back

विषाक्त घरेलु मदिरा पिउँदा दश जनाको मृत्यु, करिब पचास बिरामी

वि.सं.२०७३ मंसिर २४ शुक्रवार

357 

shares
GLOBAL IME AD
NTC AD

२४ मङ्सिर, नोमपेन्ह (कम्बोडिया) । भात सडाएर बनाएको घरेलु विषाक्त मदिरा पिउँदा कम्बोडियाको कामपोङ छानाङ प्रान्तको एक गाउँमा १० जना कम्बोडियाली नागरिकको मृत्यु भएको र अन्य ५० जनाभन्दा बढी मानिसलाई उपचारका लागि अस्पताल भर्ना गरिएको यहाँका अधिकारीले बताएका छन् ।

नोभेम्बरको अन्त्यदेखि बिहीबारसम्म १० जनाको मृत्यु भएको र ५० जनाभन्दा बढी मदिरा सेवनबाट बिरामी परेपछि अस्पतालमा भर्ना भएका स्थानीय अस्पतालका निर्देशक सोरिन राभुथीले बताउनुभयो ।

उहाँले स्थानीय एक धार्मिक महोत्सव मनाउने क्रममा उनीहरूले मदिरा पिएका तर मदिरा विषाक्त भएका कारण उनीहरूको मृत्यु भएको बताउनुभयो ।

यस्तै एक घटनामा करिब एक वर्ष पहिला पनि उक्त स्थानमा १९ जनाको मृत्यु भएको थियो भने २०० जनाभन्दा बढीको मृत्यु भएको थियो ।

कम्बोडियाली समुदायमा चाड पर्व मनाउँदा घरेलु मदिरा पिउने प्रचलन छ । एएफपी

वि.सं.२०७३ मंसिर २४ शुक्रवार ०३:४५ मा प्रकाशित

उत्तरी गाजामा क्रेन खस्दा दुई इजरायली सैनिकको मृत्यु, ८ घाइते

उत्तरी गाजामा क्रेन खस्दा दुई इजरायली सैनिकको मृत्यु, ८ घाइते

जेरुसेलम । बुधबार राति उत्तरी गाजा पट्टीमा सेनाको क्रेन खस्दा...

भारतीय वायुसेनाको लडाकु विमान दुर्घटना

भारतीय वायुसेनाको लडाकु विमान दुर्घटना

नयाँ दिल्ली । भारतीय वायुसेना (आइएएफ) को लडाकू विमान मिराज–२०००...

स्विडेनको गोलीकाण्डमा १० जनाको मृत्यु

स्विडेनको गोलीकाण्डमा १० जनाको मृत्यु

स्टकहोम । स्विडेनको एक शिक्षा केन्द्रमा एक बन्दुकधारीद्वारा गरिएको गोलीकाण्डमा...

सामसुङ प्रमुख लीको ‘ठगी मुद्दा’ मा पुनः सफाइ

सामसुङ प्रमुख लीको ‘ठगी मुद्दा’ मा पुनः सफाइ

सियोल । सामसुङ इलेक्ट्रोनिक्सका प्रमुख ली जे–योङलाई सन् २०१५ को...

उत्तरी सिरियामा कार बम विष्फोट, १५ जनाको मृत्यु

उत्तरी सिरियामा कार बम विष्फोट, १५ जनाको मृत्यु

दमास्कस । सिरियाको उत्तरी शहर मानबिज नजिकै सोमबार भएको कार...

इयू, बेलायत र नेटो नेतृत्वबीच प्रतिरक्षा वार्ता, ट्रम्प र पुटिनमाथि नजर

इयू, बेलायत र नेटो नेतृत्वबीच प्रतिरक्षा वार्ता, ट्रम्प र पुटिनमाथि नजर

ब्रसेल्स । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाका सहयोगी मुलुकलाई धेरै...