सरकारले विद्युत वितरण प्रणाली स्तरोन्नति तथा विस्तार आयोजनाका लागि युरोपेली युनियन लगानी बैंकबाट प्राप्त हुने करिब रु १२ अर्ब ७६ करोड ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।
विहीवार (आज) सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले मन्त्रिपरिषद्ले गरेका २० वटा निर्णयहरु सार्वजनिक गर्दै यस्तो जानकारी दिएका हुन् ।
त्यस्तै अनियमितता आरोपमा छानबिनमा परेका डेपुटी गभर्नर शिवराज श्रेष्ठलाई बर्खास्त गर्नुपर्ने यथेष्ठ कारण नभएको भन्दै मन्त्रिपरिषद् बैठकले सफाइ दिने निर्णय गरेको छ ।
विदेशस्थित नेपाली नियोगमा काम गर्ने स्थानीय कर्मचारीहरुको पारिश्रमिक वृद्धि गर्ने निर्णय पनि मन्त्रिपरिषद् बैठकले गरेको छ ।
यी हुन् मन्त्रिपरिषद् बैठकका २० निर्णय

वि.सं.२०७६ माघ २ बिहीवार १७:०२ मा प्रकाशित






























