back
CTIZAN AD

टेलिकमको बाह्रौ बार्षिकोत्सव, प्रतिशेयर ४५ का दरले खातामा लाभांस

वि.सं.२०७६ माघ २ बिहीवार

825 

shares

२ माघ, काठमाण्डौं । ‘राष्ट्र निर्माण हाम्रो लक्ष्य’ भन्ने नारासहित स्थापना भएको नेपाल टेलिकमले आफ्नो १२ औं बार्षिकोत्सब सम्पन्न गरेको छ ।

९२ प्रतिशत शेयर धनी उपस्थित गराइ आर्मी अर्फिसर्स क्लब भद्रकालीमा सम्पन्न भएको सो साधारणसभाले प्रति शेयर ४५ का दरले लाभांस वितरण गर्ने निर्णय गरेको छ । यद्यपी यो लाभांश गतवर्षहरुमा भन्दा कमि हो ।

साधारणसभामा कम्पनीका अध्यक्ष तथा सूचना तथा संचार मन्त्रालयका सचिव दीपक सुवेदीले कम्पनीले हासिल गरेको उपलब्धि, डिजिटल डिभाइड न्यूनिकरण तथा डिजिटल इन्क्लुजनको अवधारणालाई साकार पार्ने र संस्थागत शुसासन तथा सामाजिक उत्तरदायित्व लगायतका विषयमा प्रतिवेदन मार्फत् जानकारी दिएका थिए ।

पछिल्ला चुनौती र प्रतिश्पर्धाका कारण कम्पनीमा नाफा घट्न गएको बताउँदै उनले गुणस्तरीय सेवाबाट टेलिकमले थप विश्वास जित्ने बताएका थिए । तीब्र गतिको इन्टरनेट र टेलिभिजन समेत चलाउने एफटिएच सेवाको विस्तारले संभावना थपेको कुरा उनले प्रष्ट्याएका थिए ।

कम्पनीका अनुसार शेयरधनीले पाउने लाभांश तोकिको खातामा माघ १ देखि नै पठाउन शुरु गरिएको छ ।

वि.सं.२०७६ माघ २ बिहीवार ११:०० मा प्रकाशित

मेरियट होटलद्वारा सरकारी विद्यालयलाई विज्ञान प्रयोगशाला र शैक्षिक सामग्री सहयोग

मेरियट होटलद्वारा सरकारी विद्यालयलाई विज्ञान प्रयोगशाला र शैक्षिक सामग्री सहयोग

काठमाडौँ । समुदायप्रति उत्तरदायी बन्दै एभरेष्ट हस्पिटालिटी एण्ड होटल लिमिटेड...

अब नेपाल बैंकका ग्राहकले बि एण्ड बि हस्पिटलमा विशेष छुट पाउने

अब नेपाल बैंकका ग्राहकले बि एण्ड बि हस्पिटलमा विशेष छुट पाउने

काठमाडौँ । नेपाल बैंक लिमिटेड र बि एण्ड बि हस्पिटल...

अधिकतम मूल्य सूचि सहितको स्टिकर टाँस्ने सम्बन्धमा उद्योगमन्त्रीसँग छलफल

अधिकतम मूल्य सूचि सहितको स्टिकर टाँस्ने सम्बन्धमा उद्योगमन्त्रीसँग छलफल

काठमाडौँ । मंगलवार नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको नेतृत्वमा गएको एक...

वीरगञ्जमा निःशुल्क जलन शिविर: १५० जनाले पाए उपचार सेवा

वीरगञ्जमा निःशुल्क जलन शिविर: १५० जनाले पाए उपचार सेवा

काठमाडौँ । वीरगञ्जस्थित नारायणी अस्पतालमा सञ्चालन भएको ‘नबिल निःशुल्क जलन...

नेपाल लाइफद्वारा २५औं वार्षिकोत्सबको अवसरमा नि:शुल्क स्वास्थ्य सिविर एवं देशभर रक्तदान कार्यक्रम

नेपाल लाइफद्वारा २५औं वार्षिकोत्सबको अवसरमा नि:शुल्क स्वास्थ्य सिविर एवं देशभर रक्तदान कार्यक्रम

काठमाडाैँ । नेपाल लाइफ इन्स्योरेन्सले स्थापनाको २५औं गरिमामय वार्षिकोत्सबको अवसर...

अन्नपूर्ण क्षेत्रमा नौ महिनामा साढे दुई लाख विदेशी पर्यटक

अन्नपूर्ण क्षेत्रमा नौ महिनामा साढे दुई लाख विदेशी पर्यटक

गण्डकी । प्रसिद्ध भ्रमण गन्तव्य अन्नपूर्ण संरक्षण क्षेत्रमा गत साउनदेखि...