back
CTIZAN AD

विदेशी पर्यटकले रुचाए दलित समुदायले संचालन गरेको घरबास

वि.सं.२०७६ पुस २८ सोमवार

900 

shares

२८ पुष, तनहुँ । तनहुँको व्यासनगरपालिका–१३ पोखरीभञ्ज्याङस्थित आँपस्वाँरा सामुदायिक होमस्टे (घरबास) मा सन् २०१९ मा करिब २०० बाह्य पर्यटकले घरवासको सुविधा लिएका छन् ।
सदरमुकाम दमौलीबाट करिब पाँच किलोमिटर दूरीमा रहेको नेपालकै पहिलो र नमुना उक्त घरबासमा आन्तरिक पर्यटकको तुलनामा बाह्य पर्यटकको आर्कषण बढ्दै गएको छ ।
भ्रमण वर्ष २०२० मा गत वर्षको भन्दाबढी पर्यटक भित्र्याउने लक्ष्य रहेको आँपस्वाँरा सामुदायिक घरबास व्यवस्थापन समितिले जनाएको छ ।

घरबासमा विशेषगरी अमेरिका, स्वीट्जरल्याण्ड, चीन, जापान, जर्मन अष्टे«लिया र फ्रान्सलगायतका देशबाट पर्यटक आउने गरेका छन् । आन्तरिक पर्यटकको सङ्ख्या भने नगन्य छ ।

त्यस क्षेत्रका चौबिस घरधुरीका विश्वकर्मा जातिका मानिसले विसं. ०७३ कात्तिक महिनाबाट सञ्चालनमा ल्याएको उक्त घरबासमा बढीमा १०० जना पर्यटकलाई व्यवस्था गर्न सकिने क्षमताको रहेको बताइएको छ । स्थानीयस्तरमा उत्पादन गरिएका जैविक तरकारी, कुखुरा, खसी बोका र कालो सुङगुर नै यहाँको प्रमुख खाना हो ।

घरबास सञ्चालक सबै घरधुरीले आआफ्नै बारीमा तरकारी खेती र पशुपालन गर्दै आएका कारण बजार धाउनुनपरेको समितिका अध्यक्ष रेशम विश्वकर्माले बताए । दलितले सामुदायिक घरबास सञ्चालन गर्न थालेदेखि अन्य समुदायका मानिसले हेर्ने दृष्टिमा परिवर्तन आएको छ भने जातीय विभेद हटाउन सहज बनेको छ ।

होमस्टेबाट माछापुच्छ«े, धौलागिरि, अन्नपूर्णलगायतका हिमशृङ्खलाका साथै मनोरम हरियाली दृश्य हेर्न सकिने हुँदा पर्यटकको आकर्षण बन्दै गएको छ । पर्यटन मन्त्रालय गण्डकी प्रदेशबाट केही दिनअघि आएको अनुगमन टोलीसमेतले उक्त घरबासको अनुगमन गरेको थियो । अनुगमनका क्रममा महत्वपूर्ण सुझाव पाएको विश्वकर्माले बताउनुभयो । प्रदेश सरकारबाट प्राप्त रु दश लाख र व्यासनगरपालिकाको रु एक लाख गरी रु एघार लाखको लागतमा एक किलोमिटर (सिढी) बाटोमा ढुङ्गा बिच्छ्याउने र स्वागतद्वार निर्माण गरिएको छ ।

व्यासनगरपालिकाले घरबास प्रवद्र्धनका लागि पटकपटक गरी हालसम्म रु एघार लाख ५० हजार बजेट विनियोजन गरिसकेको छ । उक्त बजेटबाट घरबासमा स्नानगृह निर्माण, घरको आँगनमा ढुङ्गा बिच्छयाउने, खाट(लो–बेड) खरिदलगायतको कार्य गरिएको अध्यक्ष विश्वकर्माले जानकारी दिए ।

घरबासमा आउने पाहुनालाई मनोरञ्जन प्रदान गर्न बेलुकाको समयमा सांस्कृतिक कार्यक्रम गरिने गरेको समितिका कोषाध्यक्ष मधुमाया विकले बताए । यहाँ आउने पाहुनालाई दलित समुदायको रहनसहन, जीवनशैली, पेशा र संस्कृति देखाइन्छ । ‘उनले भने घरबास सञ्चालन पश्चात् यहाँका मानिसको आनीबानीमा आमूल परिवर्तन हुनुका साथै स्वरोजगार बन्न सफल भएका छन् ।’

दलित सङ्ग्रहालयको अवधारणा

समितिले पुख्र्याैली पेशालाई संरक्षण गर्ने उद्देश्यले दलित सङ्ग्रहालय बनाउने भएको छ । आफ्नो पुख्र्यौली पेशाका दृश्य र निर्माण गरेका सामग्री सङ्ग्रहालयमा राखेर संरक्षण गर्न लागिएको अध्यक्ष विश्वकर्माले बताए । विशेषगरी विश्वकर्मा जातिको आरन पेशा, नेपालीको जुत्ता सिलाउने, हलो बनाउने र परियारको लुगा सिलाउने पुख्र्याैली पेशा पछिल्लो समय लोप हँुदै गएका कारणले पनि यस्ता सामग्रीको संरक्षण गर्न लागिएको हो ।
घरबासमा आउने पर्यटकलाई जातीय पुख्र्यौली पेशाबारे जानकारी दिँदै यस्ता सामग्री निर्माणको लागि प्रोत्साहन गर्ने गरिएको समितिका कोषाध्यक्ष विकले जानकारी दिए । रासस

वि.सं.२०७६ पुस २८ सोमवार १६:५६ मा प्रकाशित

‘मानवतामा एकता’ नाराका साथ विश्व रेडक्रस दिवस मनाइँदै

‘मानवतामा एकता’ नाराका साथ विश्व रेडक्रस दिवस मनाइँदै

काठमाडौँ । ‘मानवतामा एकताबद्ध’ भन्ने नाराका साथ आज विश्व रेडक्रस...

सुनचाँदीको मूल्य आज पनि बढ्यो

सुनचाँदीको मूल्य आज पनि बढ्यो

काठमाडौँ । बिहीबारको तुलनामा स्थानीय बजारमा आज पनि सुनचाँदीको भाउ...

‘लालीबजार’ प्रदर्शनमा

‘लालीबजार’ प्रदर्शनमा

काठमाडौँ । चलचित्र ‘लालीबजार’ आजदेखि प्रदर्शनमा आएको छ । उच्च...

उपकुलपतिका लागि दरखास्त आह्वान

उपकुलपतिका लागि दरखास्त आह्वान

काठमाडौँ । विभिन्न विश्वविद्यालयमा रिक्त उपकुलपति सिफारिस गर्न गठित समितिले...

टेकपाइला-केसीसीबीच ऐतिहासिक सहकार्य

टेकपाइला-केसीसीबीच ऐतिहासिक सहकार्य

काठमाडौं । नेपालको सूचना प्रविधि र उच्च शिक्षालाई नयाँ उचाइमा...

पोख्रेलीलाई झस्काइ रहने वैशाख २३ को सेतीनदी

पोख्रेलीलाई झस्काइ रहने वैशाख २३ को सेतीनदी

गण्डकी । स्थानीय सेती नदीमा १४ वर्षअघि अर्थात् २०६९ वैशाख...