back
CTIZAN AD

भूकम्प परी मृत्यु हुनेको सङ्ख्या सन्तानब्बे पुग्यो

वि.सं.२०७३ मंसिर २३ बिहीवार

915 

shares

२२ मंसिर, मेउरेडु (इन्डोनेसिया । पश्चिमी इन्डोनेसियाको आचे प्रान्तमा बुधबार आएको शक्तिशाली भूकम्पमा परी ज्यान गुमाउने व्यक्तिको सङ्ख्या ९७ पुगेको छ ।

प्रारम्भिक समाचारमा भनिएको सङ्ख्याभन्दा यो दोब्बर नै भएको एक सैनिक प्रमुखले जानकारी दिनुभएको छ ।

छ दशमलव पाँच रिक्टर स्केल मापन गरिएको यस शक्तिशाली भूकम्पमा परी हालसम्म ९७ व्यक्तिको मृत्यु भएको र यो सङ्ख्या अझै बढ्न सक्ने आचे प्रान्तका सेना प्रमुख तताङ्ग सुलेमानले एएफपी समाचार समितिलाई जानकारी दिएका छन् ।

भूकम्प ६.५ रिक्टर स्केलको मापन गरिएको र भीषण क्षति भएको इन्डोनेसियाली अधिकारीहरूले जानकारी दिएका छन् ।

यस शक्तिशाली भूकम्पको कारण सयौँ घरलगायत आधारभूत संरचना ध्वस्त भएको साथै मृतकको सङ्यासमेत बढ्ने अनुमान गरिएको छ ।

यस भूकम्पबाट अत्यन्तै प्रभावित भएको आचे प्रान्तको पिडाइ जया जिल्लामा मानवीय र सम्पत्तिको ठूलो क्षति भएको र भत्किएका भवन भग्नावशेषमा दर्जनौँ व्यक्ति फसेको बताइएको छ । एएफपी

वि.सं.२०७३ मंसिर २३ बिहीवार ०३:१५ मा प्रकाशित

हाइटी किल्लामा भागदौड, ३० जनाको मृत्यु

हाइटी किल्लामा भागदौड, ३० जनाको मृत्यु

पोर्ट–अउ–प्रिन्स । हाइटीको ऐतिहासिक पर्यटकीय स्थल सिटाडेल लाफेरियरमा भएको भीडभाडपछि...

इरान-अमेरिका वार्ता निष्कर्षविहीन

इरान-अमेरिका वार्ता निष्कर्षविहीन

इस्लामावाद  । मध्यपूर्वमा चर्किंदै गएको युद्ध अन्त्य गर्ने उद्देश्यले पाकिस्तानको...

फ्रान्समा चार आप्रवासीको मृत्यु : फ्रान्सेली अधिकारी

फ्रान्समा चार आप्रवासीको मृत्यु : फ्रान्सेली अधिकारी

फ्रान्स । उत्तरी फ्रान्सको तटमा नहर पार गर्ने क्रममा बिहीबार...

द्वन्द्वग्रस्त सुडानमा अस्पताल असुरक्षित, हजारौँ नागरिक प्रभावित

द्वन्द्वग्रस्त सुडानमा अस्पताल असुरक्षित, हजारौँ नागरिक प्रभावित

खार्तूम  । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) र संयुक्त राष्ट्र बाल...

इरानमा हिंसामा संलग्न दुईलाई फाँसी, इजरायल-अमेरिकासँगको सम्बन्ध आरोप

इरानमा हिंसामा संलग्न दुईलाई फाँसी, इजरायल-अमेरिकासँगको सम्बन्ध आरोप

तेहरान । इरानले ‘इजरायल र अमेरिकासँग मिलेर काम गरेको’ आरोपमा...

माल्दिभ्स : मतदाताले खारेज गरे चुनाव एकैपटक गर्ने प्रस्ताव

माल्दिभ्स : मतदाताले खारेज गरे चुनाव एकैपटक गर्ने प्रस्ताव

माल्दिभ्स । खर्च कटौतीको उद्देश्यले राष्ट्रपति र संसदीय चुनाव एकै...