back
CTIZAN AD

महतो परिवारलाई पाँचलाख दिने प्रदेश सरकारको निर्णय

वि.सं.२०७६ पुस २८ सोमवार

810 

shares

२८ पुष, धनुषा । प्रदेश नं २ सरकारले नदीजन्य पदार्थ उत्खननविरुद्धको अभियानकर्ताका रुपमा चिनिएका मिथिला नगरपालिका-५ श्रीपुरका दिलीप महतोको परिवारलाई राहतस्वरुप रु पाँच लाख दिने निर्णय गरेको छ ।

नदीजन्य पदार्थ उत्खननविरुद्धको अभियानमा क्रियाशील हुँदा शुक्रबार दिलीपको हत्या भएको थियो ।
आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवले सोमबार बिहानको मन्त्रिपरिषद्को बैठकले मृतक परिवारलाई सो रकम दिने निर्णय गरेको बताए ।

प्रदेश सरकारका मुख्य न्यायाधिवक्ता दीपेन्द्र झाले महतोको हत्यामा सङ्लग्न अभियुक्तमाथि कडा कारवाही गर्न प्रदेश सरकारले पहल गरिरहेको बताए । मुख्य न्यायाधिवक्ता झाले भने, ‘अभियोजनकर्ताले कर्तव्य ज्यानमा मुद्दा चलाई सर्वस्वसहित जन्मकैदको मागदाबी गर्ने वातावरण बनेको छ ।’

उनले चुरेको दोहन नियन्त्रण हुने गरी प्रदेश वातावरण कानूनको मस्यौदासमेत तयार भएको जानकारी दिए ।

वि.सं.२०७६ पुस २८ सोमवार १६:४३ मा प्रकाशित

अब नेपाल बैंकका ग्राहकले बि एण्ड बि हस्पिटलमा विशेष छुट पाउने

अब नेपाल बैंकका ग्राहकले बि एण्ड बि हस्पिटलमा विशेष छुट पाउने

काठमाडौँ । नेपाल बैंक लिमिटेड र बि एण्ड बि हस्पिटल...

आगामी बजेट सङ्घीय संसद्को नयाँ प्रतिनिधिसभा कक्षबाट

आगामी बजेट सङ्घीय संसद्को नयाँ प्रतिनिधिसभा कक्षबाट

काठमाडौँ । सङ्घीय संसद् दुवै सदनको अधिवेशन यही वैशाख २८...

ढोरपाटनमा यस याममा १३ नाउर र छ झारलको सिकार

ढोरपाटनमा यस याममा १३ नाउर र छ झारलको सिकार

काठमाडौँ । नेपालको एकमात्र ‘ढोरपाटन सिकार आरक्ष’मा यस वर्षको दोस्रो...

फरार भारतीय कैदी पक्राउ

फरार भारतीय कैदी पक्राउ

चितवन । कारागार कार्यालय चितवनबाट भागेका कैदीबन्दीमध्ये एक जनालाई प्रहरीले...

खोटाङमा ‘हनी हन्टिङ’ महोत्सव

खोटाङमा ‘हनी हन्टिङ’ महोत्सव

खोटाङ । खोटाङको केपिलासगढी गाउँपालिकामा आगामी जेठ पहिलो साता ‘हनी...

‘मानवतामा एकता’ नाराका साथ विश्व रेडक्रस दिवस मनाइँदै

‘मानवतामा एकता’ नाराका साथ विश्व रेडक्रस दिवस मनाइँदै

काठमाडौँ । ‘मानवतामा एकताबद्ध’ भन्ने नाराका साथ आज विश्व रेडक्रस...