२५ पौष, काठमाडौँ । अष्ट्रेलियामा जारी बिग ब्यास लिग अन्तर्गत मेलबर्न स्टार्स र मेलबर्न रेनेगेड्स बिचको खेलमा मेलबर्न स्टार्सले १६९ रनको लक्ष्य पाएको छ । टस हारेर ब्याटिङ्ग गरेको मेलबर्न रेनेगेड्सले राम्रो सुरुवात गरेको थियो । रेनेगेड्सले पहिलो विकेट ८६ रनमा गुमाएको थियो ।
मेलबर्नका स्टार्सका लागि पहिलो सफलता सन्दिपले दिलाएका थिए । उनले विस्फोटक ब्याटिङ्ग गरिरहेको शन मार्शलाई आफैँले क्याच आउट गराउका थिए । उनलाई दास्रो विकेट बीउ वेबस्टरको रुपका प्राप्त भयो । सन्दिपले ४ ओभरका ३९ रन खर्चेर २ विकेट लिएको छन । मेलबर्न रेनेगेड्सका २० ओभरमा ७ विकेट गुमाएर १६८ रन बनाएको छ ।
वि.सं.२०७६ पुस २५ शुक्रवार १५:३४ मा प्रकाशित






























