३ माघ, बंगलादेश । बंगलादेशमा अध्ययनरत नेपाली विद्यार्थीहरुको संस्था ‘वल्ड वाईड नेप्लीज स्टुडेन्ट एसोसियसन (वोन्सो) वंगलादेशले बंगलादेशका विपन्न वर्गलाई कपडा र कम्बल वितरण गरेको छ ।

एसोसियनले १७ जनवरीका दिन ढाकाको बीएनपी स्लाम एरिया अगरगाउँमा बिहान १० बजे एक कार्यक्रम आयोजना गरेर कपडा तथा कम्बल वितरण गरेको वोन्सो बंगलादेशका सल्लाहकार डा.राकेश साहले संसारन्युजलाई जानकारी दिएका छन् । डा. शाहले आगामी दिनमा पनि यस्ता खालका सहयोगका कार्यक्रम आयोजना गरिने समेत बताएका छन् ।

कार्यक्रममा २०० जनालाई कपडा र ३० वटा ब्लांकेट बाडिएको बताइएको छ ।

लियो क्लब अफ दिलकुश नर्थ लायन्स क्लव इन्टरनेशनल क्लवले समन्वय गरेको उक्त कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबै प्रतिनिधि तथा समर्थकलाई वोन्सोले धन्यवाद दिएको छ ।

वि.सं.२०७६ माघ ३ शुक्रवार १८:०६ मा प्रकाशित






























