रदर्शनमा

काठमाडौँ । आजदेखि एकसाथ तीन चलचित्रको प्रदर्शन सुरु भएको छ...

एकसाथ तीन चलचित्र प्रदर्शनमा

एकसाथ तीन चलचित्र प्रदर्शनमा

काठमाडौँ । आजदेखि एकसाथ तीन चलचित्रको प्रदर्शन सुरु भएको छ...

लोप हुँदै हुड्के नाच

लोप हुँदै हुड्के नाच

जुम्ला । जुम्लामा पछिल्लो समय हुड्के नाच लोप हुँदै गएको...

गीतकार शाहलाई ‘बिजुलीमाया वन : श्रेष्ठ’ पुरस्कार प्रदान

गीतकार शाहलाई ‘बिजुलीमाया वन : श्रेष्ठ’ पुरस्कार प्रदान

मनहरी । यस वर्षको बिजुलीमाया वनः श्रेष्ठ अन्तर्राष्ट्रिय सङ्गीत पुरस्कार...

यौन स्वास्थ्यको विषयमा ‘दुःखी आत्मा’ चलचित्र निर्माण

यौन स्वास्थ्यको विषयमा ‘दुःखी आत्मा’ चलचित्र निर्माण

काठमाडौँ । निर्देशक दीपेन्द्र लामाले यौन स्वास्थ्यको विषयमा ‘दुःखी आत्मा’...

मेलिना राईले भोली अर्थात् शुक्रवार विवाह गर्दै

मेलिना राईले भोली अर्थात् शुक्रवार विवाह गर्दै

काठमाडौँ । चर्चित गायिका मेलिना राईले इलामका गुरुङ थरका युवकसँग...