back
CTIZAN AD

नरुन भनिदिनु

वि.सं.२०७६ पुस २४ बिहीवार

1K 

shares

तस्विर : सामाजिक सञ्जालबाटै ।

अमेरिका र इरानबीच बढ्दै गएको द्वन्द्वले यतिबेला विश्वमा तेस्रो विश्वयुद्धको सन्त्रास फैलिएको छ । राज्यको सिन्दुर पहिरेका सिपाहीहरु दुखि मनका साथ युद्धभूमिमा जान तयार भैरहेका तस्विरहरु सामाजिक सञ्जालमा प्रशस्त आएका छन् । तर हामी सबैले भन्नै पर्दछ युद्ध होइन शान्ति । सामाजिक सञ्जालमै भेटिएको एउटा सिपाहीको कारुणीक शब्द यहाँ प्रस्तुत गरिएको छ :

यदि म युद्धमैदानमा मारिएँ,
कफन बाकसमा राखेर मलाई घर पठाइनेछ ।

मैले प्राप्त गरेका मेडलहरु मेरो छातिमा राखिनेछ,
आमालाई भनिदिनु छोरो कहिल्यै राम्रो हुन सकेन ।

मेरो बाबालाई भनिदिनु मलाई आर्शिवाद नदिनु,
अब मेरो तर्फबाट उहाँलाई कुनै तनाब हुने छैन ।

मेरो भाइलाई राम्रोसँग पढ्न भनिदिनु,
भनिदिनु अब बाइकको साँचो सँधैका लागि उसैलाई भयो ।

मेरो बहिनीलाई दुखि नहुन भनिदिनु,
उनको दाइले सुर्यास्त पछि चिरनिन्द्रा लिनेछ ।

मेरो देशलाई नरुन भनिदिनु,
“किनकी म सिपाही, मर्नकै लागि जन्मेको हुँ ।”

 

 

वि.सं.२०७६ पुस २४ बिहीवार ११:२३ मा प्रकाशित

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

विराटनगर । काव्य उद्यान नेपाल, विराटनगरको औपचारिक उद्घाटन भएको छ...

चारु

चारु

लक्ष्मी दास शर्मा, टासिछोलिङ, साम्ची, भुटान साउन मास पवित्र बेला...

गजल

गजल

पुष्पाञ्जलि, इलाम अँध्यारो मनमा तिमी उदायौ स्वागत गरेँ वियोगीलाई खुसी...

गजल

गजल

कृष्णप्रसाद गौतम इटहरी, सुनसरी कर्ममा लीनको छैन धन यहाँ ढाँटका...

गजल

गजल

एकनारायण चापागाईं, दाङ- घोराही सिकारीले रबर तान्यो गुलेलीको मरण निश्चित...

झिल्का कविता

झिल्का कविता

सुरेशकुमार पाण्डे घोराही- १८, दाङ १. जसको हातमा पावर छ...