२९ पुस, काठमाडौँ । आज २०७६ साल पुस २९ गते मंगलबार । काठमाडौँबाट प्रकाशित विभिन्न पत्रप्रत्रिकाहरुले भिन्न भिन्न विषयका समाचारलाई प्राथमिकताका साथ छापेका छन् ।
नयाँ पत्रिका दैनिकमा चार विद्यार्थी पढाउन पाँच शिक्षक – कक्षाकोठामा ताला, विद्यार्थी छिमेकीको आँगनमा शीर्षकको समाचारले प्राथमिकता पाएको छ । सिराहाको समाचार हो । सुरेन्द्रकुमार कामतीले लेखेका हुन् । सिराहा नगरपालिका- ९ गुलरियास्थित आधारभूत विद्यालयको अवस्था हो यो ।जनप्रतिनिधि, शिक्षिका र स्वयंसेविका नै छाउगोठमा – चेतना फैलाउँदै हिँड्ने अगुवाले नै महिनावारी हुँदा आँगनमा समेत खुट्टा रान पाउँदैनन् शीर्षकको समाचार मुख्य पृष्ठमा छापिएको छ । अछाममा शान्ति तामाङ , तेजराज भट्ट, धुव बीसी, गगन आयडीको स्थलगत रिपोर्ट हो यो ।त्यस्तै नेपालको प्रचार गर्नेभन्दै पर्यटन बोर्डबाट एक करोड लिएर विदेशी फरार शीर्षकको समाचार पनि छापिएको छ । नवराज मैनालीले यो समाचार लेखेका हुन् ।
कान्तिपुर दैनिकमा सीआईबीले टुंग्यायो ललिता निवासको अनुसन्धान –फाइल गायब, जग्गा घूस ’ कृष्ण ज्ञवालीको समाचार हो यो । नक्कली भ्याट बिल प्रकरणमा न्यायाधिकरणकै फैसला सदर– कर र जरिवाना अर्बभन्दा बढी शीर्षकको समाचारले प्राथमिकता पाएको छ । जब गोठबाट सर्प निस्कियो शीर्षकको समाचार पनि मुख्य पृष्ठमा छापिएको छ । अछामको समाचार हो यो । मेनुका ढुंगानाले लेखेकी हुन् ।
अन्नपूर्ण पोस्ट दैनिकमा अख्तियार प्रतिवेदन –नीतिगत भ्रष्टाचार मौलाउँदै, स्थानीय तह अराजक हुँदै शीर्षकको समाचारलाई प्राथमिकताकासाथ छापेको छ । सुरेन्द्र काफ्लेले यो समाचार लेखेका हुन् ।
त्यस्तै नक्कली भ्याट बिल प्रकरण – भाटभटेनीले ८० करोड छल्यो शीर्षकको समाचारले पनि मुख्य पृष्ठमा प्राथमिकता पाएको छ ।त्यस्तै‘ राष्ट्रियसभालाई टेर्दैनन् मन्त्री’ शीर्षकको समाचार पनि छापिएको छ । आकाश क्षत्रीले लेखेको समाचार हो यो । मुसर्रफको सजाय रद्द शीर्षकको समाचार पनि मुख्य पृक्ष्ठमा छापिएको छ ।
राजधानी दैनिकमा पूर्वप्रधानमन्त्रीद्वारा नै कार्यविधि मिचेर ठूलो सङ्ख्यामा सुरक्षाकर्मी शीर्षकको समाचारले प्राथमिकता पाएको छ । महेश्वर गौतमले लेखेका हुन् । त्यस्तै अख्तियारले सरकारलाई भन्यो –विदेशमा लुकाइएको सम्पत्ति फिर्ता ल्याउ शीर्षकको निराजन पौडेलको समाचारले पनि प्राथमिकता पाएको छ । त्यस्तै प्रशान्त वलीको ‘ स्वास्थ्य संस्थाको निर्माण सुस्त गतिमा’ शीर्षकको समाचार पनि छापिएको छ । ‘चाडपर्वमा महँगी धान्नै सकस’ शीर्षकको समाचार पनि छापिएको छ ।
गोरखापत्र दैनिकमा सविता शर्माको ‘उच्च मनोबलले काम गर्नूस् ’ शीर्षकको समाचारले मुख्य पृठमा प्राथमिकता पाएको छ । ‘नक्कली भ्याट बिल प्रयोग गरी राजश्व छलेको ठहर ’शीर्षकको समाचारले पनि प्राथमिकता पाएको छ । नारायण काफ्लेको समाचार हो यो । त्यस्तै ‘राजधानीमा बाजेबज्यै पार्क’शीर्षकको समाचार पनि छापिएको छ ।
नागरिक दैनिकमासाढे ११ अर्ब भ्याट छली अनुसन्धानको अन्तरकथा शीर्षकको समाचारलाई प्राथमिकताकासाथ मुख्य पृष्ठमा छापेको छ । त्यस्तै १९ करोड खर्चेर बनेको २० वर्षे कृषि विकास रणनीति -अपनत्व अभावले कार्यान्वयन फितलोशीर्षको समाचार पनि छापिएको छ । श्रीराम सुवेदीले लेखेको समाचार हो यो ।
वि.सं.२०७६ पुस २९ मंगलवार ०७:५७ मा प्रकाशित






























