८ माघ ,काठमाडौँ । आज २०७६ साल माघ ८ गते बुधबार । काठमाडौँबाट प्रकाशित विभिन्न पत्रप्रत्रिकाहरुले ग्यास हिटरले आठ जनाको ज्यान गएको समाचरलाई प्राथमिकताका साथ छापेका छन् ।
कान्तिपुर दैनिकमा साइपलमा सकियो खाद्यान्न शीर्षकको समाचार छापिएको छ । बझाङको समाचार हो यो ।विकट साइपल गाउँपालिकामा लगातारको हिमपातले खाद्यान्न अभाव भएको छ । खाद्य संस्थानले गत वर्षदेखि नपठाएको र स्थानीयको घरको सञ्चित खाद्यान्न सकिएपिछि अभाव भएको हो । डेपुटी गभर्नर श्रेष्ठलाई मन्त्रिपरिषद्बाट उन्मुक्ति शीर्षकको समाचार मुख्य पृष्ठमा छापिएको छ । कृष्ण ज्ञवाली र यज्ञ बञ्जाडेले लेखेको समाचार हो यो । ‘ मुद्दा सुल्झाउने बेला आयो ’ शीर्षकको समाचारले पनि प्राथमिकता पाएको छ ।
नयाँ पत्रिका दैनिकमा प्रधानमन्त्रीको निम्तो , ‘मोदी नेपाल आउन तयार ’ शीर्षकको समाचार छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले यो वर्ष (आगामी पुसभित्र) नेपाल भ्रमण गर्ने बताएको छन् । भनेर पर्शुराम काफ्लेले समाचार लेखेका छन् । त्यस्तै उखु किसानको जम्म १६ करोड भुक्तान, एक अर्ब बाँकी शीर्षकको समाचार पनि छापिएको छ ।
अन्नपूर्ण पोस्ट दैनिकमा नेपाल – भारत थाती मुद्दा टुंग्याऔं : प्रधानमन्त्री शीर्षकको समाचार छापिएको छ । चन्द्रशेखर अधिकारीको समाचार हो यो । त्यस्तै ’ जिल्याइए उखु किसान, पाइनन् भुक्तानी अझै’ शीर्षकको समाचारले पनि प्राथमिकता पाइएको छ । राजेश बर्माको समाचार हो यो ।
राजधानी दैनिकमा ललिता निवास जग्गा प्रकरण– अख्तियारलाई मुख्य दोषी किटान गर्नै कठिन शीर्षकको समाचारलाई मुख्य पृष्ठमा छापेको छ । निराजन पौडेको समाचार हो । त्यस्तै संघीय निजामती सेवा विधेयक अलपत्र– मन्त्री र संसदीय समितिको बेवास्ता शीर्षकको समाचार पनि छापिएको छ ।
गोरखापत्र दैनिकमा दीपक श्रेष्ठको ‘एकीकृत जाँच चौकी सञ्चालनमा’ शीर्षकको समाचारले प्राथमिकता पाएको छ । त्यस्तै ’लालपूर्जा पाउँदा पनि पत्याउनै कठिन ’ सविना शर्माको समाचारले पनि प्राथमिकता पाएको छ ।
नागरिक दैनिकमा विवादित नौ विधेयक– सरकारको नियत ’खराब’ शीर्षकको समाचार छापिएको छ । टपेन्द्र कार्काीको समाचार हो यो । त्यस्तै पदयात्री खोज्न सेना परिचालन शीर्षकको समाचार पनि छापेको छ ।त्यस्तै सभामुखमा सापकोटा निर्विरोध सन्तुलन कायम गर्ने चुनौती शीर्षकको समाचार पनि छापिएको छ ।
वि.सं.२०७६ माघ ८ बुधवार ०८:०० मा प्रकाशित





























