back
CTIZAN AD

‘भारतीय पर्यटकको मृत्यु प्रकरणबाट सिक्नुपर्ने पाठ’

वि.सं.२०७६ माघ ८ बुधवार

762 

shares

८ माघ, काठमाण्डौ । मंगलबार मकवानपुरको दामनस्थित एभरेष्ट पानोरमा रिर्सोटमा नेपाल घुम्न आएका भारत केरलाका ८ पर्यटकको मृत्युले यतिबेला नेपाली समाजमा बिभिन्न बहस छेडेको छ ।

मंगलबार एउटै कोठामा बेहोस् भएका उनीहरुलाई तत्कालै हेलिकप्टरमा राखेर काठमाण्डौंस्थित हेम्स अस्पतालमा उपचारका लागि ल्याइए पनि उनीहरुलाई तत्कालै मृत घोषणा गरिएको थियो ।

यसै घटनालाई लिएर पाटन उच्च अदालतका न्यायाधिश टेकनारायण कुँवरले यस घटनामा कसैको दुरासय नभए पनि सबैले सिक्नुपर्ने गम्भीर पाठ घटनाले छोडेको बताएका छन् ।

उनले भिजिट नेपालको पूर्वसन्ध्यामा यस्तो घटनाले धेरै दुखी तुल्याएको भन्दै केही सुझाव समेत दिएका छन् ।
यी हुन् सामाजिक संजालमा न्यायाधिश कुँवरले लेखेका सुझाव

१-कुनैपनि व्यवसायिक होटल वा रिसोर्टहरूले वातानुकूलित सुविधा अनिवार्य रूपमा राख्नुपर्ने मापदण्ड तुरून्त तोक्ने ।
२ -तोकिएको मापदण्ड पूरा नगर्नेलाई कानूनको दायरामा ल्याउने ।

३- भिजीट नेपालको सन्दर्भमा अझै गम्भीरताका साथ पर्यटन मन्त्रलायले त्यस्तो मापदण्ड पूरा गरे नगरेको कडाईकासाथ अनुगमन गर्ने ।

४-यस्ता घटना घट्न सक्नेतर्फ सचेतना अपनाउन संचार माध्यमबाट व्यापक रूपमा सूचना प्रवाह गर्ने ।

५ -हिजो घटेको दुःखद घटनामा सरकारको तर्फबाट गम्भीरता प्रकट गरी शोकाकूल परिवारमा समवेदना टक्र्याउने ।

६-पर्यटकहरूलाई स्तरीय सेवा उपलब्ध गराउन के के गरिनु पर्छ भन्ने बारेमा सरोकारवाला सहितको अध्ययन कार्यदल गठन गर्ने ।

७- उक्त घटित घटनाको विज्ञटोलीबाट जाँचबुझ गराउने ।

वि.सं.२०७६ माघ ८ बुधवार १०:३३ मा प्रकाशित

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले रोल्पामा भारी वर्षापछि गएको...

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

रोल्पाको सुनछहरी गाउँपालिका–२ फलबाङमा पहिरोले घर पुरिँदा बेपत्ता भएका तीन...

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

काठमाडौँ ।सरकारले गत वर्ष भदौ २३/२४ मा भएको जेन–जी आन्दोलनका...

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

काठमाडौँ । प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को...

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वमहामन्त्री डा. धवलशमशेर...

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

चितवन । पृथ्वी राजमार्गाको नागढुङ्गा–मुग्लिन सडक खण्डको तेस्रो प्याकेज मुग्लिन–मलेखु...