६ माघ ,काठमाडौँ । आज २०७६ साल माघ ६ गते सोमबार । काठमाडौँबाट प्रकाशित विभिन्न पत्रप्रत्रिकाहरुले सभामुखमा अग्नि सापकोटा विषयका समाचारलाई आज मुख्य पृठमा प्राथमिकताका साथ छापेका छन् ।
राजधानी दैनिकमा अझै पाएनन् उखु किसानले भुक्तानी–‘ ५९ करोड १६ लाख ५४ हजार बाँकी’ शीर्षकको समाचरलाई मुख्य पृष्ठमा पनि छापेको छ । कौशिला कुवँरको समाचार हो यो । त्यस्तै ‘सापकोटा सभामुख बन्ने निश्चित ’शीर्षकको समाचारले प्राथमिकता पाएको छ । सुभाष साहले लेखेको समाचार हो यो । राष्ट्रिय सभा निर्वाचन– १८ जना चुन्न सातै प्देशमा निर्वाचन हुँदै शीर्षकको समाचार पनि छापिएको छ । महेश्वर गौतमको समाचारले पनि मुख्य पृष्ठमा प्राथमिकता पाएको छ ।
नयाँ पत्रिका दैनिकमा ‘स्वास्थ्य, रक्षा र पर्यटन मन्त्रालय विश्वविद्यालय खोल्ने प्रतिस्पर्धामा ’ शीर्षकको समाचलाई मुख्य पृष्ठमा छापिएको छ । समाचारमा नेपाल सरकार कार्यविभाजन नियमावली अनुसार शिक्षा क्षेत्रको सम्पूर्ण जिम्मेवारी शिक्षा मन्त्रालयको हुन्छ , तर स्वास्थ्य, रक्षा र पर्यटन मन्त्रालय आफैँ अघि सरेर विश्वविद्यालय खोल्ने दौडमा विषय रहेको छ । भवानीश्वर गौतमले लेखेको समाचार हो यो । त्यस्तै ‘अग्नि सापकोटालाई सभामुख बनाउने नेकपाको निर्णय’–शिवमायालाई मन्त्री बनाउन दुवै अध्यक्ष सहमत शीर्षकको समाचारलाई पनि प्राथमिकताकासाथ छापेको छ । शुरोजंग पाण्डेको समाचार हो यो । त्यस्तैगरी म्युजिक नेपालद्वारा चलचित्र पनि अनधिकृत रुपमा युट्युबमा अपलोड शीर्षकको समाचरले पनि प्राथमिकता पाएको छ । नवीन राईको समाचार हो यो ।
कान्तिपुर दैनिकमा सभामुख उम्मेदवारीः नेकपामा फेरिएको समीकरण –सापकोटालाई सभामुख बनाइने शीर्षकको समाचार मुख्य पृष्ठमा छापिएको छ । दुर्गा खनालको समाचार हो यो । त्यस्तै ‘सखाप भयो हिमाली वन’ शीर्षकको समाचार पनि छापिएको छ वसन्तप्रताप सिंहले लेखेका हुन् । बझाङको समाचार हो यो ।
अन्नपूर्ण पोस्ट दैनिकमा ‘अन्ततः पूर्वमाओवादीलाई सभामुख ’ शीर्षकको समाचारलाई मुख्य पृष्ठमा प्राथमिकताकासाथ छापेको छ । रामकृष्ण अधिकारीले लेखेको समाचार हो यो । त्यस्तै ‘हिमपहिरोमा बेपत्ताको जमिनबाट खोजी कठिन ’ शीर्षकको समाचार पनि छापिएको छ । कृष्णमणि बराल ले लेखका हुन् । यो समाचार पोखराको हो ।
त्यस्तै ‘ह्यारीको शाही पद खारेज’ शीर्षकको समाचार पनि छापिएको छ । धुर्वराज अर्यालले लेखेका हुन् । यो लन्डनको समाचार हो ।
नागरिक दैनिकमा ‘हत्या आरोपित’ सापकोटा सभामुख प्रस्तावित भनेर मुख्य पृष्ठमा समाचार छापिएको छ । भाषा शर्माको समाचार हो यो । त्यस्तै हिमपहिरोमा हराएका पदयात्री भेट्न कठिन शीर्षकको समाचार पनि प्राथमिकताकासाथ छापिएको छ । सन्तोष पोखरेलको समाचार हो यो । अतिक्रमणको चपेटामा वन शीर्षकको समाचर पनि छापिएको छ । कैलालीको समाचार हो यो । पुष्पराज जोशीले लेखेको समाचार हो ।
वि.सं.२०७६ माघ ६ सोमवार ०७:५७ मा प्रकाशित






























