back
CTIZAN AD

शहर भनेको यातायात ब्यवस्थापन नै हो

वि.सं.२०७६ पुस २४ बिहीवार

936 

shares

काठमाण्डौं सहरमा जनताको घरजग्गा भत्काएर चौडा बनाइएका सडकहरू गाडी नचल्दा सुन्दर र गाडी चल्दा कुरूप देखिन्छ ।

यी सडकहरू साईकल चढ्ने र पैदलयात्रुका निम्ति सकस र काल हुन् । चौडा बनाईएका वा भएका सडक पेटी बाईक पार्किंग एरिया र खुद्रेपसलको अतिक्रमित आगन हुन् ।

शहरी सडक र यातायात व्यवस्थापन गर्ने नेपालमा कुनै सरकारी बिज्ञ संस्था वा कार्यालय आजसम्म स्थापना भएको छैन– मानौं यस्ता काम जसले पनि कान्छी औंला घुमाएरै गर्न सक्छ । सवारी र सडक ब्यवस्थापन पुलिसको सिट्ठीको भरमा काम चलाईदै छ ।

सडक विभाग, भवन विभाग र यातायात व्यवस्था विभाग सहरी पूर्वाधार संरचना र यातायात व्यवस्थापनका निम्ति हैन, कसैले डिजाईन गरेको निर्माणको ठेक्का लगाउने काम गर्न वा लाईसेन्स दर्ता गर्न मात्र गठित निकाय हुन् । न त ती सहरी व्यवस्थापनका निम्ति स्थापना भएका हुन्, न तिनमा बिज्ञता र बिज्ञ नै छन् ।

त्यसमाथि प्रदेश र स्थानीय सरकारहरूका आफ्ना क्षेत्राधिकारमा त्यस्ता उपयुक्त संस्थाहरू जन्मन र बामेसर्न नै बाँकी नै छन् । अनन्तकालसम्म नेपालीले धैर्य गर्दै जीवन गुजार्नु नपर्ने विकल्प कसैले दिने संभावना क्षितिजमा पनि देखिदैन ।

शहर बिकास तथा ब्यवस्थापन भनेको सवारी यातायात ब्यवस्थापन नै हो । सहरभित्र संरचना बनाउदा कसरी सवारी आवागमन हुनेछ ? कहाँ कति दबाब पर्नेछ ? सवारी जाम हुने छ वा छैन ? कस्ता कस्ता ठाउमा मानिसको भीड लाग्न गएर सहर निस्सासिने वा ठप्प हुनेछ ?-यी कुराहरू हेर्नुपर्ने हुन्छ । जता खाली जमिन भेटायो त्यता गगन चुम्मी, ब्यापारिक मल, सरकारी भवन, दरवार वा भ्युटावर ठड्याउदै मानिस र गाडीहरूको थामिनसक्नु, अचाक्ली भीड बढायो र यसलाई नै बिकास हो भन्ने मतिका महारोगी स्थानीय तथा केन्द्रीय नेताहरूको राज र जमाना छ ।

शहरको बिकास यातायात प्रणाली स्मार्ट पार्नु नै हो । पुराना सहरहरूमा नयाँ संरचना बनाउन संभव तथा उपयुक्त हुदैन । तर, सरकार वा जनताले कुनै नयाँ संरचना बनाउछ भने यातायातमा त्यसको असर र त्यसका नकारात्मक असरको रोकथामबारे पूर्ण पूर्वअध्ययन र समाधानको उपाय समावेश गरिएको रिपोर्ट लिएकै हुनुपर्छ । त्यसकै आधारमा सहर बिकास गरिनुपर्छ । नभए सहर कुरूप, नर्कमय, अपराधको केन्द्र बन्दै जान्छन् । नेपालका सहरहरू, पोखरा वा भैरहवा बाहेक, अरू झन् झन् खराब बनेको देखिदैछ ।

तर, नेताहरू आफै बिकासे रोगी भएपछि मुलुक र शहर निरोगी कसरी हुन्छ त हँ ?

उपाध्ययाय, नेपाल सरकारका पूर्वसचिव हुन्

विश्वमा ठेक्काको विधि र नेपालमा ब्यवहार

वि.सं.२०७६ पुस २४ बिहीवार १०:३९ मा प्रकाशित

खाली सिलिण्डर र भोका सपनाहरु

खाली सिलिण्डर र भोका सपनाहरु

आमाले बिदाइका बेला आँखाभरि आँसु पार्दै भनेकी थिइन्- “छोरी, दुःख...

गरिबको भान्सामा महँगीको मार

गरिबको भान्सामा महँगीको मार

नेपालमा हालको भान्साको अर्थराजनीति आयातित वस्तुमाथिको परनिर्भरता, कमजोर बजार अनुगमन...

के धार्मिक गतिविधिले समृद्धि वा गरिबी निर्धारण गर्छ?

के धार्मिक गतिविधिले समृद्धि वा गरिबी निर्धारण गर्छ?

धार्मिक गतिविधि, आर्थिक विकास र सामाजिक चेतनाको तथ्यपरक विश्लेषण विश्वका...

पशुपालन ब्यबसायमा उत्पादन लागत घटाऊने सजिलो प्रबिधि साइलेज

पशुपालन ब्यबसायमा उत्पादन लागत घटाऊने सजिलो प्रबिधि साइलेज

नेपालमा पशुपालनको विद्यमान अबस्था नेपालको ग्रामीण अर्थतन्त्रको मुख्य आधार स्तम्भका...

कप्तानगञ्जको झडपः भूराजनीतिक खेलको प्रहसन

कप्तानगञ्जको झडपः भूराजनीतिक खेलको प्रहसन

कप्तानगञ्जमा हिन्दु र मुस्लिम समुदायको बीच झण्डा हटाउने विषयमा शुरू...

हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती

हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती

काठमाडौँ । विश्वमा तीव्र गतिको आरोहणमा विशिष्ट पहिचान बनाउन सफल...