back
CTIZAN AD

२०७७ सालमा २५ दिन पर धकेलियो दशैँ र तिहार

वि.सं.२०७६ माघ २ बिहीवार

903 

shares

२ माघ, काठमाडौँ । २०७७ सालको दशैँ र तिहार झण्डै एक महिना पर धकेलिएको छ । नयाँ पात्रोअनुसार असोज महिनामा मलमास परेकाले दशैँ कात्तिकमा परेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्राध्यापक डाक्टर रामचन्द्र गौतमले जानकारी दिए ।

उनका अनुसार आउँदो वर्ष कात्तिक १ गते घटस्थापना परेको छ । यस्तै फूलपाती ७ गते, महाअष्टमी ८ गते, महानवमी ९ गते र विजयादशमी १० गते परेको उनले बताए । यस्तै तिहार कात्तिक २८ गतेदेखि सुरु हुनेछ । २८ गते काग तिहार, २९ गते कुकुर तिहार र लक्ष्मी पूजा, ३० गते गोवद्र्धन तथा म्ह पूजा र भाइटीका मङ्सिर १ गते परेको गौतमले जानकारी दिए ।

मलमास नपरेको बेलामा दशैँ सामान्यतया असोज पहिलो हप्ता सुरु हुन्छ । मलमासका कारण आउँदो वर्ष विवाहको साइत पनि घटेको नेपाल पञ्चाङग निर्णायक समितिका अध्यक्ष प्राध्यापक डाक्टर रामचन्द्र गौतमले जानकारी दिए । । उनका अनुसार आउँदो वर्ष विवाहको साइत १५ दिन मात्रै छ । यसैबीच नेपाल पञ्चाङ्ग निर्णायक समितिले गृह मन्त्रालयलाई बिदा सार्वजनिक गरी क्यालेन्डर छपाइका लागि बाटो खुला गर्न आग्रह गरेको छ । टोलीले गृह मन्त्री रामबहादुर थापालाई भेटेर यस्तो आग्रह गरेको हो ।
हेर्नुहोस बिसं २०७७ सालमा कुन पर्व कति गते

नयाँ वर्ष २०७७ को पात्रोअनुसार असोजमा एक महिना मलमास परेकाले दशैं तिहार करिब एक महिना धकेलिएको छ । पञ्चाङ्ग निर्णायक समितिले निर्णय गरेअनुसार विसं २०७७ सालको घटस्थापना कात्तिक १ गते परेको छ । पात्रोअनुसार कात्तिक ७ गते फूलपाती, ८ गते महाअष्टमी, ९ गते महानवमी र १० गते विजया दशमी अर्थात् टीका परेको छ । तिहार कात्तिक २८ गतेदेखि शुरू हुनेछ । २८ गते कागतिहार, २९ गते बिहान कुकुर तिहार र बेलुकी लक्ष्मीपूजा, ३० गते गोवद्र्धन तथा म्हः पूजा र मंसिर १ गते भाइटीका रहेको पञ्चाङ्ग निर्णायक समितिका सदस्य–सचिव सूर्यप्रसाद ढुंगेलले जानकारी दिए ।
यस्ता छन् बिसं २०७७ सालका पर्वहरु
घटस्थापना कातिक १ गते , कातिक ७ गते गते फुलपाती ,  ८ गते महाअष्टमी,  ( महानवमी ) १० गते विजया दशमी अर्थात टीका, ( २८ गते कागतिहार ) २९ बिहान कुकुर तिहार र बेलुकी लक्ष्मीपुजा , ३० गते गोवर्धन र म्ह पुजा , मंसिर १ गते गते भाइटीका , बैशाख ११ गते मातातिर्थ औशी , १४ गते अक्षय तृतीया, २५ गते बुद्ध जयन्ती, जेठ १९ गते गंगा दशहरा ) असार ७ गते आइतबार औशीको दिन खण्डग्रास सुर्यग्रहण ) असार २१ गते गुरु पुर्णिमा ,साउन १० गते नागपञ्चमी ,१९ गतेजनै पुर्णिमा , २० गते गाईजात्रा ,२७ गते कृष्ण जन्माष्टमी , भदौ ३ गते कुशे औशी,  भदौ ५ गते हरितालिका तीज , भदौ ७ गते ऋषी पञ्चमी ,भदौ १७ गतेदेखि सोह्श्राद्ध शुरु , असोज १ गते सोह्श्राद्ध सकिएलगत्तै मलमास लाग्ने छ।  मंसिर ५ गते छठ , मंसिर २८ गते बाला चतुदर्शी, पुस १५ मा उद्यौली र तमु ल्होसार , पुस ४ गते बिवाह पञ्चमी , फागुन २७ गते शिवरात्री,चैत १५ गते होली ,२९ गते घोडेजात्रा पर्व रहेको छ । २०७७ सालमा राम नवमी छैन । आगामी वर्ष बैशाख २१ र २२ , जेठ १२ र असार ११ गते मात्रै ब्रतबन्धको साइत रहेको छ ।

वि.सं.२०७६ माघ २ बिहीवार ११:०२ मा प्रकाशित

मनाइयो विश्व रेडक्रस दिवस

मनाइयो विश्व रेडक्रस दिवस

काठमाडौँ । रेडक्रसका जन्मदाता जाँ हेनरी ड्युनाको जन्मदिनको अवसरमा आज...

इरान-अमेरिका तनाव फेरि चर्कियो

इरान-अमेरिका तनाव फेरि चर्कियो

वासिङ्टन  । हर्मुज जलघाँटी क्षेत्रमा अमेरिकी र इरानी सैन्य शक्तिबीच...

इन्डोनेसियामा ज्वालामुखी विस्फोट, २० जना पर्वतारोही बेपत्ता : अधिकारी

इन्डोनेसियामा ज्वालामुखी विस्फोट, २० जना पर्वतारोही बेपत्ता : अधिकारी

जकार्ता । इन्डोनेसियाको पूर्वी हलमहेरा टापुको “माउन्ट डुकोनो“ ज्वालामुखि विस्फोट...

अमेरिका-क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

अमेरिका-क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

वासिङ्टन । संयुक्त राज्य अमेरिका हाल क्युबामाथि तत्काल कुनै सैन्य...

अवैध लागुऔषधसहित १३ जना पक्राउ

अवैध लागुऔषधसहित १३ जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट...

अनुमतिविना यार्सागुम्बा सङ्कलन गर्न गएका २५ जना नियन्त्रणमा

अनुमतिविना यार्सागुम्बा सङ्कलन गर्न गएका २५ जना नियन्त्रणमा

मुगु । अनुमतिविना यार्सागुम्बा सङ्कलनका लागि गएका २५ जनालाई प्रहरीले...