२४ पुस, काठमाडौँ । लोक सेवा आयोगले बुधबार मात्र राजपत्र अनंकित प्रथम श्रेणी(अप्राविधिक) नायव सुब्बा (नासु) वा सो सरहका पदहरुमा खुला तथा समावेशी प्रतियोगिताका लागि दरखास्त आह्वान गरेको छ ।
आयोगले विभिन्न सेवा र समूहमा गरी जम्मा ५४८ कर्मचारी माग गरेको हो । दरखास्त दिने समय माघ १४ सम्म सिङ्गल दस्तुर र दोब्बर दस्तुर तिरेर माघ २१ सम्म आवेदन दिन सक्ने सूचनामा जनाईको छ ।
नायव सुब्बाको परीक्षा प्रणाली संयुक्त र एकिकृत परीक्षा प्रणालीको आधारमा भाग एक र भाग दुई गरी दुई चरणमा हुनेछ । भाग एकमा लिखित परीक्षा प्रथम चराण र द्वितीय चरण हुनेछ । प्रथम चरणको पूर्णाङक १०० र द्वितीय चरण २०० पूर्णाङकको हुनेछ ।
त्यस्तै भाग दुई अन्तिम चरणमा कम्प्युटर सीप परीक्षण र अन्तर्वार्ता हुनेछ जसको पूर्णाङक ५० रहेको छ ।
प्रथम चरणको प्रथम पत्र १०० पूर्णाङक हुनेछ । यसमा सामान्य ज्ञान र सामान्य बौद्धिक परीक्षण विषय रहनेछ । जसअन्तर्गत वस्तुगत \बहुवैकल्पिक प्रश्न ५० ओटा सोधिनेछ जसको अङक २ अङकदरले १०० रहेको छ ।
त्यस्तै द्वितीय चरण २०० पूर्णाङक रहेको छ । जसमा समसामायिक अध्ययन र सार्वजनिक सेवा व्यवस्थापन विषयअन्तर्गत १०० पूर्णाङक र तृतीय पत्रमा सेवा समूह सम्बन्धी १०० पूर्णाङकको विषयगत छोटो र लामो उत्तर सोधिनेछ । जसको पाठ्यक्रम यसप्रकार रहेको छ ।
वि.सं.२०७६ पुस २४ बिहीवार ११:१६ मा प्रकाशित






























