२८ पुष काठमाडौँ । भारत र अष्ट्रेलिया बिचको पहिलो ODI मंगलबार मुम्बईको वानखडे स्टेडिएममा हुन गईरहेको छ । भारतले वेस्टइंडिज विरद्ध भएको ODI श्रृखलामा २–१ ले जित हासिल गरेर आएको छ भने अष्ट्रेलियाको यो विश्व कप पछिको पहिलो ODI खेल हुनेछ । भारतको कप्तानी विराट कोहिले सम्हाल्ने छन भने अष्ट्रेलियाको कप्तानी एरण फिंचले सम्हाल्ने छन ।
यस ODI श्रृखलामा भारका लागि एक मात्र विकेट किपरको विकल्प रहने छ । भारतका लागि विकेटकीपिंगको जिम्मेवारी रिषभ पंतले सम्हाल्ने छन । यस ODI श्रृखलामा भारतका लागि मोहम्मद शमी र जसप्रित बुमराह टिममा फर्केका छन ।
यस ODI श्रृखलामा अष्ट्रेलियाका अलराउण्डर ग्लेन मैक्सवेल टिममा परेका छैनन् । ग्लेन मैक्सवेलको स्थानमा डार्सी शट्र्सलाई टिममा बोलाईएको छ । मार्नस लबुस्चग्ने पनि अष्ट्रेलियाको ODI टिममा पहिलो पटक परेका छन ।
२०१९ मा भारतमै भएको अष्ट्रेलिया र भारत बिचको ५ खेलको ODI श्रृखलामा भारत ३–२ पराजित भएको थियो भने २०१९ को विश्व कपको ODI मा भारतले अष्ट्रेलियालाई ३६ रनले पराजित गरेको थियो । खेल नेपाली समय अनुसार मंगलबार दिउँसो १ः४५ बाट सुरु हुनेछ ।
भारतको सम्भावित इलेवन :
रोहित शर्मा, केएल राहुल, विराट कोहली, श्रेयर अय्यर, रिषभ पंत, रविन्द्र जडेजा, शिवन दुवे, मोहम्द शमी, जसप्रीत बुमराह, कुलदिप यादव, यूजवेंद्र चाहल ।
अष्ट्रेलियाका सम्भावित इलेवन :
डेविड र्वानर, एरण फिंच, स्टीवन स्मिथ, मार्नस लबुस्चग्ने, एलेक्स क्यारी, एस्टन टर्नर, एस्टन एगार, प्याट कमिन्स, जोश हेजलवुड, मिचल स्टार्क, एडम जाम्पा ।
वि.सं.२०७६ पुस २८ सोमवार १६:५५ मा प्रकाशित






























