back

तेस्रोपटक उच्च लेकाली क्षेत्रमा हिमपात, चिसोबाट बच्न सर्तकता अपनाउन सुझाव

वि.सं.२०७६ पुस २४ बिहीवार

489 

shares
GLOBAL IME AD
NTC AD

२४ पुस, डोटी । मङ्गलबारदेखिको मौसममा आएको परिवर्तनले यहाँका पहाडी तथा हिमाली जिल्ला बझाङ, बाजुरा तथा अछामका उच्च लेकाली क्षेत्रमा फेरि हिमपात भएको छ । हिमपात भएसँगै चिसो बढेपछि यहाँको जनजीवन पनि प्रभावित भएको छ । भएको ।

डोटीकोे खप्तडस्थित झिगराना, गोलादेउ, पानीखाल, नापानी, शिखर, गोवडालेक, बडीकेदारथानलगायतका उच्च पहाडी क्षेत्रमा हिमपात भई चिसो बढेकाले गाईवस्तु चराउन समस्या भएको खप्तड क्षेत्रसँगै सिमाना जोडिएको पूर्वीचौकी गाउँपालिकाका स्थानीयवासी जोगीसिंह विष्टले बताए । उनले भने, “गाईवस्तु चर्ने ठाउँ हिउँले ढाकेकाले वस्तुभाउ गोठ बाहिर निकाल्नसमेत समस्या भएको छ ।”

हिउँदमा लगाएको अन्नबालीमा पर्याप्त मात्रामा पानी नपुग्ने यहाँका लेकाली क्षेत्रमा तेस्रोपटक हिउँ परेका कारण स्थानीय किसान हिउँदेबाली सप्रिने आशामा खुशी भएका छन् । यहाँका उच्च लेकाली भेगमा हिमपात भइरहेको छ । स्थानीयवासी घर बाहिर निस्किन नसकेकाले घरभित्रै आगो तापेर बस्न बाध्य भएको पर्पटन व्यवसायी तथा डोटी उद्योग वाणिज्य सङ्घका महासचिव दीपकबहादुर खड्काले जानकारी दिए ।

चिसो बढेकाले वृद्धवृद्धा तथा बालबालिका बढी प्रभावित भएको बताइएको छ । उच्च लेकाली भेगमा बाक्लो हिमपात भइरहेको छ । दिपायल, सिलगढीलगायतका ठाउँमा मसिनो पानी परिरहेको छ । पानी र हिमपातका कारण यहाँको तापक्रम निकै घटेको छ । चिसोबाट बच्न सर्तकता अपनाउनुपर्ने शैलेश्वरी अस्पताल दिपायल पिपल्लाका निर्देशक तथा चिकित्सक आइजङ्ग कुँवरले सुझाव दिएका छन् ।

वि.सं.२०७६ पुस २४ बिहीवार १२:०४ मा प्रकाशित

सुदूरपश्चिममा कृषि भूमि घट्दा उत्पादन भने बढ्यो

सुदूरपश्चिममा कृषि भूमि घट्दा उत्पादन भने बढ्यो

काठमाडौं । सुदूरपश्चिम प्रदेशमा कृषि भूमि क्रमशः घट्दै गएको पाइएको...

पेस्तोलसहित चार भारतीय नागरिक पक्राउ

पेस्तोलसहित चार भारतीय नागरिक पक्राउ

कञ्चनपुर । पेस्तोलसहित जिल्ला प्रहरी कार्यालयले गएराति भीमदत्त नगरपालिका–६ ऐठपुर...

एउटै पालिकाबाट रू छ करोडको अदुवा बिक्री

एउटै पालिकाबाट रू छ करोडको अदुवा बिक्री

त्रिवेणी (रूकुम पश्चिम) । रूकुम–पश्चिमको त्रिवेणी गाउँपालिकामा यस वर्ष अदुुवा...

सुदूरपश्चिम प्रदेशसभा :  सात वर्षमा ६७ कानुन बने

सुदूरपश्चिम प्रदेशसभा : सात वर्षमा ६७ कानुन बने

सुदूरपश्चिम । देश सङ्घीय संरचनामा गएपछि प्रदेश तहमा गठन भएको...

प्रधानमन्त्री कप महिला क्रिकेट : कोशी प्रदेश लगातार विजयी

प्रधानमन्त्री कप महिला क्रिकेट : कोशी प्रदेश लगातार विजयी

फाप्ला (कैलाली) । कोशी प्रदेश यहाँ जारी प्रधानमन्त्री कप महिला...

विपिन सकुशल घर फर्किने आशामा परिवार

विपिन सकुशल घर फर्किने आशामा परिवार

दोधारा चाँदनी (कञ्चनपुर) । हमास-इजरायल युद्धविराम भएपछि हमास समूहको नियन्त्रणमा...