७ माघ, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद अग्नि सापकोटाले सभामुखमा उम्मेदवारी दर्ता गरेका छन् । उनले मंगलवार बिहान संघीय संसद भवनमा उम्मेदवारी दर्ता गराएका हुन्।
अग्नीको प्रस्तावकमा नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ र समर्थकमा नेकपाका सांसद देव गुरूङ, ओनसरी घर्तीमगर र राजपाका सांसद लक्ष्मणलाल कर्ण रहेका छन् ।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले भने सभामुख निर्वाचनमा पार्टीबाट उम्मेदवारी नदिने भएको छ। मंगलवार बिहान बसेको कांग्रेस संसदीय दलको बैठकले सभामुखका लागि उम्मदवारी नदिने निर्णय गरेको हो।
संसद सचिवालयले आज बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म उम्मेदवारी दर्ताका लागि समय दिएको छ। सभामुखका लागि माघ १२ मा निर्वाचन हुनेछ ।
वि.सं.२०७६ माघ ७ मंगलवार १२:३२ मा प्रकाशित






























